SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/१८ गते
    ६८६ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ मा रहेको छोरेपाटन माविलाई महानगरपालिका मेघा विद्यालय बनाउन सहयोग गर्ने मेयर मानबहादुर जिसिले वताएका छन् । विद्यालयको ४१ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विहीबार उनले पोखरा महानगरापालिकामा भएका विद्यालयहरुको संख्या घटाउने, प्रयाप्त भौतिक पुर्वाधार उपलब्ध गराउने र छोरेपाटन मावि जस्तै मेघा विद्यालय वनाउने महानगरको योजना रहेको वताए ।साथै उनले आगामी शैक्षिक सत्रदेखि महानगरपालिकाले पोलिटेक्निकल बहुप्राविधिक शिक्षालय स्थापना गरी वेरोजगार युवाहरुलाई क्षमतावान वनाई दक्ष जनशक्ति उत्पादन गर्ने पनि वताए ।विद्यालयले प्रकाशन गरेको मुखपत्र ज्योत्स्नाको पनि मेयर जिसिले लोकार्पण गरेका थिए ।

    कार्यक्रममा खेलकुद, अतिरिक्त क्रियाकलाप, शैक्षिक तथा छात्रवृत्ती पुरस्कार वितरण गरिएको थियो भने विद्यार्थीहरुले विज्ञान प्रदर्शनीका साथै विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।सो अवसरमा छात्रवृत्ति अक्षयकोष स्थापना गरी पुरस्कार प्रदान गर्ने सुनकुमारी गुरुङ, विनोद÷मनोज पौडेल, क्या. खड्गबहादुर शाही, भिमबहादुर थापा, हरिराज पोख्रेल, मनुराज आचार्यलाई दोसल्ला तथा सम्मान पत्रले सम्मान गरिएको थियो ।

    त्यसै गरि २५ वर्ष अध्यापन गरेका शिक्षकहरु रामप्रसाद सुवेदी। डिल्लिराम शर्मा, भगवती कार्की, जानुका पौडेल, प्रेमराज गौतमलाई दिर्घ सेवा पुरस्कारबाट सम्मानित भएका छन् । त्यसै गरी उत्कृष्ट शिक्षकबाट डिल्लिराम शर्मा, सागर वराल, रेखा थापा, उमराज त्रिपाठी, विजया सुवेदी, टिका क्षेत्री, लेखा अधिकृत छविलाल पनेरु र कर्मचारीहरु रामजी वराल र ऋषिराम सिग्देललाई सम्मान गरिएको थियो ।

    उक्त अवसरमा पुर्व गभर्नर दीपेन्द्र बहादुर क्षेत्री, जिल्ला शिक्षा समन्वय ईकाइ कास्कीका नारायणप्रसाद सुवेदी, पोखरा १७ का वडा अध्यक्ष तिर्थराज अधिकारी, शुक्रराज माविका प्रअ नरनाथ वराल, नेकपाका सुवाष ढुंगाना, नेकाका देवराज आचार्य, शिक्षक अभिभावक संघका अध्यक्ष रवीलाल शर्मा, अभिभावक माधव पौडेल, कक्षा १२ का स्वरुप पौडेल, कक्षा १० की गरीमा पौडेलले वोलेका थिए ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झपिन्द्रराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्रअ लक्ष्मण थापाले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन, लेखा अधिकृत छविलाल पनेरुले आर्थिक प्रतिवेदन, सहायक प्रअ डिल्लिराम शर्माले स्वागत र दिव्यश्वरी रेग्मी तथा मेघनाथ पौडेलले कार्यक्रम संचालन गरेका थिए । वार्षिकोत्सवको अवसरमा युवा जुनियर रेडक्रड सोसाईटीको आयोजनामा विहान रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ५ वर्ष नवीकरण नभए गण्डकी प्रदेशमामा गाडी नै जफत

    पोखरा । गण्डकी प्रदेशमा दर्ता भएर नवीकरण नै नभएका सवारी साधनको संख्या ३० हजार पुगेको...

    ५० हजार एकमुस्ट भूकम्प प्रभावितलाई दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई अस्थायी आवास बनाउन...

    २२ गतेदेखि आठौं पर्वतीय महोत्वस, यसवर्ष ५ दिन मनाइने

    पोखरा । नेपाल पर्वतारोहण संघले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने...

    यज्ञ सापकोटाको लयमा सुरज अगस्ती धुर्व रेग्मी लक्ष्मी खड्काको चिसो हावाले..

    सुमन ढकाल,काठमाण्डौ। चिसो हावाले’ बोलको गीत अकला देवी म्युजिकबाट युट्युबमा विश्वभर सार्वजनिक भएको छ ।...

    परिवारलाई थाहा नै नदिई दुई महिनाअघि मात्रै भिजिट भिसामा रुस पुगेका थिए राजकुमार

    काठमाडौँ | दोलखाको मेलुङ गाउँपालिका–६ सुनारपानीका राजकुमार रोक्का भिजिट भिसामा रुस पुगेको दुई महिना मात्रै...

      Loading…

      फेसबुकमा हामीलाई लाईक गरौं