SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/२५ गते
    ७३७ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा, कास्की । स्वतन्त्र विद्यार्थी यूनियन, पोखरा विश्वविद्यालयको आयोजनामा विश्वविद्यालय केन्द्रीय क्याम्पस, लेखनाथमा विद्यार्थी मेला २०२० शुरु भएको छ । मेलाको उद्घाटन गर्दै राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले नेपालका युवाहरुले देशमा नै काम गर्ने वातावरण बनाउन परिषदले काम गरिरहेको बताए ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    मेलाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अनेरास्ववियूका संयोजक ऐन महरले बदलिँदो परिस्थीतिमा विद्यार्थी राजनीतिमा पनि परिवर्तनको खाँचो भएको बताउनुभयो । त्यसै गरी नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमिल्सीनाले विश्वविद्यालयहरुलाई अध्ययनको मात्र नभई शैक्षिक गतिविधीहरुको केन्द्र बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बोल्दै हरिबहादुर खड्काले विश्वविद्यालयमा शुरु भएका यस्ता मेलाहरुको निरन्तरताको कामना गर्नुभयो । उता स्वतन्त्र विद्यार्थी यूनियनका संरक्षक तथा स्वास्थ्य विज्ञान महाविद्यालयका निर्देशक डाक्टर डमरु पनेरुले स्वतन्त्र विद्यार्थी यूनियनका गतिविधीहरु विद्यार्थीहरुलाई धेरै भन्दा धेरै सहभागी गराउने खालको भएकोमा खुसी व्यक्त गर्नुभयो । त्यस्तै स्वतन्त्र विद्यार्थी यूनियनका संस्थापक सभापति सुनिल तिमिल्सीनाले स्ववियूले स्थापनाकालदेखि नै धेरैभन्दा धेरै विद्यार्थीहरुको हीतमा काम गरिरहेको जानकारी दिनुभयो ।

    मेलामा प्यानल बहस, सफलताको कथा प्रस्तुती, पुस्तक प्रदर्शनी, स्वास्थ्य शिविर लगायतका कार्यक्रमहरु पहिलो दिनबाट शुरु भएका छन् । मेलाको सफलताको कथा श्रृंखलामा रुपाकोट रिसोर्टका अध्यक्ष पुष्पराज अधिकारीले बेल्जीयमदेखि नेपालसम्म गरेका संघर्षको कथा सुनाउँदै नेपालमा पर्यटनको अपार सम्भावना रहेको बताए । त्यसै गरी कर्मचार्य ग्रुपका अध्यक्ष चन्द्रकृष्ण कर्मचार्यले कामलाई कसैले पनि सानो र ठूलो रुपमा लिएर पछाडी हट्न नहुने बताए । त्यसै गरी युवा उद्दमशिलताको प्यानल बहसमा युवा व्यवसायीहरु बैभव पौडेल र मिलन केसीले युवाहरुमा उद्दमी सोच भए मात्र नेपालमा उद्दमशिलताको सही ढंगले विकास हुन सक्नेमा जोड दिए ।

    मेलाकै नेपालमा अवसरहरु नामक प्यानल बहसमा राष्ट्रिय युवा परिषदका सदस्य दीलिप न्यौपाने, रेण्डम रिडर्स सोसाइटीका निवर्तमान अध्यक्ष उपेन्द्र पौडेल र युवा व्यवसायी सन्तोषराज सिग्देलले नेपालमा अवसरहरु धेरै रहेको तर युवाहरुको प्रयास र सरकारको सही नीतिको खाँचो औल्याए ।

    कार्यक्रमको शुक्रबारको सत्रमा रोवर्ट भिडन्त, कविता प्रतियोगिता, कविता कार्यशाला, गायन प्रतियोगिता, नृत्य प्रतियोगिता, सेयर तालिम लगायतका सत्रहरु हुने मेलाका संयोजक होमेन्द्र यादवले बताए । त्यसै गरी शुक्रबारको सत्रमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाविर पुन र नेपाल कम्युनिष्ट पार्टीकी युवा नेतृ सुनिता बरालले बोल्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिए ।

    मेलामा विश्वविद्यालयका चार वटै आंगिक कलेजहरुका अलावा ति कलेजहरुमा कार्यरत विभिन्न २१ वटा संस्थाहरुले पनि साथ दिएको सभापति तिमिल्सिनाले जानकारी दिए । मेलामा ३५ लाखको खर्च हुने र मेलामा विभिन्न विश्वविद्यालय अन्तर्गतका विभिन्न कलेजहरुका २० हजार भन्दा बढिले सहभागिता जनाउने कोषध्यक्ष प्रकृति दवाडीले बताइन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    रिपोटर्स क्लब अमेरिकाको केन्द्रिय साधारणसभा आगामी जुलाई महिनामा हुदै

    टेक्सास, अमेरिका । अमेरिकामा रहेका प्रवासी नेपाली पत्रकारहरुको साझा सँस्था रिपोटर्स क्लब अमेरिकाको केन्द्रिय साधारणसभा...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    आगामी मे १९ तारिख न्यूयोर्कमा हुने नेपाल डे परेड सम्पन्न गर्न दोस्रो टाउनहल बैठक

    न्युयोर्क । आगामी मे १९ तारिखका दिन न्यूयोर्कको म्यान्हटनमा आयोजित नेपाल परेड सम्पन्न गर्नका लागि...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं