SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/२६ गते
    ३३८१ &#२३४६;&#२३३५;&#२३२५;

    एजेन्सी । ‘एप्पल’ विश्वमै यस कम्पनीको नाम र पहिचान नै छुट्टै रहेको छ । विश्वै राज गरिरहेको कम्पनी हो एप्पल । एप्पलको यो सफलतामा एप्पलका सहसंस्थापक स्टिभ जब्सको ठूलो योगदान छ । उनले एप्पलको प्रविधिलाई क्रान्तीको रुपमा प्रयोग गरेर विश्वव्यापी बनाए । आई प्याडबाट सुरु भएको यो प्रविधि क्रान्तीले आज निकै ठूलो छलाङ मारेको छ । स्टिभ जब्सले, स्टिभ वाजनिएकसंग मिलेर सन १९७६ मा एप्पल कम्पनी स्थापना गरेका थिए । सन् १९८० मा एप्पल कम्पनीको शेयर मागमा अत्याधिक बृद्धि भएको थियो । एप्पलको सेयर मागलाई सन् १९५६ मा फोर्ड कम्पनी पछिको अत्याधिक माग पनि भनिन्छ ।

    सन् १९९७ सम्म घाटामा चलिरहेको एप्पल कम्पनीमा जब्सले सन् १९९७ पछि थिकं डिफ्रेन्ट अभियान चलाएका थिए । यही अभियानमा रहेर एप्पलले आफ्ना नयाँ उत्पादन सुरु गरेको थियो । सन् २०११ मा स्टिभ जब्सको मृ त्युमा तत्कालीन अमेरीकी राष्ट्रपती बाराक ओबामाले दुरदर्शी व्यक्ति गुमाउनु परेको बताएका थिए ।यस कम्पनीको नाम यसका संस्थापक स्टिभ जब्सले राखेका थिए । १५ वर्ष सम्म उनले जम्मा १ डलरमा मात्रै काम गरेका थिए । विश्वमै सबै भन्दा धेरै कमाइ गर्ने कम्पनी मध्यको एकमा पर्छ एपप्ल कम्पनी । यस बारे थुप्रै अनौठा तथ्य रहेका छन् ।

    झण्डै टाँट पल्टिएका अवस्थाबाट विश्वको ठूलो कम्पनीसम्म
    सन् १९७६ मा स्टीभ वोज्नीक र रोनाल्ड वायीनसगँ मिलेर स्टीभ जब्सले एप्पलको स्थापना गरेका थिए । तर सन् १९८५ मा तत्कालिन चिफ एक्जेक्युटिभ जोन स्कुलीसँग विवाद भएपछि उनी कम्पनीबाट राजीनामा दिएर निक्लिएका थिए ।

    सन् १९९७ मा एप्पलले स्टीभको कम्प्युटर कम्पनी नेक्स्टलाई किने पछि स्टीभ पुनः एप्पल फर्किएका थिए । त्यो समय एप्पल झण्डै टाट पल्टिने अवस्थामा पुगिसकेको थियो ।एप्पलमा फर्किएपछि स्टीभ जब्सले यसलाई कमजोर स्थितिबाट उठाए । उनले शुरुबाटै कयैन नयाँ खाले प्रविधिहरुमा लगानी गरे । यही लगानीको परिणाम स्वरुप एप्पलले सन् २००१ मा आईपड र सन् २००७ मा आईफोन बजारमा ल्यायो । आईफोनले प्रविधिको सिमाना विस्तार गर्ने काम मात्र गरेन कि यो साँस्कृतिक कोसेढुङ्गा साबित भयो ।सार्बजनिक भए यता १८ संस्करणमा आइसकेको यो फोन १.२ अर्बभन्दा बढी बिक्री भइसकेको छ । आईफोनले एप्पलको २२९ अर्बको बार्षिक बिक्रीको ६०५ हिस्सा ओगट्छ ।

    १. एप्पल कम्पनीको स्थापना अप्रिल १ अर्थात मुर्ख दिवसको दिन भएको थियो । अर्थात १ अप्रिल १९७६ मा भएको थियो ।२. एप्पलको मुख्य कार्यालयका सबै कर्मचारीले वर्षमा करीब १ करोड ३४ लाख कमाउँछन् । ३. एप्पल कम्पनीले हरेक मिनेटमा करीब ३ करोड २० लाख रुपैयाँ कमाइए गर्छ ।४. एप्पल फोनको हरेक विज्ञापनमा ९ : ४१ को समय देखाउँछ । किनभने यो समयले आइफोनको लन्च भएको समयलाई दर्शाउँछ ।

    ५. एप्पलका कारणले नै स्टिभ जब्स २५ वर्षमा अरवपति बनेका थिए । ६. यस कम्पनीलाई कुनै विज्ञापनको जरुरी पर्दैन । बजारमा आउन भन्दा अघि नै सामान बिक्ने गर्दछ ।७. एप्पलको आइफोनलाई दिनमा एक पटक फुल चार्ज गरेमा वर्षभरि केवल ८० रुपैयाँको बिजुली खपत गर्दछ । ८. एप्पलको सबै आइफोनमा ०.०३४ ग्राम सुन तथा ०.३४ ग्राम चाँदीको प्रयोग गरिएको हुन्छ । ९. एप्पलका संस्थापक स्टिभ जब्सलाई सन् १९८६ मा आफ्नै कम्पनी बाट निकालिएको थियो । १०. एप्पल कम्पनीको सुरुवात स्टिभ जब्सले २०८० डलरमा गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    कृस्ती पोखरा सम्पर्क समाजको अध्यक्षमा सुवेदी

    पोखरा । कृस्ती पोखरा सम्पर्क समाजको आठौं साधारण सभा तथा छैटौं अधिवेशनले उमानाथ सुवेदीको अध्यक्षतामा...

    पोखरा महानगरपालिका वडा नं १० द्धारा वडा भित्रका सामुदायिक विद्यालयलाई स्टेशनरी वितरण

    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १० ले वडा भित्र रहेका सामुदायिक विद्यालयहरुलाई स्टेशनरी सामाग्री...

    बाग्लुङ बाट पोखरा जाँदै गरेको कार बन्द्रेविडी मा बिजुलीको पोलमा ठोकिएर दुर्घटना

    गोबिन्द रिजाल, पर्वत । बाग्लुङ बाट पोखरा जाँदै गरेको ग ३ च ६५१ नम्बर को...

    पत्रकार श्रेष्ठको निधनले महासंघ स्तब्ध

    काठमाडौं । नेपाल पत्रकार महासंघ थाहा सञ्चार प्रतिष्ठान शाखाका राष्ट्रिय परिषद् सदस्य निरा श्रेष्ठ ‘निरु’...

    पोखरा लोकदोहोरी रेष्टुरेण्ट व्यवसायी सघंको कार्यालय उद्घाटन

    पोखरा । पोखरा लोकदोहोरी रेष्टुरेण्ट व्यवसायी संघले नयाँवर्ष २०८१ को शुभकामना आदान प्रदान कार्यक्रम संगै...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं