SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/२५ गते
    ८४० &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा कास्की । स्वतन्त्र विद्यार्थी यूनियन, पोखरा विश्वविद्यालयको आयोजनामा विश्वविद्यालय केन्द्रीय क्याम्पस, लेखनाथमा सञ्चालन भइरहेको विद्यार्थी मेला २०२० मा शुक्रबार राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाविर पुनले अवलोकन गर्नुभएको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    मेलालाई सम्बोधन नेपाली युवाहरुमा मौलाउँदै गरेको नेपालमा अध्ययन पुरा गर्ने अनि विदेश जाने प्रवृत्ति मौलाएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले अध्ययन पछि नभइ अध्ययन र उद्दमशलिता सँगसँगै लानुपर्ने सुझाव विद्यार्थीहरुलाई दिनुभयो । आविष्कार र अन्वेषण सबैलाई चाहिन्छ, पुनले अगाडि भन्नुभयो, नेपालमा राजनीतिले ठीक दिसा नलिनुको कारण यसमा अन्वेषण र अनुसन्धानको कमि हुनु नै हो ।

    मेलाको विभिन्न प्रदर्शनीहरु तथा रोवर्ट भिडन्तको अवलोकन गर्दै उहाँले मेलामा देखाउनका लागि मात्र नभई यस्ता गतिविधिहरुमा निरन्तर लाग्नुपर्नेमा जोड दिए । साथै उहाँले राम्रो योेजना लिएर टिम बनाएर आउन विद्यार्थीहरुलाई आह्वान गर्नुभयो । मेलामा स्वतन्त्र विद्यार्थी यूनियनको तर्फबाट राष्ट्रिय आविष्कार केन्द्रलाई पच्चीस हजार रुपैयाँ सहयोग गरिएको समेत कोषाध्यक्ष प्रकृति दवाडीले जानकारी दिनुभयो । केन्द्रको सहयोगार्थ मेलामा पुस्तक मेला समेत आयोजना गरिएको छ ।

    मेलाको महिला सशक्तिकरण नामक सत्रलाई सम्बोधन गर्दै अनेरास्ववियूका नेता सुनिता बरालले महिलाहरुलाई राजनीतिमा पछाडी पार्नुले देशको विकासमा नै गम्भीर असर परिरहेको बताउनुभयो । मेलाको शुक्रबारको सत्रमा पुस्तक प्रदर्शनी, स्वास्थ्य शिविर, रोवर्ट भिडन्त, कविता प्रतियोगिता, गायन प्रतियोगिता, नृत्य प्रतियोगिता, सेयर तालिम लगायतका कार्यक्रमहरु सम्पन्न भएका छन् । मेलामा विश्वविद्यालयका चार वटै आंगिक कलेजहरुका अलावा ति कलेजहरुमा कार्यरत विभिन्न २१ वटा संस्थाहरुले पनि साथ दिएको सभापति तिमिल्सिनाले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    रिपोटर्स क्लब अमेरिकाको केन्द्रिय साधारणसभा आगामी जुलाई महिनामा हुदै

    टेक्सास, अमेरिका । अमेरिकामा रहेका प्रवासी नेपाली पत्रकारहरुको साझा सँस्था रिपोटर्स क्लब अमेरिकाको केन्द्रिय साधारणसभा...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    आगामी मे १९ तारिख न्यूयोर्कमा हुने नेपाल डे परेड सम्पन्न गर्न दोस्रो टाउनहल बैठक

    न्युयोर्क । आगामी मे १९ तारिखका दिन न्यूयोर्कको म्यान्हटनमा आयोजित नेपाल परेड सम्पन्न गर्नका लागि...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं