SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/१४ गते
    ८१५ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा, । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड अन्तर विद्यालय खेलकूद प्रतियोगिता २०७६ जारी छ । रनिङ शिल्ड अन्तर्गत गाउँपालिका भित्रका सामूदायिक तथा संस्थागत माध्यमिक विद्यालयहरुबीचको एथलेटिक्स, लङजम्म, सटपुट लगायतका खेलमा विद्यार्थीहरुबीच स्पर्धा भइरहेको छ । आज भएको १०० मिटर छात्र÷छात्रा दौडमा छात्रतर्फ बराह माविका सागर परियार प्रथम, शारदा माविका केशव जिसी द्धितीय र महेन्द्र माविका सरोज नेपाली तृतीय भए ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    छात्रातर्फ बराह माविका कविता अधिकारी प्रथम, उदय माविका विनु विक द्धितीय र माछापुच्छ«े माविका रितिका तामाङले तेस्रो स्थान हासिल गरे । त्यसैगरि २०० मिटरतर्फ शारदा माविका केशव जिसी प्रथम, बराह माविका सागर परियार द्धितीय तथा पृथ्वीनारायण माविका भानुभक्त दाहाल तृतीय भए । छात्रातर्फ उदय माविका सुमित्रा अधिकारी प्रथम तथा रितु भण्डारी द्धितीय र माछापुच्छ«े माविका सुनिता विकले तेस्रो स्थान हासिल गर्न सफल भए ।

    ४०० मिटर छात्रातर्फ उदय माविका रितु भण्डारी प्रथम, सुमित्रा अधिकारी द्धितीय र बराह माविका कविता अधिकारी तृतीय भए ।
    ८०० मिटर छात्र दौडतर्फको इभेन्टमा ज्ञानज्योति माविका विवेक परियार प्रथम,महेन्द्र माविका मन्दिप नेपाली द्धितीय र बराह माविका सुजन ढुँगाना तृतीय भए भने छात्रातर्फ उदय माविका विनु विक प्रथम तथा रितु भण्डारी द्धितीय र माछापुच्छ«े माविका सुस्मा कुँबर तृतीय भए ।

    लङजम्प छात्रातर्फ उदय माविका विनु विक प्रथम, महेन्द्र माविका सुशिला शाही द्धितीय र शारदा माविका गोमा पुन तृतीय भए भने छात्रतर्फ शारदा माविका जीवन पुन प्रथम, महेन्द्रका महादेव अधिकारी र सरोज नेपाली क्रमशः द्धितीय र तृतीय भए । सटपुट छात्रतर्फ शारदा माविका राजेश गुरुङ प्रथम र शुक्लागण्डकी माविका सुजन नेपाली द्धितीय र मिलन पुन तृतीय भए । रिले दौड छात्रातर्फ उदय माविका विनु विक प्रथम, महेन्द्र माविका सुशीला शाही द्धितीय र शुक्ला गण्डकीका अञ्जना नेपालीले तेस्रो स्थान हासिल गरेका छन् ।

    यही माघ १२ गतेदेशी शुरु भएको प्रतियोगिता मंगलबार समापन गरिने वडा नं ४ का वडाध्यक्ष पूर्णबहादुर शाहीले जानकारी दिए । आज भएका स्पर्धामा विजयी खेलाडीहरुलाई नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष याम गुरुङ, वडाध्यक्ष शाही, पूर्व अन्तर्राष्ट्रिय खेलाडी लेखनाथ लम्साल, प्रतियोगिता आयोजक समितिका सचिव गोविन्द अधिकारी लगायतले पुरस्कार वितरण गरेका थिए । सरकारले विद्यालयतहबाटनै खेलकूद प्रतिभाको खोजी गर्दै सम्वद्र्धन र प्रवद्र्धन गर्ने लक्ष्य सहित गतवर्षदेखी देशको सङ्घीय संरचना अनुसार स्थानीय, प्रदेश र सङ्घस्तरीय राष्ट्रपति रनिङ शिल्ड आयोजना गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    आगामी मे १९ तारिख न्यूयोर्कमा हुने नेपाल डे परेड सम्पन्न गर्न दोस्रो टाउनहल बैठक

    न्युयोर्क । आगामी मे १९ तारिखका दिन न्यूयोर्कको म्यान्हटनमा आयोजित नेपाल परेड सम्पन्न गर्नका लागि...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    विहादी गाउँपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रियता

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं