SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/२० गते
    २११० &#२३४६;&#२३३५;&#२३२५;

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जन्म २००८ सालमा तेह्रथुमको इवा गाविस २ तीनसल्लेमा भएको हो । उनी असार ३२ – ४० वर्षदेखि सक्रिय राजनीति गर्दै आएका एक सफल राजनीतिज्ञका रुपमा चिनिन्छन् । तेह्रथुममा अहिले पनि प्रधानमन्त्री ओली जन्मिएको त्यो घर छ । ओलीको जन्मघरलाई संग्राहलयका रुपमा विकास गर्न पुर्वाधार निर्माणको काम हुँदैछ । तेह्रथुममा बाल्यकाल विताएका ओलीका साथीहरु अहिले पनि भेटिन्छन् ।तलको भिडियोमा देखिएका एक जना साथी जसले प्रधानमन्त्री ओलीसंग बाल्यकाल विताएका थिए । उनले ओलीको बाल्यकालको स्वभावका बारेमा खुलेर बताएका छन् । तिलबहादु गहतराज जसले प्रधानमन्त्रीलाई विद्यालय पुर्याउँथे । उनले ओलीलाई बोकेर विद्यालय लैजान्थे । गहतराज ओलीभन्दा १२ वर्षले जेठा थिए । त्यसैले प्रधानमन्त्री ओलीलाई बोकेर विद्यालय लैजान सक्थे । गहतराजसंग ओलीसंग बिताएका रोचक लाग्दा स्मरण छन् ।

    उनको बुबाको नाम मोहनप्रसाद ओली र आमाको नाम मधु हो । प्रधानमन्त्री ओली तीन वर्षको उमेर हुँदा आमाको निधन भएको थियो । हजुरआमाको संरक्षणमा हुर्किएका ओलीलाई गाउँलेले पनि उत्तिकै माया गर्थे । त्यतीबेला प्रधानमन्त्री डण्डीबियो जस्तो खेल निकै खेले । उनले त्यती बेलाको स्मरण गर्दै भन्छन् प्रधानमन्त्री ओली बाल्यकालमा पनि निकै चलाख थिए । ओली विद्यालयवाट घर आएपछि बाख्रा हेर्थे । प्रधानमन्त्रीले चराएको बाख्रा (खसी) गहतराजको भाईले झारेको रुखको हाँगोले लागेर ठहरै भयो । ओलीको बाख्रा ठहरै भएपछि गहतराजका दाजुभाई डराए ।तर प्रधानमन्त्री ओलीले तत्काल गरेको निर्णयले उनी चकित भए । त्यतीबेला गहतराजका दाजुभाईलाई ओलीले जोगाए । ओलीले आफुले गर्दा खसी ठहरै भएको भनेर आफ्ना बुवालाई सुनाए पछि आफुहरु जोगिएको बताए । तेह्रथुम इवाकै प्रणामी उच्च माध्यमिक विद्यालय (तत्कालीन प्रणामी प्रावि) बाट पढाइ सुरु गरेका ओलीको परिवार २०२२ सालमा बसाइसराइ गरी झापा झरेको थियो ।

    झापा सुरुङ्गाको कन्काइ नदी किनारमा बसोबास गर्ने उनको परिवार निकै गरिब थियो । डेढवर्षकै उमेरमा उनले आमा गुमाए । उनी सानो छँदा कन्काईमा आएको बाढीले घर जग्गा सबै बगायो । त्यसपछि उनको परिवार सुकुम्बासी भयो ।सानैमा आमाको माया गुमाउनुपरेको र सुकुम्बासी तथा गरिब परिवारमा जन्मिएको कारण उनको बाल्यकाल निकै कष्टपूर्ण रुपमा बित्यो । हजुरबा र हजुरआमाले ओलीलाई हुर्काए, पढाए । पढाईको सिलसिलामा झापा आन्दोलनका सहिद रामनाथ दाहालसँग उनको भेट भयो ।चलाख र राम्रो विद्यार्थी देखेपछि दाहालले ओलीलाई आफ्नै घरमा राखेर पढाए । दाहालको प्रेरणाले ओलीमा राजनीतिक झुकाव बढ्दै गयो ।

    विद्यार्थी छँदादेखि नै ओली मीठो र प्रष्ट ढंगले बोल्थे । अरुको खुलेर आलोचना पनि गर्ने ओली एसएलसी सकेपछि ओलीले गाउँकै प्राथमिक विद्यालयमा पढाउन थाले । तर राजनीतिमा सक्रिय हुन थालेपछि पढाउने कामलाई निरन्तरता दिन सकेनन् । २०२३ सालदेखि नै राजनीतिमा प्रवेश गरेका ओलीले २०२७ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिए र त्यही वर्षदेखि भूमिगत भए । ओली २०२९ सालमा झापा आन्दोलन कमिटीको प्रमुख भए । प्रधानमन्त्री ओली गाउँ जाँदा अहिले पनि आफुलाई भेट्न आएको बताए । फूलमाला लगाएर आएका प्रधानमन्त्रीले भोटु होइन ? भनेर सोधेको उनले बताए । ओली प्रधानमन्त्री भएपछि अब उनको एउटै इच्छा छ हामी संगै खेलेका साथीलाई गाउँमा झलल पारेर विजुली बालेर उज्यालो पारिदिए हुन्थ्यो भन्ने इच्छा लाग्छ । प्रधानमन्त्री ओली अब फेरी जन्मदिन मनाउन जन्मघर पुग्नेछन् । त्यतीबेला पनि गहतराजलाई प्रधानमन्त्री भेट्ने इच्छा छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    माओवादी केन्द्र कोशी सरकारबाट बाहिरियो

    विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार सरकारमा सहभागी मन्त्रीले...

    तीन महिनाभित्र बाँकी महसुल नतिरे फेरि उद्योगको लाइन काट्छौं : कुलमान घिसिङ

    काठमाडौं। नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले तीन महिनाका लागिमात्र विद्युत महसुल नतिर्ने उद्योगको लाइन...

    आफन्तलाई आजै शव दिइने :सौर्य विमान दुर्घटना

    काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुगेको छ । त्रिवि शिक्षण...

    भोलि बेलुकासम्म पहिचान भएका शव आफन्तलाई दिन सकिन्छ : स्वास्थ्यमन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान...

    अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा प्रदेश सरकारलाई हस्तान्तरण

    पोखरा। अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय अपाङ्गता महासंघ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं