SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/१७ गते
    ५३० &#२३४६;&#२३३५;&#२३२५;

    काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूलाई कार्यकर्ता र आगन्तुकलाई भेट्न छोडेर आफ्नो जिम्मेवारीअनुसारको काममा समर्पित भएर खट्न कडा निर्देशन दिएका छन् । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले केही मन्त्रीहरूलाई लक्षित गरी मन्त्रालयको कामभन्दा भेटघाटको क्रमलाई बढी प्राथमिकता दिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

    ‘केही मन्त्रालयका मन्त्रीहरूले कामै छाडेर कार्यकर्ता र आगन्तुक भेट्ने कार्यलाई बढाएको देखिएको छ, त्यस्तो कार्य छोडेर काममा खट्नुस् ताकि परिणाम छिट्टै देखिन सकोस्,’ प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई सचेत पार्दै भने । प्रधानमन्त्री ओलीले सबै मन्त्रीहरू सरकारको समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न दत्तचित्त भएर लाग्नुपर्ने बताए । पछिल्लो समयमा प्रधानमन्त्री ओलीले मन्त्रीहरूको कामप्रति आफ्नो संयन्त्रमार्फत निगरानी बढाउँदै आएको स्रोतले जानकारी दिएको छ ।

    निगरानीका क्रममा हालै थप गरिएका मन्त्रीहरूले कार्यकर्ता भेटघाटलाई तीव्रता दिँदा मन्त्रालयको काममा असर परेको पाइएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पनि मन्त्रालयको कामबारे नियमित रूपमा -याकिङ भइरहेको स्पष्ट पारेको छ । मन्त्रालयको -याकिंङबाट मन्त्रीको कामको बारेमा प्रधानमन्त्रीले नियमित जानकारी लिइरहेको प्रधानमन्त्री कार्यालयले बताएको छ । प्रधानमन्त्री ओलीले केही समय अघि मात्रै मन्त्रिमण्डल हेरफेर गरी नयाँ मन्त्रीहरू ल्याएका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    शर्मिला वाइबा सिन्धुपाल्चोकबाट पक्राउ,काठमाडौं ल्याईयो

    काठमाडौं । सिन्धुपाल्चोकबाट पक्राउ परेकी सामाजिक अभियान्ता शर्मिला वाईबालाई काठमाडौं ल्याईएको छ । कलाकार पवन...

    राजेन्द्र महतोको आन्दोलनमा साथ दिन पुगेका जसपाका नेता सडकमै बेहोस

    काठमाडौं। राष्ट्रिय मुक्ति क्रान्ति अभियान सुरु गरेका राजेन्द्र महतोले आफ्नो अगुवाईमा आज काठमाडौंको निषेधित क्षेत्र...

    गण्डकीको संसद कुर्सी-टेबल फेरेर ६ महिनापछि बैठक बस्दै

    पोखरा । नयाँ कुर्सी र टेबुल हालेर नयाँ स्वरुपमा चिटिक्क पारिएको गण्डकी प्रदेश सभाको हलमा...

    माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा आफ्नै उम्मेदवार उठाउने निर्णय

    काठमाडौं । माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छ । बुधबार...

    “सहकारीको समस्या थप जटिल बन्दै पारिवारिक तनाबले मानसिक रोगी बढ्दै!!”

    सचिन्द्र श्रेष्ठ । अहिले देशभर सहकारी पीडितहरुको आन्दोलन, नारा जुलुस पछि सदनमा समेत छलफल र...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं