SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१२/२१ गते
    १२१० &#२३४६;&#२३३५;&#२३२५;

    केसर बिशवकर्मा(आफन्त नेपाल कपिलवस्तु जिल्ला संयोजक)
    कुनै पनि देश महामारीको चपेटामा पर्नु राम्रो त होइन तर हामिले देखिरहेका छौ कयौ बिकसित देश आज रोइरहेको छ स्थिति नियन्त्रण बाहिर गएको छ । परिवारको सदश्यले मृत्युबरण गर्दै गर्दा हेरेर बस्नु पर्ने बाध्यता छ । अझ भन्नू पर्दा मृतक शरीर उठाउन सक्ने अबस्था छैन । सायद कल्पना गर्न सकिँदैन तर बिकसित सन्चार माध्यम बाट हेर्दै गर्दा आफ्नो परिवारको सदश्य मृत्यु भैरहदा हार गुहार,चिच्यावट र आँसु कसैले सुन्न सक्ने अबस्था छैन त्यो परिदृश्यले हामिलाई पाठ मात्र होइन प्रशस्त सुरक्षीत हुने मौका र समय पाएका छौ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    दुख र कष्टमा अनेकौ समस्यहरु त अबस्य झेल्न्नु पर्दछ अझ हाम्रो देशको जीवन शैली र जिबनयापनलाई हेर्ने हो भने त कयौं परिवारमा चुलो बल्न धौधौ होला,कयौं बालबच्चा भोकभोकै बस्नु पर्ने अबस्था पनि आउला,दैनिक मजदुरी गरेर जीवन चलाउने परिवार लाखौं छन जुन यो परिस्थितिमा सम्भब छैन मजदुरी गर्न यसका लागि भोकमरिको त्यो खाडललाई पनि राज्यले त्यतिकै गम्भीरतापुर्ण हेर्नू पर्दछ ।

    विशेष केही दिन देखिको लकडाउन र जनस्तरमा परेको एक किसिमको पिडा अत्यन्त दुख दायी छ तर समय र महामारिको चपेटामा गुज्रिएका देशहरुको अबस्था हेर्दा महिनौ सम्म लकडाउन गर्नु पर्ने देखिन्छ त्यो पनि पुर्ण रुपमा संकटकाल नै लगाएर । अहिले नियन्त्रण भन्दा बाहिर गएका देशहरु पनि एक दुई हुँदै यो अबस्था मा पुगेका हुन स्वास्थ्य क्षेत्रमा अब्बल रहेका देशहरु पनि नराम्रो सङ्ग चुक्यो सायद त्यहाँ राज्य र जनताको कहि न कहि कमजोरी भएरै हो । हामीले प्रसस्त समय पाएकै हो अझै समय छ त्यो कहाली लाग्दो परिबेश र कहालीलाग्दो घटनाहरु बाट जोगिने ।

    सायद हामी भाग्यमानी देशका नागरिकहरु पनि हौँ सयौं देशले महामारी बेहोरिरहनु पर्दा हामिलाई पुर्ब तयारी को समय प्रसस्त पाएका थियौ तर यो हुँदा हुँदै पनि आजको दिन सम्म पाचौं संक्रमण पुष्टि भैसकेको छ त्यही पनि प्राय बाहिर बाट आउनेहरुमा मात्र उहाँहरुको पुर्न स्वास्थ्यलाभको कामना गरौ ।

    अन्य देशमा जस्तो स्थिति बढ्दै गयो भने स्वास्थ्य क्षेत्रमा कमजोर हाम्रो देशको अबस्था कस्तो होला कल्पना गर्न सकिदैन भोलि हामी पनि त्यही देसको अबस्थामा पुग्नेछौ जुन हाम्रो आँसु र रुवाई कसैले देख्ने छैन । सरकारले गरेका निर्णयलाई सबै नागरिकले आ-आफ्नो ठाउबाट पुर्ण सहयोग गरौं सरसफाईलाई ध्यान दिउ र सबैले कामना गरौं मेरो सुन्दर देश भोलि लासै लासको शहर नबनोस सबै प्रतिबद्ध भै लकडाउनलाई सफल पारौ र पहिलो चरणमा नै यो महामारीलाई निर्मुल पार्न सकौ । मेरो सुन्दर देश महामारीको चपेटामा नपरोस ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    आगामी मे १९ तारिख न्यूयोर्कमा हुने नेपाल डे परेड सम्पन्न गर्न दोस्रो टाउनहल बैठक

    न्युयोर्क । आगामी मे १९ तारिखका दिन न्यूयोर्कको म्यान्हटनमा आयोजित नेपाल परेड सम्पन्न गर्नका लागि...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    विहादी गाउँपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रियता

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं