SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१/८ गते
    २७४१ &#२३४६;&#२३३५;&#२३२५;

    लेखक : बिद्यार्थि नेता – दिपक पुरी विस्वोभर नै महामारीको रुपमा फिलिएको (covid 19) अथार्त कोरोना भाइरस ले विस्वोभरका २०६ भन्दा बडि मुलुक हरुमा आफ्नो स्थान जमाइ सकेको छ । चाइना को हुवान सहर देखि निस्किएको यो महामारी बाट हालसम्म विस्वोभर मा २० लाख भन्दा बढि मानिसहरु संक्रमित छन भने १ लाख ६० हजार भन्दा बढि मानिसहरु ले ज्यान गुमाइ सकेका छन ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    नेपाल मा पनि यो महामारी प्रबेस गरीसकेको छ । हालसम्म ३१ जना मानिसहरु मा (covid 19) अथार्त कोरोना भाइरस को संक्रमण देखा परीसकेको छ । विस्वोभरनै फैलिएको यो महामारीको औसधि भने अहिले सम्म फेला परेको छैन । (WHO) व्लर्ड हेल्थ अरगनाइजेसन ले भने यसको एकमात्र औसधि भनेको (LOCKDOWN) अथार्त घरदेखि बाहिर ननिस्कने र कोहि संग पनि घुलमिल नहुने हात नमिलाउने बताएको छ ।

    नेपाल सरकरले पनि यस महामारी को रोकथाम को निम्ति लकडाउन घोषणा गरेको आज २८ दिन पुगिसकेको छ ।
    नेपाल सरकारले लकडाउन घोषणा गरे लगत्तै यसको असर आम जनसमुदायमा देखा पर्दै आएको छ । दिनभर ज्याला मजदुरी गरेर बेलुका छाक टार्ने मजदुर र किसान हरु अहिले धेरै मर्का मा छ्न । तर नेपाल सरकारले भने यस्तो दर्दनाक अबस्थालाइ अवज्ञा गरे जस्तो देखिन्छ ।

    दैनिक ज्याला मजदुरी गरेर पेट भर्ने मजदुर र किसान हरु भने लकडाउन ले गर्दा भोक भोकै सयौ माइल को पैदल यात्रा तय गरेर बास स्थानतर्फ फर्कदै गरेको खबर दिनानुदिन देखिदै र सुनिदै आएको छ । मजदुर हरुको रगत र पसिना माथि उभिएर सत्ता चलाउनेहरु लाइ मेरो प्रस्न छ ! मजदुर र गरीब किसानहरु को दुःख पिडा कस्ले बुझ्ने हो …? प्रधानमन्त्री ज्यु सरकार मजदुर र गरीब किसानहरु को होकि ब्यापारी हरु को …? कम्युनिष्ट हरुले नै मजदुर को दुख पिडा बुझ्न सक्दैनन भने यो भन्दा ठुलो बिडम्बना अरु के हुन सक्छ …? दुइ तिहाइ को शक्तिशाली कम्युनिष्ट सरकार छ जनताले भरोसा गरेर , बिष्वास गरेर यो ठाउ सम्म पुराइदीएका छ्न तर सरकारले किन जनताको पक्ष मा काम गर्न सकिरहेको छैन किन …? सरकार को चौतर्फि आलोचना मात्र छ किन…?

    प्रधानमन्त्री ज्यु अझैपनि जनताले हजुरको आश गरीरहेका छ्न हजुर प्रति बिस्वास टिकाइरहेका छन तर हजुरलाइ असफल देखाउन हजुरकै आसेपासे हरु तपाइको बिरुद्द लागिरहेका छन तपाइले यो कुरा बुझ्नु भएको छकि बुझिबुझि बुझबुचाए जस्तो गर्दैहुनुहुन्छ । कृपया आफ्नो सचिवालय मा रहेका केहि ब्यक्तिहरु लाइ फेरबदल गरी योग्य र क्षमतावान ब्यक्तिहरु लाइ ठाउ दिएर काम गर्ने मौका दिनुहोस । यदि अवस्था यस्तै रहने हो भने मजदुर र गरीब किसान हरु कोरोना ले भन्दा पनि भोकमरीले ज्यान गुमाउन पर्ने अबस्था आउन सक्छ । मजदुर र गरीब किसान बर्ग का निम्ति गम्भिर भएर सोच्नुहोस ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    आगामी मे १९ तारिख न्यूयोर्कमा हुने नेपाल डे परेड सम्पन्न गर्न दोस्रो टाउनहल बैठक

    न्युयोर्क । आगामी मे १९ तारिखका दिन न्यूयोर्कको म्यान्हटनमा आयोजित नेपाल परेड सम्पन्न गर्नका लागि...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    विहादी गाउँपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रियता

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं