SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/१२ गते
    ३५५७ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं,। अग्नि सापकोटाविरुद्ध परेको रिटमा न्यायाधीश हरि फुयाँलले नहेर्ने भएका छन् । सापकोटा एकल सभामुखका उम्मेदवार हुन् । स्रोतका अनुसार, न्यायाधीश फुँयालले विगतमा आफूले सापकोटाविरुद्धकै मुद्दामा बहस गरेकाले हेर्न नमिल्ने बताएका छन् । फुँयालको इजलासमा आज सुनुवाइ नहुने निश्चित भएको छ । सर्वोच्च अदालत स्रोतका अनुसार उक्त रिटमाथिको सुनुवाईका लागि सोमबार अर्को पेशी तोकिने छ । उता, सभामुखमा सापकोटा आजै निर्वाचित हुनेछन् । सर्वोच्च स्रोतका अनुसार, न्यायाधीश हरिकृष्ण कार्की र हरि फुँयाल दुवैले सापकोटाविरुद्धको मुद्दा हेर्न मिल्दैन ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    दुवै न्यायाधीशले सर्वोच्चमा आउनुअघि सुशील प्याकुरेलले सापकोटाविरुद्ध दायर गरेको मुद्दामा बहस गरेका थिए । सापकोटालाई सभामुख नबनाउन माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटको सुनुवाइ फुयाँलको एकल इजलासमा आज तोकिएको थियो ।

    संसदमा रिक्त रहेको सभामुख पदका लागि आइतबार निर्वाचन हुँदैछ । यसका लागि दिउसो ३ बजेका लागि बैठक बोलाइएको छ । सभामुखमा उम्मेदवारी दिने एकल उम्मेदवार नेकपाका नेता अग्निप्रसाद सापकोटा भएकाले उनी नै निर्वाचित हुने पक्कापक्की छ ।

    असोजदेखि नै रिक्त रहेको सभामुख पद लामो राजनीतिक खिचातानीपछि पूर्ण हुन लागेको हो । सापकोटा सभामुख बनेपछि आइतबार नै उनले संसदको पहिलो बैठक पनि बसाउनेछन् । सापकोटाले पदवहाल गर्नुअघि भने संसदका जेष्ठ सदस्य महन्थ ठाकुरले सभामुखको भुमिका निर्वाह गर्नेछन् । ठाकुरले नै सापकोटा निर्वाचित भएको घोषणा गर्नेछन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतका मल्लको अमेरिकामा रिगंटा लागेर ढल्दा मृत्यु, सहयोगका लागि गोफण्ड

    पुनम बसेल, न्युयोर्क । १ वर्ष अगाडी वैदेशिक रोजगारको शिलशिलामा अनेक चुनौती र कठिनाइ पार...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं