SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/१९ गते
    १८६२ &#२३४६;&#२३३५;&#२३२५;

    श्रीभद्र पौडेल, हेमजा । अन्नपूर्ण–३, पाउँदुर, धारापानी स्थित शिवालय मन्दिरको सर्वाङगिर्ण विकासका लागि भएको शिवमहापुराण धनधाञ्यान्चल महायज्ञ रु. १ करोड बढी दान संकलन गर्दै शनिवार सकिएको छ।महायज्ञमा भूमिदान समेतको गरी कुल १ करोड ६ लाख ११ हजार ७ सय ९२ दान संकलन भयो ।त्यस्तै करिव ७५ मुरी धान तथा २२ मुरी चामल पनि संकलन भएको छ । समापनको दिन स्थानीय भतेरे परिवारले गोप्य दान समेत गरेको छ।त्यस्तै यज्ञ अवधिभर ७ जनाको ब्रतबन्ध, ६ जनाले चौरासी पुजा तथा कुल १३ जनाले तुलादान समेत गरेका छन्। यज्ञको समापन गर्दै गाउँपालिका अध्यक्ष युवराज कुँवरले धर्म संस्कार विर्सने मानिस मानव हुन नसक्ने औँल्याउँदै हिन्दु धर्मको संरक्षणमा जोड दिए ।दानवीरलाई सम्मान व्यक्त गर्दै अध्यक्ष कुँवरले पाउँदुर धारापानीलाई पुण्यभूमि बनाउनुपर्ने धारणा राखे।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    प्रमुख वाचक भागवत् भाष्कर प.कमलनयन गौतमले सबैको साथ सहयोगबाट यज्ञ सम्पन्न भएको जनाए ।पोखराबाट नजिकै भए पनि पाउँदुर क्षेत्रमा आफ्नो पहिलो यज्ञ भएको उनले सुनाए । मूल आयोजक समितिका अध्यक्ष रामचन्द्र पौडेलले छोटो तयारीमा यज्ञ सम्पन्न गर्नुपरेको अनुभव सुनाए । कोषाध्यक्ष भेषराज पौडेलले शिवालयलाई बृहत तीर्थस्थलका रुपमा विकास गर्नुपर्ने जनाए ।सह–कोषाध्यक्ष कमला केसीले उद्देश्य पुरा गर्न पाउँदुरवासी एक जुट हुनुको विकल्प नभएको औँल्याइन्।

    यज्ञ मार्फत संकलित रकमबाट मन्दिरको पुनःनिर्माण गर्ने, नियमित पुजाका लागि अक्षयकोष स्थापना गर्ने, बहुउद्देश्यीय धर्मशाला बनाउने, अन्नपूर्ण माताको मन्दिर निर्माण गर्ने, मूल प्रवेशद्वार बनाई मन्दिर परिषरमा पक्की पर्खाल लगाउने तथा पर्यटन वर्ष २०२० लाई सघाउँदै धार्मिक पर्यटनका टेवा पु¥याएने लक्ष्य छ। मूल आयोजक समितिका अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न समापन समारोहमा सचिव फणिन्द्रप्रसाद पौडेलले स्वागत तथा मूल आयोजक समितिका महासचिव हरिप्रसाद शर्माले संचालन गरेका थिए ।यज्ञ यहि माघ १० गतेदेखि १८ गतेसम्म भएको हो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    आगामी मे १९ तारिख न्यूयोर्कमा हुने नेपाल डे परेड सम्पन्न गर्न दोस्रो टाउनहल बैठक

    न्युयोर्क । आगामी मे १९ तारिखका दिन न्यूयोर्कको म्यान्हटनमा आयोजित नेपाल परेड सम्पन्न गर्नका लागि...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    विहादी गाउँपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रियता

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं