SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/१५ गते
    २२० &#२३४६;&#२३३५;&#२३२५;

    पूर्व स्वास्थ्य मन्त्री एवम् नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले ल्याउन लागेको सूचना प्रविधिसम्बन्धी विधेयक रोक्नका लागि साथ दिन आह्वान गरेका छन्। संसदको विकास तथा प्रविधि समितिबाट पास भइसकेको उक्त विधेयक अब संसदमा जाने र संसदमा पनि बहुमतका आधारमा पास हुन सक्ने अवस्था रहेको भन्दै उक्त विधेयक रोक्न प्रतिपक्षी नेपाली कांग्रेसलाई साथ दिन थापाले आह्वान गरेका हुन्। सोमबार साँझ सामाजिक सञ्जाल ट्वीटर र फेसबुकमार्फत लाइभ गरी थापाले नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पार्ने गरी ल्याइएको विधेयक पारित भए यसले संविधानकै बैधतामाथि प्रश्न उठाउने आशंका व्यक्त गरे।

    नेता थापाले संविधानकै अधिनमा रहेर ल्याइने यस्तो कानूनले उक्त कानुनमाथि मात्रै नभई देशकै मुल कानूनमाथि प्रश्न उठ्ने टिप्पणी गरे।थापाले यो विधेयकले सामाजिक सञ्जालहरु दर्ताको नाममा बन्द गर्न खोजिएको र सामाजिक सञ्जालमार्फत् अभिव्यक्त गर्ने नागरिकका विचारहरु कुन्ठित गर्न खोजिएको आरोप लगाए।उनले अहिले सूचना प्रविधि विधेयकमा राखिएका प्राबधानहरु फौजदारी संहितामै राखिएकाले यो नितान्त नागरिकको प्रश्न गर्ने अधिकार खोस्नका लागि ल्याइएको दाबी गरे।

    थापाले आफूहरुले विधेयकमाथिको छलफलकै क्रममा पनि पटकपटक यस विषयमा कुरा राखेको स्मरण गर्दै यो विधेयकले लोकतन्त्र र जनआन्दोलनको मर्ममाथि प्रहार गर्न खोजको बताए।उनले जनआन्दोलनको मुटु नै अभिव्यक्ति स्वतन्त्रता भएको स्मरण गरे।थापाले यो विधेयकमार्फत् जनताको स्वतन्त्र रुपमा बोल्ने अधिकार खोसेर सरकारले चाहेको कुरा, सरकारले चाहेको समयमा मात्र बोल्न पाउने व्यवस्था गर्न खोजेको आरोप लगाए। उनले साइबर बुलिङ विद्यालयमा पढाउने विषय भएको भन्दै कानुनमार्फत् ल्याउन आवश्यक नभएको बताए।

    सूचना प्रविधि विधेयकका सन्दर्भमा धारणा राख्न फेसबुक रलाइभ मार्फत उपस्थित भएको छु।

    Gagan Thapa यांनी वर पोस्ट केले सोमवार, ३० डिसेंबर, २०१९

    थापाले यसअघि पूर्व राजा ज्ञानेन्द्रको पालामा बोल्न नदिनेलाई प्रहरीले पक्राउ गरी थुनामा राखे पनि अदालतले अभिव्यक्ति स्वतन्त्रताको कुरा भएको भन्दै छुटाएको स्मरण गर्दै अब सरकारले कानुनले नै बोल्न नपाउने व्यवस्था गरेपछि अदालतले पनि छोड्न नसक्ने स्पष्ट पारे।थापाले विधेयकको पक्षमा बोल्नेले समाजमा अराजकता बढेकाले नियन्त्रण गर्न यो विधेयक आएको ठिक भएको बताए पनि पछि आफूहरु नै त्यो फन्दामा पर्न सक्ने भन्दै सचेत गराए।सरकारले चाहेको विषय बोल्ने, चाहेको कुरा सोच्ने अवस्था आए यो निक पीडादायी हुने बताए। पशुपति शर्माको गीतलाई सरकारले अघोषित रुपमा ‘ब्याण्ड’ गरेको स्मरण गर्दै थापाले यो कानून पारित भए यस्तो शिलशिला पटकपटक दोहोरिने बताए।

    प्रतिकृया दिनुहोस्

    Loading...

    माइती नेपालद्वारा स्थानीय मानव बेचविखन नियन्त्रण समितिसंगको बार्षिक समीक्षा र योजना बैठक सम्पन्न

    रबिप्रकाश कसाैधन कृष्णनगर, कपिलवस्तु, । स्थानीय मानव बेचविखन नियन्त्रण समिति संगको दुई दिने बार्षिक समीक्षा...

    लगातार चौथो दिन पनि शेयर बजार राताम्मे, नेप्से २७ सय विन्दुमा झर्‍याे

    काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से लगातार चौथो दिन आज बुधवार पनि घटेको छ ।...

    जापानबाट प्राप्त हुने २ अर्ब ६१ करोड अनुदान सहायता स्वीकार गर्ने सरकारको निर्णय

    काठमाडौं । सरकारले विराटनगर खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारबाट प्राप्त हुने अनुदान सहायता...

    नेपालका राष्ट्रपति र प्रधानमन्त्रीले गरे भारतीय जनताको समृद्धिको कामना

    काठमाडौं । भारतलाई ७३ औं गणतन्त्र दिवसको अवसरमा नेपालले पनि शुभकामना दिएको छ । नेपालको...

    खोप’ भने तर, अहिले खोप लगाउने मान्छे छैन : प्रधानमन्त्री देउवा

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ विरुद्धको खोप प्रचुर मात्रामा रहेपनि अहिले खोप लगाउने मान्छे...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं