SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/२५ गते
    १३१८ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा, । इक्वालिटि फाउण्डेशनले पोखरा १३ स्थित भद्रकाली उच्च माविलाई कम्युटर कक्ष स्थापनाका लागि सहयोग गरेको छ । विद्यालयमा शुक्रबार आयोजित कार्यक्रमबीच फाउण्डेशनले २ लाख ३५ हजार रुपैया सहयोग प्रदान गरेको छ । सो रकम अमेरिकामा बसोबास गर्ने नेपालीहरुबाट चन्दा स्वरुप संकलन गरिएको हो ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा फाउण्डेशनकोतर्फबाट सदस्य प्रा.डा ताराकान्त सिग्देलले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकबहादुर कार्कीलाई सो रकम हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विकासमा फड्को मार्न विज्ञान र प्रविधिको अधिकतम उपयोग गर्नुपर्ने बताए ।

    उनले अध्ययन र अनुसन्धान बिना भौतिक पूर्वाधार निर्माण गर्न नहुने उल्लेख गरे । मुख्यमन्त्री गुरुङले शैक्षिक क्षेत्रमा हुने राजनीतिक भागवण्डा अन्त्य गर्न जरुरी रहेको औल्याए । शैक्षिक क्षेत्रमा ज्ञान र सीप भएको व्यक्तिलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो । फाउण्डेशनका सदस्य प्रा.डा ताराकान्त सिग्देलले विद्यार्थीका लागि कम्युटर सीप आवश्यक रहेकाले सहयोग गरिएको बताए ।

    उनले विद्यार्थीलाई कम्युटर शिक्षा दिने कार्यक्रम पाइलट प्रोजेक्टका रुपमा अघि बढाउन गण्डकी प्रदेश सरकारलाई आग्रह गरे । ‘अमेरिकाको बसाइँसँगै केही कुरा सिकेका छौं’, उनले भने, ‘सिकेका कुरा समाज र देशका लागि दिन चाहन्छौं।’ सदस्य सिग्देलले सहयोगीहरुप्रति आभार पनि व्यक्त गरे । विद्यालयका प्रधानाध्यापक घनश्याम रिजालले व्यवहारिक र सीपमूलक शिक्षा अहिलेको आवश्यकता भएको बताए ।

    कार्यक्रममा लुमा उपकरणको डेमोस्ट्रेशन गरिएको थियो । फाउण्डेशनका इन्जिनियर कविन्द्र मानन्धरले सो उपकरण बारे जानकारी दिएका थिए । १० वर्षसम्म अमेरिकामा गरिएको अध्ययन अनुसन्धानपछि सो उपकरणको विकास गरिएको हो । इन्टरनेट र कम्युटर बिनापनि विद्यार्थीको पठनपाठनमा सघाउने प्रविधि लुमा उपकरण हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रम सहायक प्रधानाध्यापक राजेन्द्र भण्डारीले सञ्चालन गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    आगामी मे १९ तारिख न्यूयोर्कमा हुने नेपाल डे परेड सम्पन्न गर्न दोस्रो टाउनहल बैठक

    न्युयोर्क । आगामी मे १९ तारिखका दिन न्यूयोर्कको म्यान्हटनमा आयोजित नेपाल परेड सम्पन्न गर्नका लागि...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    विहादी गाउँपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रियता

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं