SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/१८ गते
    १६७३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । एक हजारको नोटमा अब दुई वटा हात्ती राखिने भएको छ । अहिलेको नोटमा भएको हात्तीको तस्वीर विदेशी भएको भन्दै आलोचना भएपछि अब छपाई हुने एक हजारको नयाँ नोटमा दुई वटा हात्तीको तस्वीर रहने भएको हो ।

    राष्ट्र बैंकले चितवन राष्ट्रिय निकुन्जमा भएका राम लक्षमण नामका जुम्ल्याहा हात्तीको तस्वीर अंकित डिजाइन गरेको राष्ट्र बैंकले बताएको छ। हात्तीको तस्वीरबाहेक नयाँ नोटमा अन्य कुनै विशेषता भने परिवर्तन गरिएको छैन।राष्ट्र बैंकले सो डिजाइनको नयाँ नोट छपाईको जिम्मा एक चिनियाँ कम्पनीलाई दिइसकेको छ। राष्ट्र बैंकका अनुसार अबको चार महिनामै यी नोट बजारमा आउनेछ। दुई वटा हात्तीको तस्वीर अंकित डिजाइनका ३१ करोड थान नोट छपाईको जिम्मा दिएका बैंकले बताएको छ ।

    प्राविधिक शिक्षालाई व्यापक बनाउँदै लैजान्छौँ : मन्त्री अर्याल
    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सरकारले प्राविधिक शिक्षालाई व्यापक बनाउँदै लैजाने बताएकी छन् । शहीद स्मारक जनस्वास्थ्य क्याम्पस सिफलको ११औँ वार्षिकोत्सवमा उहाँले नेपाली माटोमा सुन फलाउन सकिने भन्दै दक्ष जनशक्तिविना मुलुकको कायापलट सम्भव नरहेको जिकिर गरिन्े ।उनले नेपालमा काम गर्ने उमेर समूहका ६१ प्रतिशत जनसङ्ख्या रोजगारीको क्षेत्रभन्दा बाहिर रहेको तथ्याङ्क सार्वजनिक भएको जानकारीसमेत दिइन्। मन्त्री अर्यालले तालिम प्राप्त व्यक्तिले साधारण शिक्षा प्राप्त व्यक्तिको तुलनामा आयस्तरमा वृद्धि गरि सहज जीवनयापन बिताइरहेको बताइन्।

    उनले क्याम्पसले प्राविधिक जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान दिएको भन्दै अझ धेरै दक्ष प्राविधिक जनशक्ति उत्पादनमा ध्यान दिन जोड दिइन् । दक्ष जनशक्तिलाई विदेश पलायन गराउने कार्यको अन्त्य गरेर स्वदेशमै सम्भावनाको खोजी गरिनुपर्ने उनले बताइन् । “अब हामीले हाम्रो ज्ञान बिक्री गरेर ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई सार्थक तुल्याउनुपर्छ”, उनले भनिन्, “सरकारले हरेक विद्यालयमा प्राविधिक शिक्षा चलाउनुपर्ने नीति ल्याएको छ ।” प्राविधिक शिक्षा बोली खानेभन्दा पनि गरिखाने शिक्षाका रुपमा परिचित भएको भन्दै उहाँले पछिल्लो समय गरिएका विभिन्न अध्ययनले पनि प्राविधिक शिक्षाप्रति युवापुस्ताको आकर्षण बढ्दै गएको देखाएको बताइन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    आगामी मे १९ तारिख न्यूयोर्कमा हुने नेपाल डे परेड सम्पन्न गर्न दोस्रो टाउनहल बैठक

    न्युयोर्क । आगामी मे १९ तारिखका दिन न्यूयोर्कको म्यान्हटनमा आयोजित नेपाल परेड सम्पन्न गर्नका लागि...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    विहादी गाउँपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रियता

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं