SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/१९ गते
    ५०५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । अमेरिका र अस्ट्रलियाले चीन भ्रमणबाट फर्केका पर्यटकको प्रवेशमा प्रतिबन्धको घोषणा गरेका छन् । चीनमा कोरोना भाइरसको संक्रमण फैलँदै गएपछि अमेरिका र अस्ट्रेलियाले त्यसबाट बच्न यात्रा प्रतिबन्धको कदम चालेका हुन् ।अमेरिका र अस्ट्रेलिया चीनमा भर्खरै गएर आफ्ना देश आउने विदेशीको प्रवेशलाई रोक लगाइएको जनाएका छन् ।योसँगै चीनबाट फर्केका विदेशीको यात्रामा प्रतिबन्ध लगाउने देशको संख्या ६ पुगेको छ । यसअघि रसिया, जापान, पाकिस्तान र इटालीले पनि यस्तै प्रतिबन्धको घोषणा गरेका थिए ।भाइरसको जोखिमप्रति सतर्क देखिएका दुवै देशले चीनबाट आफ्ना नागरिकलाई उद्धार गरेर निगरानीमा राखेका छन् ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    डब्लूएचओ बेखुस

    चीनबाट फर्किएका विदेशीमाथि यात्रा प्रतिबन्ध लगाउने विभिन्न देशको निर्णयप्रति विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले भने असन्तुष्टि जनाएको छ । विश्व स्वास्थ्य संगठनका प्रमुखले भनेका छन्, ‘यात्रा प्रतिबन्धको निर्णयले फाइदाभन्दा पनि बढी नोक्सानी हुनेछ ।’

    यो कदमले सूचना आदानप्रदानसँगै मेडिकल सप्लाइ र अर्थतन्त्रमै नोक्सानी पुग्ने ठहर डब्लूएचओको छ । यात्रा प्रतिबन्धको साटो सीमा वारपार गर्नेहरूको स्वास्थ्य परीक्षण गर्न डब्लूएचओले सुझाएको छ । सीमा बन्द गरेपछि अनधिकृत रूपमा मानिसहरू प्रवेश गर्न सक्ने र त्यसले झन् भयावह अवस्था सिर्जना हुनसक्ने डब्लूएचओको भनाइ छ ।

    यात्रा प्रतिबन्ध लगाउने विभिन्न देशको निर्णयबाट चीन पनि सन्तुष्ट छैन । आधिकारिक निर्णय बेवास्ता गरेर गलत कदम चालिएको चीनको ठम्याइ छ । ‘डब्लूएचओले यात्रा प्रतिबन्धविरुद्ध सिफारिस गरेलगत्तै अमेरिका उल्टो दिशातर्फ जान हतारिएको छ । यो सदभावनाको संकेत होइन,’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन् ।

    चीनको हुबेई प्रान्तमा पर्ने वुहान सहरबाट सुरु भएको कोरोना भाइरसको संक्रमण हाल चीनका सबै प्रान्तमा फैलिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार यो भाइरसका कारण हालसम्म ३०४ जनाको ज्यान गइसकेको छ भने कैयन बिरामी परेका छन् । विश्वका अन्य १८ देशमा पनि कोरोना भाइरसका संक्रमित फेला परेका छन् । कोरोना भाइरसले महामारीको रुप लिएपछि विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकाल घोषणा गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    रिपोटर्स क्लब अमेरिकाको केन्द्रिय साधारणसभा आगामी जुलाई महिनामा हुदै

    टेक्सास, अमेरिका । अमेरिकामा रहेका प्रवासी नेपाली पत्रकारहरुको साझा सँस्था रिपोटर्स क्लब अमेरिकाको केन्द्रिय साधारणसभा...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    आगामी मे १९ तारिख न्यूयोर्कमा हुने नेपाल डे परेड सम्पन्न गर्न दोस्रो टाउनहल बैठक

    न्युयोर्क । आगामी मे १९ तारिखका दिन न्यूयोर्कको म्यान्हटनमा आयोजित नेपाल परेड सम्पन्न गर्नका लागि...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं