SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१/७ गते
    २७८१ &#२३४६;&#२३३५;&#२३२५;

    प्रिय कमरेडहरु,, तपाईं हामी अहिले सुर न तालको बेमौसमी बाजा बजाउन किन ब्यस्त छौँ,यो बेला हामी सबै मिलेर माहामारिको संकटबाट देशवासिलाई मुक्ती दिलाउन कम्मर कसेर सहयोग गर्नुपर्ने होइन र,?हामी त समाज रुपान्तरणको अभियानकर्मी हौ,तर हाम्रै कारण जनताप्रतिको हाम्रो प्रतिबद्धता र उत्तरदायीत्व दस्ताबेजमा मात्रै सिमित हुने खतरा बढ्दैछ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    यो मुलुककको रुपान्तरण कम्युनिस्टहरुबाट मात्रै सम्भब छ र त्यसको नेतृत्व नेकपाले गर्छ भनिरहदा हाम्रा ब्यवहार र चेतनास्तरको मापन जनताले पक्कै गरिरहेका छन भन्ने हेक्का राख्नैपर्छ,हाम्रा मार्क्सवाद लेनिनवाद सिद्धान्त ,माओबिचारधारा,लेनिनबादी सङ्गठनात्मक पद्धति,वर्गसंघर्ष जस्ता शब्द र सिद्धान्त जनाताका मनभित्र लोकप्रिय बनायौ,यहि जगमा टेकेर जनताले बिस्वास गरे र गर्नेछन पनि,मार्क्सवाद,लेनिनवाद र माओबिचारधारालाई पथप्रदर्शक सिद्धान्त मानेर साम्यवादसम्मको यात्रा तय गरेका हामी कतै प्रतिक्रियावादी राज्यसत्ताको सुरक्षागार्ड बन्न तयार भएका त छैनौ?हाम्रो चरित्रले उत्पीडित जनताको पक्षमा भन्दापनी पुजिबादी दलालको वरिपरि रमाउन थालेको अनुभुती भईरहेको छ,।

    अल्पमतको रक्षा र कदर हुने गरि बहुमतको निर्णय मान्ने बहानामा दुई लाईनको शघर्षलाई उचित तरिकाले अगाडी बढाईएको पनि पाईदैन,पार्टीभित्र मतभेद हुन्छन,ती मतभेदको मैत्रीपुर्ण तरिकाले समाधान गर्ने,बहस छलफल चलाउने,लेनिनवादी सङ्गठनात्मक पद्धति अनुसार अनुशासनपुर्वक सहि निस्कर्षमा पुग्नुपर्नेमा त्यसो नगरिकन अस्वस्थ गुटबन्दी गरेर कैयौ विधि प्रक्रिया र पद्धतिहरु मिचेर कृतिम समाधान निकाल्ने बाटोतिर हामी गैरहेका छौ,यति सुन्दर मुलुकमा श्रमजीवी जनताको सेवा गर्न मानव सभ्यताको बिकासक्रममा नेपाली जनतालाई समाजवादसम्म पुर्याउने परिकल्पनाका साथ भएको ऐतिहासिक एकताले के सन्देश प्रवाह गर्यो त देशवाशिलाई??

    आदरणीय तथा सहयोद्वा कमरेडहरु ,
    हामिले जीवन र जगतलाई हेर्ने,बुझ्ने,व्याख्या र विश्लेषण गर्ने सिद्धान्त एउटै छ,हाम्रो यात्रा गर्ने बाटो र यात्राको अन्तिम बिन्दु एउटै छ,हाम्रो यो महान अभियान आफ्ना निम्ति होइन सम्पुर्ण जनताको निम्ति हो भन्ने कुरा हामिले हेक्का राख्नैपर्छ,हाम्रा गतिविधि र ब्यवहारले,सामाजिक संजाललाई प्रदर्शनीमार्ग बनाएर दिईएका हाम्रा कुतर्कले जनता निराश बनाउने काम किन गरिरहेका छौ,?आज बिश्वका मानवजाती एक भईरहेका बेला आफ्नै देशभित्र आफ्नै,एउटै पार्टिभित्र अज भनौ एउटै परिवारभित्र हामी अभिभावक फेर्न तयारी गरिरहेका छौ,यो उपयुक्त बेला होइन ।कमरेडहरु,यो महामारीबाट पहिला जनतालाई मुक्ति त दिलाऔं त्यसपछी छलफल गरौंला नि आन्तरिक असमझदारीका बिषयमा ।बिस्वका मानिस एक हुदा,नेपालका कम्युनिस्टहरु किन फरक कित्तामा छौ?हाम्रा ब्यवहारले हामिलाई नै सिध्याउने हो,त्यसैले सोचौं ,सम्यमित बनौं ।

    आरती भण्डारी
    अनेरास्ववियु केन्द्रिय सदस्य

    प्रतिकृया दिनुहोस्

    Loading...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    आगामी मे १९ तारिख न्यूयोर्कमा हुने नेपाल डे परेड सम्पन्न गर्न दोस्रो टाउनहल बैठक

    न्युयोर्क । आगामी मे १९ तारिखका दिन न्यूयोर्कको म्यान्हटनमा आयोजित नेपाल परेड सम्पन्न गर्नका लागि...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    विहादी गाउँपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रियता

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं