SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१/३० गते
    १४१२ &#२३४६;&#२३३५;&#२३२५;

    हिरामणि ज्ञवाली,
    प्राध्यापक पोखरा विश्व विद्यालय

    हाल विश्वब्यापी रुपमा आतंक मच्चाइ रहेको रोगलाई कोरोना भाइरस रोग र छोटकरीमा कोरोना भनिन्छ । यसलाई अंग्रेजिमा Corona Virus Disease भनिन्छ । यसको पहिचान सन २०१९ मा भएको हुनाले छोटकारीमा Covid – 19 ( कोभिड – १९) भनिएको हो । कोरोना भाइरस रोग (कोभिड-१९) को पहिचान सर्वप्रथम चीनको हुबेई प्रान्तको राजधानी वुहान शहरमा डिसेम्बर २०१९ मा भएको थियो । चीनको वुहानबाट फैलिएको यो रोगले हाल विश्वब्यापी महामारीको रुप लिइसकेको छ । शुरुमा पहिचान भएका मुलुकहरुमा हाम्रो देश पाचौ रहेको छ । हालसम्म नेपालमा यो रोगबाट प्रभावित र संक्रमित हुनेको जम्मा संख्या 134 जना रहेको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    जसमा निको भएर घर फर्किएका पनी केही जना रहेको छन । अन्य करीव २०० देशमा फैलिसकेको यस रोगले नेपालको सामाजिक आर्थिक क्षेत्रमा पारेको प्रभाव सम्वन्धमा यस लेखमा प्रकाश पार्ने प्रयत्न गरिएको छ । शैक्षिक प्रभाव यो रोगको कारणले संसारभरका शैक्षिक संस्थाहरु प्रभावित भएका छन । यसको कारणले विश्वविद्यालहरु एवम विद्यालहरु बन्द भएका छन । UNESCO ले यसै सालको में 12सम्मको तथ्यांक सार्वजनिक गरे अनुसार यसरि विश्वभर विश्वविद्यालहरु एवम विद्यालहरु बन्द गर्ने देशहरुको संख्या १६५ पुगेको छ । यसले गर्दा विश्वब्यापी रुपमा कारीव १.५ विलियन विद्यार्थीहरु प्रभावित भएको अनुमान गरिएको छ । जुन कुल भर्नाको करीव ८७५ हुन आउछ ।

    नेपालमा पनि विश्वविद्याल एवम विद्यालहरु सवै बन्द भएका छन । स्कुले विद्यार्थीहरुको फलामे ढोका मानिने SEE (Secondary Education Examination) को परिक्षा स्थगित भएको छ । यसरि परिक्षा बाट प्रभावित हुनेको संख्या छ लाख भन्दा ९६,००,०००० बढी रहेको छ । नेपालबाट विदेसमा अध्ययनको लागि जाने विद्यार्थीहरु पनि निकै प्रभाबित भएका छन । नेपालीहरु बैदेशिक अध्ययनको लागि जाने मुख्य देशहरुमा अस्ट्रेलिया पनि पर्दछ जुन कोभिड्-१९ प्रभावित देश हो । यहाँ पढ्न गएका विद्यार्थीहरु नराम्रो संग आर्थिक र मानसिक रुपमा प्रभावित भएका छन । थप समयको लागी खर्च कहाँबाट र कसरी जुटाउने भन्ने कुरामा उनिहरुको चिन्ता छ । देशमा lock down भएको कारणले विद्यार्थीहरुसंग संबन्धित ट्युसन, कोचिंग र अन्य पुर्व तयारी कक्षाहरु समेत बन्द रहेका छन ।

    राजनीतिक प्रभाव
    राजनीति पनि कोभिड(१९ बाट विश्वब्यापी रुपमा प्रभावित अर्को महत्वपुर्ण क्षेत्र हो । चीनमा कैयौं स्थानिय निकायहरु कोभिड(१९ नियन्त्रण गर्नमा चनाखो नभएको आरोपमा भंग गरिए । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्र्म्प (Donald Trump) पनि सोही आरोपमा धेरै आलोचित हुनु पर्यो । जसले गर्दा यसै बर्ष हुन गैरहेको राष्ट्रपति पदको चुनावमा उनले पराजय समेत भोग्नु पर्ने हुन सक्छ । अमेरिकामा राष्ट्रपति पदको लागी भैरहेको पार्टिका आन्तरिक चुनावी प्रकृया समेत स्थगित भएको छ । कोभिड-१९ बाट विश्वका विभिन्न देशका राज नेता, विधायकसमेत व्यक्तिगत रुपमा प्रभावित भएका छन । उनिहरु आफै कोभिड-१९ बाट पिडित भएका छन । उदाहरणको लागि बेलायतका प्रधानमन्त्री कोरोना बाट संक्रमित भएका छन । स्पेनकी राजकुमारीको सोही रोगले मृत्यु भएको छ । युरोप एवम अन्य विकसित रास्ट्रका सरकारमा रहेका व्यक्तिहरु पनि क्वारेन्टाइन र आइसोलेसनमा बसेका छन ।

    यस्तै अवस्था एसियाली रास्ट्रहरुमा समेत छ । नेपालका सवै राजनीतिक दलहरु पनि कोभिड-१९ बाट प्रभावित भएका छन । यी सवै दलहरु हाल आफ्नो सम्मेलन वा महाधिवेशनको तयारीमा छन । कोभिड-१९ को संक्रमण पुर्व यीनिहरु आफ्नो सम्मेलन वा महाधिवेशनको तयारी स्वरुप सदस्यता बाड्ने, संगठन विस्तार गर्ने कार्यमा व्यस्त थिए । तर कोभिड(१९ को संक्रमण पछि उक्त सबै कार्यक्रमहरु बन्द गरिएका छन । राजनीतिक दलहरुको सफलता यस्ता महामारी कसरी ब्यबस्थापन गर्दछन भन्ने कुरामा भर पर्दछ । यस्ता विश्वब्यापी महामारीहरुले कहिलेकांही राजनीतिक सत्ता समेत उलट-पुलट परिदिन्छन । नेपालका राराजनीतिक दलहरुलाई पनि यो कोभिड(१९ सत्तामा स्थापित भै रहने वा आफ्नो शाख बलियो पार्ने वा शाख गुमाउने माध्यम हुन सक्छ । तसर्थ वर्तमान सरकारलाई कोभिड-१९ को ब्यबस्थापन एक कठिन चुनौती हो ।

    धार्मिक प्रभाव
    धार्मिक क्षेत्र पनि कोभिड-१९ बाट विश्वब्यापी रुपमा प्रभावित अर्को क्षेत्र हो । यसको कारणले विभिन्न चर्चहरु, मदरसाहरु, मठ – मन्दिरहरु, गुम्वाहरु बन्द गरिएका छन । धार्मिका यात्रा हरुमा रोक लगाइएको छ । फलस्वरुप सवै धर्ममा विश्वास राख्ने मानिसहरुको आत्मिक शान्तिमा बाधा उत्पन्न भएको छ । नेपालको पशुपतीनाथको प्रांगणमा हुने आरती पुजामा रोक लगाइएको छ । २५ जना भन्दा बढी मलामी जान बन्देज लगाइएको छ । ठुलो भिड हुने गरी भोज भतेर गर्न समेत बन्देज लगाइएको छ । स्वास्थ्य क्षेत्रमा प्रभाव स्वास्थ्य क्षेत्र सबैभन्दा प्रभावित क्षेत्र भै हाल्यो । कोरोनाको कारणले मानिसको मृत्यु हुने, बिरामी पर्ने गरेको छ ।

    हालसम्म विश्वमा यस रोगको कारणले कुल बयालीस लाख भन्दा बढी मानिस हरु संक्रमित र 2 लाख बयासी हजार भन्दा बढी मानिस हरुको मृत्यु भएको छ । आफ्नो घर परिवार का सदस्यहरु बिरामी पर्दा, मृत्यु हुँदा स्वभाबिकै रुपमा मानसिका तनाव सिर्जना हुन्छ । यस बाहेक मानिस क्वारेन्टाइन र आइसोलेसनमा बस्दा दिक्दारी लाग्ने, रिस उठ्ने, चिट-चिट पसिना आउने जस्ता समस्याहरु पनि आएको पाइन्छ । यसले मुलत मानव स्वास्थ्यलाई नकरात्मक प्रभाव पारी उत्पादकत्व घटाउछ । तर यस्तो समयमा पनि सर्वजनिका एवम निजी सवै प्रकारका अस्पतालहरुले कोरोना रोगको डरले बिरामिहरुलाई सेवा दिन छाडेको सुन्नमा आएको छ । आर्थिक प्रभाव आर्थिक क्षेत्र कोभिड-१९ बाट विश्वब्यापी रुपमा प्रभावित अर्को महत्वपुर्ण क्षेत्र हो । यसले विश्वमा नै आर्थिक महामन्दी ल्याउने अनुमान गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    आगामी मे १९ तारिख न्यूयोर्कमा हुने नेपाल डे परेड सम्पन्न गर्न दोस्रो टाउनहल बैठक

    न्युयोर्क । आगामी मे १९ तारिखका दिन न्यूयोर्कको म्यान्हटनमा आयोजित नेपाल परेड सम्पन्न गर्नका लागि...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    विहादी गाउँपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रियता

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं