SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/१४ गते
    ११३० &#२३४६;&#२३३५;&#२३२५;

    मुम्बइ। टिभी अभिनेता कुशल पंजाबीले बिहीबार मुम्बइमा आत्मह,त्या गरे । उनले ३७ वर्षकै उमेरमा आत्महत्या गरेपछि कम उमेरमै आत्मह,त्या गर्ने सेलिब्रेटीहरुको चर्चा हुन थालेको छ । यसअघि पनि सेलिब्रेटीहरुले कलिलै उमेरमा आत्महत्या गरेका छन् । यस्ता केही सेलिब्रेटीहरु यी हुन् ।

    प्रत्युषा बनर्जीः ‘बालिका बहु’की आनन्दी अर्थात प्रत्युषा बनर्जी १ अप्रिल २०१६ मा मुम्बइको आफ्नो फ्ल्याटमा पंखामा झुण्डिएको पाइएकी थिइन् । उनका परिवार र साथीहरुले उनका ब्वाइफ्रेण्ड राहुल राजले उनलाई आत्मह,त्या गर्न उक्साएको आरोप लगाएका थिए । राहुलमाथि यो आ,रोप पनि लागेको थियो कि उनले प्रत्युषालाई कुटपिट गर्थे । मृ,त्युका बेला प्रत्युषा २५ वर्षकी थिइन् ।

    जिया खानः निःशब्द, हाउसफुल, गजनी जस्ता फिल्ममा काम गरेकी अभिनेत्री जिया खानलाई ३ जून २०१३ मा २५ वर्षको उमेरमा उनको जुहूस्थित अपार्टमेन्टमा मृत भेटिएको थियो । सुरुवातमा यसलाई आत्मह,त्या मानिएको थियो । पछि जियाकी आमाले सुरज पंचोलीलाई आफ्नी छोरीको हत्याको आरोप लगाइन् । रिपोर्टका अनुसार मृ,त्युको केही महिना पहिले जिया गर्भवती भएकी थिइन् । ब्वाइफ्रेण्ड सुरजले जियालाई गर्भपतनको लागि औषधी दिएका थिए । भ्रुणलाई पनि सुरजले नै शौचालयमा बगाएका थिए । यो घटनापछि जिया विक्षिप्त भएकी थिइन् । सुरजले पनि उनीसँग टाढिन थालेका थिए । त्यसपछि जिया डिप्रेनमा गइन् र आत्मह,त्या गरिन् ।

    सिल्क स्मिताः दक्षिण भारतीय फिल्मकी अभिनेत्री सिल्क स्मिताको लाश ३ सेप्टेम्बर १९९६ मा घरको पंखामा झुण्डिएको भेटिएको थियो । त्यतिबेला उनी ३५ वर्षकी थिइन् । पुलिसले यसलाई आत्मह,त्या भनेर केस बन्द गरिदियो । तर मानिसहरुले भने उनको मृ,त्युको पछाडिको कारण अर्कै भएको मान्छन् । बताइएअनुसार फिल्म र गीतबाट सिल्कको कमाइ राम्रो भएको थियो । यस्तोमा उनका एक नजिकका साथीले उनलाई निर्माता बनेर अझै पैसा कमाउन लोभ्याए । उनलाई सुरुका २ फिल्ममै २ करोड घाटा भयो । घाटाको असर उनको निजी जीवनमा पनि पर्यो ।

    कुलजीत रंधावाः १ जनवरी १९७६ मा पश्चिम बंगालको रानीगंजमा जन्मेकी कुलजीत रंधावालाई टिभी अभिनेत्री र मोडलको रुपमा चिनिन्थ्यो । २००६ मा उनको अचानक मृ,त्यु भएको थियो । ३० वर्षको उमेरमा उनले जुहूस्थित आफ्नो अपार्टमेन्टमा आत्मह,त्या गरेकी थिइन् । आफ्नो सुसा,इड नोटमा उनले लेखेकी थिइन् ‘मैले जिन्दगीको दबाबलाई झेल्न सकिरहेकी छैन त्यसैले आत्मह,त्या,को कदम उठाउँदैछु ।’

    नफीसा जोसेफः टिभी अभिनेत्री तथा मोडल नफीसा जोसेफको मृ,त्यु कुनै रहस्यभन्दा कम छैन । १९९७ मा मिस इण्डिया युनिभर्सको ताज आफ्नो नाममा गरेकी नफीसा २००४ मा २६ वर्षको उमेरमै झुण्डि,इन् । नफीसाले आफ्नो करिअरको सुरुवात एक मोडलको रुपमा गरेकी थिइन् तर उनले अभिनेत्रीको रुपमा पनि पहिचान बनाएकी थिइन् ।

    विवेका बाबाजीः २००२ मा आएको फिल्म ये कैसी मोहब्बत एकमात्र फिल्म थियो जसमा विवेका बाबाजीले अभिनय गरेकी थिइन् । विवेका ३७ वर्षको उमेरमा २५ जून २०१० मा मुम्बइमा आफ्नो कोठाको पंखामा झुण्डिएको भेपटएकी थिइन् । विवेकाको आत्मह,त्या गर्ने यो तेस्रो कोसिस थियो जसमा उनी सफल भइन् । १९९३ मा मिस मौरिससको अवार्ड जितेकी विवेकाले किन आत्मह,त्या गरिन् भन्ने विषय चर्चामा थियो ।

    कुणाल सिंहः अभिनेता कुणाल सिंहलाई तमिल फिल्ममा आफ्नो काममा लागि चिनिन्थ्यो । उनले १९९९ मा कदालार धिनम फिल्मबाट डेब्यू गरेका थिए जमा उनको अपोजित सोनाली बेन्द्रे थिइन् । यो फिल्म बक्स अफिसमा निकै चल्यो । तर, त्यसपछि उनका फिल्म लगातार असफल भए । ७ फेब्रुअरी २००८ मा कुणाल मुम्बइमा रहेका आफ्नो अपार्टमेन्टमा पंखामा झुण्डि,एको भेटिए । फिल्ममा लगातारको असफलताका कारण उनले आत्मह,त्या गरेको अनुमान गरिन्छ ।त्यतिबेला उनको उमेर ३० वर्ष थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    माओवादी केन्द्र कोशी सरकारबाट बाहिरियो

    विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार सरकारमा सहभागी मन्त्रीले...

    तीन महिनाभित्र बाँकी महसुल नतिरे फेरि उद्योगको लाइन काट्छौं : कुलमान घिसिङ

    काठमाडौं। नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले तीन महिनाका लागिमात्र विद्युत महसुल नतिर्ने उद्योगको लाइन...

    आफन्तलाई आजै शव दिइने :सौर्य विमान दुर्घटना

    काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुगेको छ । त्रिवि शिक्षण...

    भोलि बेलुकासम्म पहिचान भएका शव आफन्तलाई दिन सकिन्छ : स्वास्थ्यमन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान...

    अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा प्रदेश सरकारलाई हस्तान्तरण

    पोखरा। अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय अपाङ्गता महासंघ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं