SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/९ गते
    ८५५ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । हेटौडाका कृष्ण थापाले पोखरामा सम्पन्न राष्ट्रिय वुद्धिचाल प्रतियोगिताको उपाधी जितेका छन । ५.५ अंक प्राप्त गर्दै हेटौडा चौकीटोल निवासी थापाले युनाईटेड क्लवद्धारा सञ्चालित पोखरा महोत्सवको अवसरमा आयोजना गरिएको राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधी हात पारेका हुन । उपाधी संगै थापाले नगद २५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । एसियन एमेच्योर समेत रहेका थापा २०५६ देखी २०६१ सम्म नेपालको राष्ट्रिय बुद्धिचालमा दोश्रो स्थान हासिल गरेका थिएभने हाल इलामको गजुरमुखी चेस क्लवबाट चेस खेल्दै आएका छन ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    त्यसैगरी प्रतियोगितामा ५ अंक सहित महेश्वर अधिकारीले दोश्रो स्थान सहित नगद १५ हजार, मेडल र प्रमाणपत्र हात पारे भने बुद्धिराज शर्माले ४.५ अंक सहित तेश्रो स्थान हासिल गर्दै १० हजार प्राप्त गरे । अनिल कोइरालाले ४ अंक सहित चौथो स्थान हासिल गर्दै नगद ३ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेभने विनोद नाल्मीले ४ अंक सहित पांचौ स्थान हासिल गर्दै नगद २ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । त्यसैगरी दशौ स्थान सम्म पर्न सफल सागर साइ, विश्व पराजुली, युवाराज भण्डारी, राम बहादुर क्षेत्री, विरबहादुर परियारले जनही १ हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भए ।

    विजेताहरुलाई पुरस्कार वितरण गर्दै युनाईटेड क्लवका अध्यक्ष लालकाजी गुरुङले युनाईटेड क्लवले आफुले लिएको उद्देश्य अनुरुप खेल क्षेत्रलाई समेत समेटेर दशौ संस्करणको पोखरा महोत्सवमा बुद्धिचाल प्रतियोगिता आयोजना गरिएको र यो प्रतियोगिताले नया खेलाडीको उत्पादन संगै कास्की जिल्ला हुदै राष्ट्रिय र अन्तराष्ट्रिय स्तरको खेलाडी उत्पादनमा टेवा पुग्ने वताए ।

    त्यसैगरी कास्की जिल्ला बुद्धिचाल संघका अध्यक्ष शुक्र प्रधानले युनाईटेड क्लवले सामाजिक काम संगै खेलकुद क्षेत्रलाई समेत समेटेर बुद्धिचाल प्रतियोगिताको आयोजना गरेर बुद्धिचाल खेलको प्रवद्र्धन संगै राष्ट्रिय स्तरको खेलाडी एकै ठाउमा भेला हुने वतावरण वनाएकोमा धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा युनाईटेड क्लव संग सहकार्य गरी पोखरामा अन्तराष्ट्रिय स्तरको बुद्धिचाल प्रतियोगिताको समेत आयोजना गरिने वताए ।

    प्रतियोगितामा चिफ आर्विटर (मुख्य निर्णायक) श्याम सुन्दर ताम्राकार र आजीवन सदस्य एवं राष्ट्रिय आर्विटर (निर्णायक) नरेन्द्र रानाभाटले निर्णायकको भुमिका निर्वाह गरेका थिए । यसैविच अमरसिंह चौरमा जारी दशौ संस्करणको पोखरा महोत्सव नवौ दिन सम्म आइपुग्दा दर्शकको उल्लेख्य मात्रामा सहभागीता रहेको छ । महोत्सवको नवौ दिन बुधवार महोत्सवमा पछिल्लो समय निकै चर्चामा रहेको लोकदोहोरी गायिका ज्योती मगरको प्रस्तुती मार्फत दर्शकले भरपुर मनोरन्जन लिए । ज्योति संगै जीवन दाहाल, माया गुरुङ, राजन कार्की, शंकर पन्त, इश्वर सिंह, लक्ष्मी नेपाली, मधु चापागाई लगायतको प्रस्तुतीमा दर्शकले मनोरन्जन दिए ।

    तरेली सांस्कृतिक परिवारको लोक संस्कृतिक झल्कने बिहानी नृत्य संगै महोत्सवमा गुरुङ जातिको मृत्यु संस्कारमा आयोजना गरिने चुरेभुमे तप्राङ तमु समाजको छ्याडु नाचको प्रस्तुतीले दर्शकको मन जित्न सफल रहयो । सांझको लाईभ कन्सर्टमा भारत कल्कत्ताका गायक अर्को मुखर्जीले पोखराको झलकमान गन्धर्र्वको जीत लाई आफ्नै तरिकाले प्रस्तुती गदै नेवारी गीतको माध्यामबाट युवापुस्तालाई भरपुर मनोरन्जन प्रदान गरेका थिए । मुखर्जी संगै स्थानिय ड्रिमर्जको समेत प्रस्तुती रहेको थियो ।

    महोत्सवमा जारी विद्यालय स्तरिय लोक नृत्य प्रतियोगितामा कास्की मोड्नाइज र बहादुरे मावि फाइनल चरणमा प्रवेश गरेको छ । कालिका मावि प्रतियोगितामा पराजित भयोभने बालकल्याणको अनुपस्थितीमा बहादुरे मावि फाइनलमा प्रवेश ग¥यो । महोत्सवमा बिहीबार लोकदोहोरी तर्फ राजु परियार, चोलेन्द्र पौडेल, सुरेन्द्र गुरुङ, मन्जु बिक, टेक क्षेत्री, अमर धिताल, रमा राना, पुजा गुरुङ, प्रकाश बराल, बिनोद रामदाम लगायतको प्रस्तुती रहनेछभने हास्य कलाकार राजा राजेन्द्रको हास्यब्यङ्ग्य प्रस्तुती हुनेछ । त्यसैगरी सांझको लाइभ कन्सर्ट तर्फ सविन राई एण्ड फेरोह र स्थानिय आत्मसर्गको प्रस्तुती रहने छ । महोत्सवमा रक्त समुह छुट्याउने, सुगर र किड्नी परिक्षणमा निशुल्क र रगतको अन्य जांचमा ५० प्रतिशत छुटको ब्यवस्था मिलाइएको छभने शिक्षामुलक सन्देश प्रदान गर्ने कखरा बृत्तचित्र समेत निशुल्क प्रदर्शनी गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    आगामी मे १९ तारिख न्यूयोर्कमा हुने नेपाल डे परेड सम्पन्न गर्न दोस्रो टाउनहल बैठक

    न्युयोर्क । आगामी मे १९ तारिखका दिन न्यूयोर्कको म्यान्हटनमा आयोजित नेपाल परेड सम्पन्न गर्नका लागि...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    विहादी गाउँपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रियता

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं