SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/१९ गते
    ७३८ &#२३४६;&#२३३५;&#२३२५;

    बारा, । सीमावर्ती मटिअर्वामा स्थानीयको अतिक्रमणमा परेको दसगजा क्षेत्रमा रहेका घर–टहराहरू जनप्रतिनिधि र सुरक्षाकर्मीको सहयोगमा शुक्रबार खाली गराइएको छ।

    नेपाल–भारत छुट्याउने अन्तर्राष्ट्रिय सिमाना दशजगा क्षेत्रमा नेपालतर्फ नेपाली र भारततर्फ भारतीयहरूले अतिक्रमण गरी विभिन्न घर–टहराहरू निर्माण गरेका थिए।नेपालतर्फ कलैया उपमहानगरपालिका–१० मटिअर्वामा पर्ने अतिक्रमित दसगजा क्षेत्रलाई सशस्त्र प्रहरी, नेपाल प्रहरी र वडाध्यक्ष शंकर साह गुप्ताको सहयोगमा खाली गराइएको सशस्त्र प्रहरी बल, बिओपी (बोर्डर आउट पोस्ट) मटिअर्वाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक लक्ष्मण जोशीले बताए।

    जोशीका अनुसार भारतमा पर्ने लालाछपरातर्फ अतिक्रमिण दसगजा क्षेत्रलाई भने भारतीय सीमा सुरक्षा बल एसएसबीका कमान्डर अनिल सिंहको नेतृत्वमा खटिएको टोलीले दसगजा खाली गराएको थियो।नेपाल र भारतको सिमाना छुट्याउन लगभग १० मिटर चौडा दसगजा क्षेत्रमा कुनै घर–टहरा निर्माण नगरी खाली छोडनुपर्नेमा दुवैतर्फका स्थानीयले दसगजा अतिक्रमण गरेका थिए।

    मटिअर्वातर्फ दसगजा अतिक्रमण गरी एक दर्जनजति घर–टहराहरू बनाई मदिरा, नास्ता र किराना पसलहरू सञ्चालन भइरहेकोमा ती सबैलाई खाली गराइएको जोशीले बताए।एक किलोमिटर दसगजा क्षेत्रलाई अतिक्रमण गरि घर–टहरा निर्माण गरिएकोमा शुक्रबार तीन सय मिटर खाली गराइएको र बाँकी अतिक्रमित क्षेत्रलाई पनि क्रमशः खाली गराउने सशस्त्र प्रहरीको योजना छ। नागरिक दैनिकले खबर छापेकाे छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    माओवादी केन्द्र कोशी सरकारबाट बाहिरियो

    विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार सरकारमा सहभागी मन्त्रीले...

    तीन महिनाभित्र बाँकी महसुल नतिरे फेरि उद्योगको लाइन काट्छौं : कुलमान घिसिङ

    काठमाडौं। नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले तीन महिनाका लागिमात्र विद्युत महसुल नतिर्ने उद्योगको लाइन...

    आफन्तलाई आजै शव दिइने :सौर्य विमान दुर्घटना

    काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुगेको छ । त्रिवि शिक्षण...

    भोलि बेलुकासम्म पहिचान भएका शव आफन्तलाई दिन सकिन्छ : स्वास्थ्यमन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान...

    अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा प्रदेश सरकारलाई हस्तान्तरण

    पोखरा। अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय अपाङ्गता महासंघ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं