SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/२१ गते
    ६६५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं,  । चीनबाट ल्याइने १ सय ८० नेपाली विद्यार्थीलाई १४ दिन क्वारेन्टाइनमा राखिने भएको छ । प्रक्रिया पूरा गरेर यसै साता ल्याइने उनीहरूलाई राख्ने ठाउँ निर्धारण मंगलबार बेलुकासम्म हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । नोवल कोरोना भाइरस संक्रमितको पहिचान गर्न पोखरा विमानस्थलमा राखिएको हेल्थ डेस्कमा परीक्षण गर्ने तरिका सिक्दै स्वास्थ्यकर्मी तस्बिर : दीपक परियार/कान्तिपुर

    विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले निमोनिया गराउने नोवल कोरोना भाइरसको संक्रमणलाई अन्तर्राष्ट्रिय महामारी घोषणा गरिसकेको छ । उक्त घोषणापछि सबभन्दा जोखिम रहेको चीनको वुहानलगायत क्षेत्रबाट आफ्ना नागरिकलाई फिर्ता ल्याउन नेपाललाई दबाब बढेको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    मन्त्रालयका अनुसार वुहानबाट ६२ सहित हुवेई प्रान्तका अन्य मुख्य सहरबाट समेत गरी १ सय ८० विद्यार्थीलाई ल्याउन लागिएको हो। ‘मंगलबार बेलुकासम्म क्वारेन्टाइन स्थल निर्धारण गरिसक्ने छौं,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भने, ‘चीनबाट आफ्ना नागरिक फिर्तापछि अन्य मुलुकले जस्तै हामीले पनि फर्काइएकालाई क्वारेन्टाइनमै राख्नुपर्छ ।’

    आइसोलेसन (पृथकीकरण) र क्‍वारेन्टाइन भनेको संक्रामक रोगको विस्तार कम गर्न जनस्वास्थ्यअन्तर्गत अपनाइने प्रक्रिया हो । यसमा संक्रामक रोग भएकालाई स्वस्थ व्यक्तिको सम्पर्कभन्दा अलग राखेर सुरक्षा उपकरणले सुसज्जित विशेषज्ञबाट उपचार गरिन्छ । सर्ने रोगको सम्पर्कमा आएका स्वस्थ व्यक्तिलाई पनि यहाँ छुट्टै राखेर अन्य व्यक्तिसँग हिमचिम हुन दिइँदैन । उनीहरू बिरामी परे–नपरेको जान्न परीक्षण गरिनेछ ।भारतले चीनबाट फिर्ता गरेका तीन सय जनालाई सेनाको निगरानीमा १४ दिनसम्मका लागि क्याम्पमा राखेको छ ।

    प्रवक्ता श्रेष्ठका अनुसार क्वारेन्टाइन स्थल बस्तीबाट कति टाढा हुनुपर्ने र त्यहाँ दुई सातासम्म अन्य व्यक्ति सम्पर्कमा नआउने गरी राख्न कस्ता सुविधा हुनुपर्ने लगायत विषयमा मन्त्रालयका पदाधिकारी छलफलमा छन् । विभिन्न पक्षसँगको छलफलअनुसार क्वारेन्टाइन स्थल नेपाली सेनाको शिवपुरी ब्यारेक र भक्तपुरको बोडेस्थित विद्युत् प्राधिकरणको तालिम केन्द्रलगायतका ठाउँ हुन सक्ने स्रोतले जनाएको छ ।

    मन्त्रालयका पाँच टोली सोमबार पनि सम्भावित स्थल खोजी गर्न परिचालित थिए । क्‍वारेन्टाइनमा राखिनेहरूका लागि ओढ्ने–ओछ्याउने र खेल्ने लगायत आवश्यक ३६ थरीका सामग्री खरिद गर्ने तयारी भएको प्रवक्ता श्रेष्ठले बताए। उनले भने, ‘सबै युवा छन् । उनीहरूलाई उचित खानपान र मनोरञ्जनको व्यवस्था हुनुपर्छ । खेलकुद र इन्टरनेटलगायत सुविधा पनि दिइनेछ ।’

    क्‍वारेन्टाइनका क्रममा एउटा कोठामा दुई/तीन जनाभन्दा बढी राख्न नहुने धारणा मन्त्रालयका विशेषज्ञहरूको छ । एउटा कोठामा एक जनाभन्दा बढीलाई राख्नुपरे दुई शय्याबीचको दूरी न्यूनतम एक मिटर हुनुपर्नेतर्फ विचार पुर्‍याइनेसमेत स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ । ‘चीनबाट आउने नेपाली स्वस्थ व्यक्ति हुन् । उनीहरूमा आउने दिनसम्म कुनै लक्षण नदेखिएको हुनुपर्छ,’ श्रेष्ठले भने, ‘यदि आउने दिनसम्म कसैलाई चीनमै संक्रमण देखियो भने उनले मुलुक फर्कन पाउँदैनन्, उतै उपचार हुनेछ ।’ क्वारेन्टाइनमा रहनेहरूको संक्रमण, ज्वरो आदिको नियमित परीक्षण गरिनेछ । उनीहरूमा दुई सातासम्म ज्वरो तथा संक्रमण आदिको लक्षण नदेखिए मात्र त्यहाँ राखिन्छ । ज्वरो र संक्रमणको लक्षण देखियो भने तुरुन्त क्वारेन्टाइनबाट हटाएर टेकुको शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार सुरु गरिने श्रेष्ठले जनाए ।

    डब्लूएचओका अनुसार हालसम्म कोरोना भाइरसको प्रयोगशाला प्रमाणित १९ हजारभन्दा बढी केस विश्वभरमा देखिइसकेका छन् । यो संक्रमणबाट हालसम्म चीनमा ४ सय २५ जना र चीन बाहिर फिलिपिन्समा एक जनाको मृत्यु भइसकेको छ । यो संक्रमण चीनबाहेक नेपाल, भारत, श्रीलंका, थाइल्यान्ड, जापान, भियतनाम, कोरिया, अस्ट्रेलिया, सिंगापुर, मलेसिया, कम्बोडिया, फिलिपिन्स, अमेरिका, क्यानडा, फ्रान्स, फिनल्यान्ड, जर्मनी, इटाली, रुस, स्पेन, स्वीडेन, बेलायत र युनाइटेड अरब इमिरेट्समा देखिइसकेको छ ।

    स्वास्थ्य मन्त्रालयले मुलुकमा हालसम्म एक जनाबाहेक अन्यमा नोवल कोरोना भाइरसको संक्रमण नदेखिएको जनाएको छ । मन्त्रालयका स्वास्थ्य आपत्कालीन कार्य सम्पादन केन्द्रका प्रमुख सागर दाहालले हालसम्म १४ जनाको प्रयोगशाला परीक्षण गरिएकामा एक जनामा पोजेटिभ, १० जनामा नेगेटिभ र बाँकी तीन जनाको प्रतिवेदन आउन बाँकी रहेको जानकारी दिए । कान्तिपुर दैनिकले खबर छापेकाे छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    रिपोटर्स क्लब अमेरिकाको केन्द्रिय साधारणसभा आगामी जुलाई महिनामा हुदै

    टेक्सास, अमेरिका । अमेरिकामा रहेका प्रवासी नेपाली पत्रकारहरुको साझा सँस्था रिपोटर्स क्लब अमेरिकाको केन्द्रिय साधारणसभा...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    आगामी मे १९ तारिख न्यूयोर्कमा हुने नेपाल डे परेड सम्पन्न गर्न दोस्रो टाउनहल बैठक

    न्युयोर्क । आगामी मे १९ तारिखका दिन न्यूयोर्कको म्यान्हटनमा आयोजित नेपाल परेड सम्पन्न गर्नका लागि...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं