SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/१७ गते
    १०१७ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, । सशस्त्र प्रहरी बलमा बुधबारदेखि तीन जना नायव महानिरीक्षक (डीआईजी) ले अवकाश पाएका छन् । डीआईजीको पाँच वर्षे सेवा अवधिका कारण तीेन जनाले अवकाश पाएसँगै सशस्त्रमा रिक्त डीआईजीको संख्या ६ पुगेको छ ।बुधबार अवकाश पाउने डीआईजीहरूमा सुरजकुमार श्रेष्ठ, बाबुराम पाण्डे र अरबिन्द धिताल रहेका छन् । उनीहरू सबै २०५१ सालमा नेपाल प्रहरीमा भर्ना भएका थिए ।सशस्त्र प्रहरी बलको प्रवक्ताको भूमिकामा रहेका श्रेष्ठलाई भावी नेतृत्वका लागि दाबेदार मानिएको थियो । सशस्त्र प्रहरी बलमा अब्बल अधिकृतका रूपमा चिनिएका श्रेष्ठलाई इमान्दार, भिजन भएको अधिकृतका रुपमा समेत लिने गरिन्थ्यो ।

    हालका महानिरीक्षक शैलेन्द्र खनालको उत्तराधिकारीका रूपमा समेत हेरिएका श्रेष्ठको अवकाशलाई सशस्त्र प्रहरीभित्र धेरैले सहज रूपमा लिन सकेका छैनन् । खनालपछि उनले नेतृत्व लिँदा सशस्त्र प्रहरीले सहज बाटो लिने र संगठनको साख थप बढ्ने संगठनभित्र चर्चा पनि चल्ने गर्थ्याे ।तर अब यो च्याप्टर बन्द भएको छ । सशस्त्र प्रहरीको प्रवक्ताको भूमिकामा रहेका श्रेष्ठको नाम र तस्बिर राति नै वेभसाइटबाट हटाइएको छ । र, त्यहाँ सूचना शाखाका प्रमुख डीएसपी अजय छतकुलीलाई सहायक प्रवक्ता भनेर राखिएको छ ।सशस्त्र प्रहरी बलमा अब्बल अधिकृतका रूपमा चिनिएका श्रेष्ठलाई दरबन्दी थपेर अतिरिक्त महानिरीक्षक (एआईजी) बनाउन संगठनले धेरै प्रयास गरेको थियो । सो प्रयास असफल भएपछि डीआईजीको कार्यकाल एक वर्ष थप्न लविङसमेत भएको थियो ।

    सशस्त्र प्रहरी बलमा ६ ओटा एआईजी दरबन्दी रहेकोमा तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले पाँच ओटा थपेर ११ पु¥याएको थियो । हालको सरकारले गत वर्षको जेठमा एआईजीको संख्या घटाउँदै दुईमा झरेको थियो । त्यसबेला तत्काललाई तीन जना एआईजी राख्ने व्यवस्था गर्दै जुनसुकै कारण पद रिक्त भए पनि नथप्ने भन्दै दुई जना रहने व्यवस्था गरेको थियो ।तर, सशस्त्रको वर्तमान नेतृत्वले दरबन्दी थप गर्न गृह मन्त्रालयसँग पटकपटक माग गरेको थियो । तर, प्रस्ताव अस्वीकृत भएसँगै तीनै जना डीआईजीले सेवा प्रवेश गरेको २५ वर्षमै घर जानुपर्ने बाध्यता आएको हो ।

    सशस्त्रको वर्तमान नेतृत्वले सीमा सुरक्षाको विषय जटिल बन्दै गएपछि सीमा सुरक्षा विभागमा एआईजीको दरबन्दी राख्न सरकारसँग मागसमेत गरेको थियो । यसअघि सीमा सुरक्षा विभागमा एआईजीकै दरबन्दी थियो ।वर्तमान सरकारले एआईजीको संख्या घटाउँदा यो विभागलाई कार्यविभागमा गाभ्दै सीमा निर्देशनालय बनाएको थियो । यसरी दरबन्दी थप्ने र घटाउने चलखेलको मारमा बुधबार अवकाश पाएका डीआईजीत्रय परेका हुन् ।

    बुधबार अवकाश पाएका धिताल त्यस्ता अभागी डीआईजी भएका छन्, जसले बाहिनी चलाउने अवसरसमेत पाएनन् । बढुवा भएको केही दिनमै उनलाई तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त निलम्बनमा परेको केही दिनपछि अख्तियारले निलम्बन गर्न सिफारिस गरेको थियो ।डीआईजीमा बढुवा भएलगत्तै सशस्त्र प्रहरीभित्रको घोटाला प्रकरणमा उनलाई छानबिन गर्ने जिम्मेवारी दिइएका थियो । उनी नेतृत्वको समितिले भ्रष्टाचार नभएको प्रतिवेदन दिएकाले सोही भ्रष्टाचारसम्बन्धी मुद्दामा अख्तियारले अनुसन्धान गर्दा धेरै गल्ती र अनियमितता भेटेको भन्दै उनलाई अख्तियारले निलम्बन गर्न सिफारिस गरेको थियो ।

    उनले ६ महिनाअघि मात्र विशेष अदालतबाट सफाइ पाएका थिए । सशस्त्रमा केही दिनअघि मात्रै डीआईजीत्रय रामप्रकाश श्रेष्ठ, वसन्त बानियाँ र राजुराम सुवालले अवकाश पाएका थिए ।रिक्त दरबन्दीमा बढुवाका लागि सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक केबी ब्रम्हाचार्य, हरिशंकर बुढाथोकी, राजेन्द्र बस्नेत, राजेन्द्र अधिकारी, किशोर प्रधानलगायत प्रतिस्पर्धामा छन् ।अबको केही दिनमा सशस्त्रमा अन्य केही अधिकारी पनि घर जाँदै छन् । २८ माघमा एसएसपीद्वय दमन थापा र फणीन्द्र पौडेल, एसपीहरू राजु महर्जन, रत्न पोखरेल, सुवर्ण थापामगरलगायत पनि अवकाश हुँदै छन् । उनीहरू ३० वर्षे सेवा अवधिका कारण अवकाश हुन लागेका हुन् । राजधानी दैनिकले खबर छापेकाे छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    माओवादी केन्द्र कोशी सरकारबाट बाहिरियो

    विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार सरकारमा सहभागी मन्त्रीले...

    तीन महिनाभित्र बाँकी महसुल नतिरे फेरि उद्योगको लाइन काट्छौं : कुलमान घिसिङ

    काठमाडौं। नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले तीन महिनाका लागिमात्र विद्युत महसुल नतिर्ने उद्योगको लाइन...

    आफन्तलाई आजै शव दिइने :सौर्य विमान दुर्घटना

    काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुगेको छ । त्रिवि शिक्षण...

    भोलि बेलुकासम्म पहिचान भएका शव आफन्तलाई दिन सकिन्छ : स्वास्थ्यमन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान...

    अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा प्रदेश सरकारलाई हस्तान्तरण

    पोखरा। अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय अपाङ्गता महासंघ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं