SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/१७ गते
    ८८३ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा, । पोखरा महानगरपालिका वडा नं १६ स्थित अर्मलामा आज सम्पन्न पर्वतिय दौडको उपाधि नेपाली सेनाका सुभाष कार्कीले जितेका छन ।पोखरा केआइसिङ पुल, दिप बाट शुरु भएको १२ किलोमिटर पर्वतिय र्दौड कार्कीले ५३ मिनेट ३३ सेकेण्डमा पुरा गर्दै नगद १५ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका हुन ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    हिन्दुहरुको पर्व श्री पञ्चमीको अवसरमा हरेक वर्ष आयोजना हुने उक्त दौडमा मोरङका याङदेन राईले उक्त दुरी ५४ मिनेटमा पुरा गर्दै द्धितीय बनेर नगद १० हजार जिते भने रुकुमका देबराज वुढा मगरले ५४ मिनेट ४५ः४५ सेकेण्डमा पुरा गर्दै तेश्रो भए । उनले नगद ५ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरे ।

    श्री पञ्चमीकै अवसरमा अर्मलामा आयोजित भलिबल प्रतियोगिताको उपाधि मादी गाउँपालिकाको तर्पाङ युवा क्लबले पृथ्वीनारायण क्याम्पस संग ३–१ को सेटमा जितेको छ । जितसंगै उसले नगद ४० हजारका साथमा मेडल र ट्रफी प्राप्त गर्न सफल भयो भने पृथ्वीनारायण क्याम्पसले नगद २५ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

    विजेता खेलाडी तथा टिमलाई प्रतिनिधी सभा सदस्य विद्या भट्टराई र वडा नं १६ का अध्यक्ष जिवन आचार्यले पुरस्कार वितरण गरेका थिए ।
    आजनै एक कार्यक्रमकाबीच अर्मलाकोटमा अवस्थित श्री सिता आधारभूत विद्यालयको वार्षिकोत्सव सम्पन्नभएको छ । कार्यक्रमलाई नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङ, नेपाल बास्केटबल संघका उपाध्यक्ष जुम प्रसाद गुरुङ लगाएतले सम्वोधन गरेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुपाल सिंह गुरुङको अध्यक्षतामा भएको थियो ।

    समुद्र सतह देखि १६०० मिटरमा अवस्थित अर्मलामा श्री पञ्चमीको अवसरमा खेलकूद र विशेष सांस्कृतिक कार्यक्रमहरु हुँदै आएको छ ।
    गुरुङ वस्तीको रुपमा परिचित अर्मलाकोट बाट हिमश्रींखंलाको मनोरम दृश्यसंगै पोखरा शहर हेर्न सकिन्छ । गण्डकी प्रदेश सरकारले एक वर्ष अघि अर्मलाकोटलाई होम स्टे गाउँको रुपमा घोषणा गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    आगामी मे १९ तारिख न्यूयोर्कमा हुने नेपाल डे परेड सम्पन्न गर्न दोस्रो टाउनहल बैठक

    न्युयोर्क । आगामी मे १९ तारिखका दिन न्यूयोर्कको म्यान्हटनमा आयोजित नेपाल परेड सम्पन्न गर्नका लागि...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    विहादी गाउँपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रियता

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं