SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/२० गते
    १७१५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । सामाजीक संजालमा अहिले निकै चर्चा पाईरहेको बिषय हो विजय सुबेदी र उनकी पुर्व पत्नी श्रेया कार्कीको छोरी खुसी सुबेदीको । क्यानाडाम जन्मिएकी खुसीलाई लिएर बाबु आमाबीचनि ताना तान भइरहेको छ । आमा र बुवाले सम्बन्ध विच्छेद गरेपछि छोरी कसले राख्ने भन्ने विषयमा तानातान भइरहेको छ । अदालतले आमालाई छोरी राख्ने अधिकार दिएपनि बुवाले आफुले लैजान पाउनुपर्ने दावी गर्दै आएका छन् । एक वर्ष अघि पति संग सम्बन्ध विच्छेद गरेकी श्रेयाले अहिले छोरी लिएर गएकी हुन् । भिडियोमा आएका कुरालाई लिएर श्रेया कार्की र उनका पुर्व पति विजय सुबेदीका पक्ष र विपक्षमा धेरैले आफ्ना धारणा राखीसकेका छन् ।

    ललितपुरमा घटेको यो घटनाको बारेमा पुण्य गौतम पनि मिडियामा आएर उनले यो सब हुनु पछाडीको यथार्थ खोलेका छन् । उनले नाबालक छोरी तानातानमा गर्नुमा २ करोडको चालखेल रहेको खुलासा गरेका छन् । छोरी खुसीलाई यसरि दुवै परिवारले ताना तान गर्नुमा छोरीप्रतिको माया नदेखिएको पनि बताएका छन् । ९ वर्ष अघि विवाह गरेकी एक महिलाले आफ्नो पाँच वर्षको छोरी लिएर श्रीमानसंग सम्बन्ध विच्छेद गरेकी छन् । लामो समय युके बसेर आएकी बुहारीले छोरी समेत लिएर गएपछि सासु ससुरा पनि रुँ दै मिडियामा आएका छन् । मन नमिलेर आमाबुवा छुट्टीए तर त्यो ५ वर्षको छोरीको बिचल्ली भएको छ । छोरीका लागि श्रीमान र श्रीमतीका परिवार एक आपसमा कानुनी लडाई लडिरहेका छन् । बुवाले छोरी आफुले राख्न पाउनुपर्ने माग राखेका छन् भने आमाले छोरी आफुसंग लिएर गएकी छन् ।

    बेलायतमा लामो समय बसेर नेपाल फर्केकी महिलाले परिवारले आफुलाई या तना दिएको भनेर छोरी समेत लिएर माइत गएपछि यो सम स्या उत्पन्न भएको हो । उनका घर परिवारका सदस्य भने नातिनी हामीले पाउनुपर्छ भन्ने मागमा छन् । अहिले अदालतले पनि छोरी आमालाई नै राख्न आदेश दिएपछि छोरीलाई आमाले लिएर गएकी हुन् । नातिनी बुहारीले लिएर गएपछि उनका सासु ससुरा र पूर्व पति छोरी लिन महिलाको घरमा पुगेका थिए । प्रहरीको रोहवरमै त्यो बालिकालाई दुई परिवारले तानातान गरेको भिडियो सार्वजनिक भएके छ ।

    आमा र बुवाको सम्बन्ध विच्छेदको चेपुवामा परेकी बालिकाको रोदनले सबैको मन रुवाउँछ । उनी प्रहरी कार्यालयमा आमा र बुवाले तानातान गर्दा डाँको छोडेर रोएको देखिन्छ । अदालतले दिएको अधिकार प्रयोग गरेर छोरी लिएर गएकी महिलाले कुनै हालतमा पनि पूर्व पतिको परिवारलाई छोरी नदिने बताइन् । तर छोरी आफुहरुले लैजान पाउनुपर्ने भन्दै पूर्व श्रीमानका परिवारले खोस्न खोजेपछि तनाव उत्पन्न भएको थियो ।

    पूर्व पतिका परिवारले छोरीको चाहना बिपरित आमाले जबरजस्ती लिएको गएको आरोप लगाउँदै आफुहरुले लैजान पाउनुपर्ने माग राखेका थिए । तर अदालतले दिएको अधिकार प्रयोग गरेर आमाले छोरी लिएर गएपछि पूर्वपतिको परिवारले नातिनी अ प ह र ण गरेको आ रोप लगाएका छन् । यस्तो आ रोप पछि उनी सबै प्रमाण सहित मिडियामा आएकी छन् । ९ वर्ष अघि भक्तपुरका हरिकृष्ण सुवेदीसंग विवाह गरेकी महिलाका माइती र सुवेदी परिवारबीच अहिले ५ वर्षकी बालिकाको लागि कानुनी ल डाई चलिरहेको हो । महिलाका दाजु सजक कार्कीले घ टना विवरण बताउँदै भने ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    फेरि पनि सडकमा पलेंटी कस्न तयार छौं : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमालेले संविधान...

    माओवादी केन्द्र कोशी सरकारबाट बाहिरियो

    विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार सरकारमा सहभागी मन्त्रीले...

    तीन महिनाभित्र बाँकी महसुल नतिरे फेरि उद्योगको लाइन काट्छौं : कुलमान घिसिङ

    काठमाडौं। नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले तीन महिनाका लागिमात्र विद्युत महसुल नतिर्ने उद्योगको लाइन...

    आफन्तलाई आजै शव दिइने :सौर्य विमान दुर्घटना

    काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुगेको छ । त्रिवि शिक्षण...

    भोलि बेलुकासम्म पहिचान भएका शव आफन्तलाई दिन सकिन्छ : स्वास्थ्यमन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं