SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/१८ गते
    ८५१ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं : सार्वजनिक यातायातको अवस्था बुझ्न महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकाल बिहिबार अपराह्न सादा पोशाकमा सार्वजनिक सवारीमार्फत काठमाडौँका विभिन्न क्षेत्र घुमे ।उनले सार्वजनिक सवारीको चालकका गतिविधि, सहचालकले यात्रुप्रति गर्ने व्यवहार गाडीको अवस्था, भाडा र आरक्षणको प्रयोगबारे गाडीको यात्रा गरेरै अनुगमन गरे । ट्याक्सी चालकले गर्ने व्यवहारदेखि सडकमा ट्राफिक प्रहरीले सवारी व्यवस्थापनमा गरेको गतिविधि पनि उनले नियाले ।

    “हरेक दिनजसो नै सर्वसाधारणबाट गुनासो आउन थाल्यो, कसैले आरक्षण सिट पाएन, कसैले सहचालकले गाली गर्‍यो, कसैले जथाभावीरूपमा ओराल्यो भनेर पटक–पटक गुनासो आइरह्यो, त्यसैले अवस्था के रहेछ त भनेर बुझेँ”, ढकालले भने । बिहिबार अपराह्न करीब २ बजेको थियो । सिमसिम पानी परेकाले मौसम चिसो थियो । उनले काठमाडौँको पुतलीसडक, बानेश्वर, रत्नपार्कलगायत क्षेत्रमा सार्वजनिक सवारीमा चढेर यात्रा गरे । कहिले सार्वजनिक बस त कहिले ट्याक्सीमा चढेर चालकको आनीबानी, यात्रुलाई गर्ने व्यवहार र भाडा दरबारे नजिकबाट नियाले ।

    “विगतको भन्दा सार्वजनिक यातायात धेरै सुध्रिएको देखियो, तर अझै समस्या भने कायमै छ”, एसएसपी ढकालले अनुभव सुनाए । यतिले मात्रै पुग्ने नदेखिएको भन्दै अझै धेरै गर्न बाँकी रहेको उनले प्रतिक्रिया दिए । ढकालका अनुसार सार्वजनिक सवारी साधानको सिट घुँडा राख्न नमिल्ने गरी साँघुरो पाइएको छ । ट्याक्सी चालकले हत्तपत्त मिटरमा नजाने गरेकोसमेत पाइएको उनले बताए ।

    रत्नपार्कबाट उनले प्रदेश ३–०१००२ ज ५९९७ लेखेको ट्याक्सी चढे । “सिंहदरबारसम्मको कति भाडा”, उनले सोधे। “त्यही दुई सय जति दिनुस् न मिलाएर”, चालक रामेछापका केशव श्रेष्ठले जवाफ फर्काए । “यति नजिक पनि २०० मिटर छैन”, उनले फेरि सोधे। “भए पनि थोरै पैसा उठ्छ नि सर, त्यही भएर”, चालकको जवाफ आयो ।

    एकछिन कुरा गरेपछि चालकले मिटरमा जाने भए मिटर पनि लगाउँछु भन्दै मिटरअन गर्न पुगे । अन्ततः मिटरमा रु ६० उठ्यो । ढकालले पैसा तिरेर आगामी दिनमा यसरी बढी भाडा नभनी मिटरमा जान चेतावनी दिए । अनुगमनका क्रममा यात्रुलाई सहचालकले गर्ने व्यवहार राम्रो नभएको देखिएको र यात्रुलाई बस्नसमेत सकस भएको पाइएको बताउँदै यसलाई नियन्त्रणका लागि आवश्यक पहल गरिने प्रतिक्रिया दिए ।

    पैसा लिएपछि यात्रुलाई त्यही अनुसारको सेवासुविधा दिन सक्नुपर्छ, सरसफाइ र सिटको सहज व्यवस्था गर्नुपर्छ, यसतर्फ अझै ध्यान नपुगेको पाइएको उनले बताए । धेरै ट्याक्सीले मिटरमै गएको पाइए पनि छोटो यात्रामा भने मिटरमा जान नमान्ने गरेको समेत उनले बताए ।उनका अनुसार यात्रुलाई यात्राका समयमा एउटा समस्या हो तर चालकले ट्राफिक नियम पालना नगरेका कारण दुर्घटना बढ्ने अर्को जटिल समस्या छ । नियमानुसार गाडी चलाउने हो भने झण्डै ६० प्रतिशत दुर्घटना आफैँ रोकिने प्रहरीको अनुमान छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    फेरि पनि सडकमा पलेंटी कस्न तयार छौं : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमालेले संविधान...

    माओवादी केन्द्र कोशी सरकारबाट बाहिरियो

    विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार सरकारमा सहभागी मन्त्रीले...

    तीन महिनाभित्र बाँकी महसुल नतिरे फेरि उद्योगको लाइन काट्छौं : कुलमान घिसिङ

    काठमाडौं। नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले तीन महिनाका लागिमात्र विद्युत महसुल नतिर्ने उद्योगको लाइन...

    आफन्तलाई आजै शव दिइने :सौर्य विमान दुर्घटना

    काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुगेको छ । त्रिवि शिक्षण...

    भोलि बेलुकासम्म पहिचान भएका शव आफन्तलाई दिन सकिन्छ : स्वास्थ्यमन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं