SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/५ गते
    १०३६ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । गुरुङ साहित्यिक मञ्च नेपालले आगामी चैत्र २१ गते तेस्रो स्थापना दिवसको अवसर पारेर कविता प्रतियोगिता आयोजना गर्ने भएको छ । मञ्चको हिजो पोखरामा बसेको बैठकले कविता प्रतियोगिता सहित साहित्यिक प्रशिक्षण कार्यक्रमको आयोजना गरेर आफनो स्थापना दिवस मनाउने निर्णय गरेको मञ्चकी अध्यक्ष गौरी तमूले जानकारी दिनुभयो । बैठकले कविता प्रतियोगिता सम्पन्न गर्नका निम्ति कवि चन्द्र गुरुङको संयोजकत्वमा मञ्चका प्रमुख सल्लाहकार एकेन्द्र गुरुङ र मञ्चकी अध्यक्ष गौरी तमू पदेना सदस्य रहने गरि तीन सदस्यीय समिति गठन गरेको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    मञ्चका सल्लाहकार योगेश गुरुङले स्थापना गर्नुभएको अक्षयकोषबाट पुरस्कार वितरण गर्ने गरी यसवर्षबाट मञ्चले कविता प्रतियोगिता आयोजना गर्न लागेको हो । इन्टरनेटको माध्यमबाट संसारको जुनसुकै कुनाबाट कविहरुले आफनो कविता आयोजकलाई पठाउन सक्ने छन । यसरी खुल्ला रुपमा प्राप्त भएको कविता मध्ये प्रथम, द्धितिय, तृतिया र सान्त्वाना हुने कविहरुलाई मञ्चको स्थापना दिवसको अवसर पारेर कविता वाचनको मौका सहित नगद पुरस्कार वितरण गरिने प्रतियोगिताका संयोजक कवि चन्द्र गुरुङले जानकारी दिनुभयो ।

    प्रतियोगितामा प्रथम हुनेले १० हजार, द्धितिय हुनेले ७ हजार, तृतिय हुनेले ५ हजार र सान्त्वाना हुने कविले ३ हजार नगद पुरस्कार पाउने छ । प्रतियोगितामा संसारभरका तमू कविहरुले मात्र भाग लिन पाउने छन् । चैत्र २१ गते विहान प्रशिक्षण कार्यक्रम र दिउँसो पुरस्कार वितरण सहित उद्घाटन कार्यक्रम सम्पन्न गरेपछि त्यहि दिन मञ्चको नयाँ नेतृत्व समेत चयन हुने छ ।

    कार्यक्रम सम्पन्न गर्नको लागि हिजो बसेको बैठकले विभिन्न उपसमिति समेत गठन गरेको छ । जसमा आर्थिक संकलन उपसमितिमा मञ्चकी कोषाध्यक्ष जसु गुरुङ संयोजक रहने गरि महासचिव रोशनी गुरुङ र कार्य समिति सदस्य प्रतिमा गुरुङ सदस्य रहेको उपसमिति गठन गरिएको छ । यस्तै मञ्च सजावट तथा व्यानर एवम् प्रमाण पत्र उपसमितिमा मञ्चका उपाध्यक्ष रोशन गुरुङ संयोजक रहनेगरी सदस्यद्धय सम्राट गुरुङ र तुल गुरुङ सदस्य रहेको उपसमिति गठन गरिएको छ ।

    यस्तै अतिथि सत्कार उपसमितिमा कार्य समिति सदस्य प्रतिमा गुरुङ संयोजक रहने गरि सदस्यहरु उमा गुरुङ र किरण गुरुङ सदस्य रहेको उपसमिति गठन गरिएको छ । प्रशिक्षण कार्यक्रमलाई संयोजन गर्ने जिम्मेवारी भने अध्यक्ष गौरी तमूलाई दिईएको छ । मञ्चकी अध्यक्ष गौरी तमूको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं