SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/१७ गते
    ३०४ &#२३४६;&#२३३५;&#२३२५;

    कृष्णनगर, कपिलवस्तु ।  कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालीका १० सौनहवामा अवस्थित नेत्र ज्योती उच्च माध्यामिक विद्यालयमा विद्यालय व्यवस्थापन समितीको चुनाव समपन्न भएको छ । आज बिहान आठ बजे देखि शुरु भएको चुनावी मतदान प्रक्रिया आज दिउँसो तिन बजेसम्म चल्ने बताइएको छ ।

    विद्यालय व्यवस्थापन समितीको चुनावमा दुई जनाको प्यानल प्रतिस्पर्धामा रहेका छन् । राजेन्द्र प्रसाद यादव र उहाँका प्रतिद्धवन्दीमा भगवती प्रसाद यादवको प्यानल चुनावी मैदानमा प्रतिस्पर्धामा रहेकाे छ । राजेन्द्र प्रसाद यादवको प्यानलमा राम निवास चौधरी , लालमती जैसवाल र शुभावती मली चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ भने उहाको प्रतिद्धवन्धी भगवती प्रसाद यादवको प्यानलमा सोमनाथ चौवे , रिता पासी र ज्ञानमती केवट चुनावमा उत्रिनुभएको छ ।

    विद्यालय व्यवस्थापन समितीको चुनावमा ४ जना निरवाचित सदस्य चुन्ने प्रवधान अन्तर्गत कुल ६६५ मत रहेकोमा जम्मा ५२५ मत खसेको थियो जस्मा राजेन्द्र प्रसाद यादव ३३३ मत र रामनिवास चौधरी २९२ मत र महिला सदस्य मा लालमती जयसवाल ३२३ मत र सुभावती माली २८४ मत ल्यायर विजयी भएको कुरा विद्यालयका प्रधानाध्यापक जय प्रकाश चौधरीले बताउनुभएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सञ्चारिका समुह पर्वतको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम

    पर्वत । जिल्लामा क्रियाशिल महिला पत्रकारहरुको सञ्जाल सञ्चारिका समुहको तेश्रो अधिवेशन सम्पन्न भएको छ ।...

    नयाँ भेरियन्ट देखिनुमा धनी मुलुक जिम्मेवार

    काठमाडौं । विश्वका अधिकांश धनी मुलुकले पछिल्लो एक वर्ष कोरोना खोप थुपार्न र आफ्ना नागरिकका...

    एमाले केन्द्रीय सदस्यमा को-को भए निर्विरोध ? सूचिसहित

    चितवन । नेकपा एमालेको ३०१ सदस्यीय केन्द्रीय कमिटीका केही सदस्य निर्विरोध निर्वाचित भएका छन् ।...

    चार नेताले ओलीलाई बुझाए ३०१ केन्द्रीय सदस्यको सूची

    काठमाडौं । नेकपा एमालेका चार नेताले ३०१ केन्द्रीय सदस्यको सूची अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएका...

    एमालेमा नयाँ विकल्प : भीम रावललाई वरिष्ठ उपाध्यक्ष, पोखरेल फेरि महासचिव

    काठमाडौं । नेकपा एमालेमा केन्द्रीय सदस्यहरुको सूची तयार पार्ने जिम्मा पाएका चार नेताले पदाधिकारीमा सहमति...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं