SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/१४ गते
    ११३३ &#२३४६;&#२३३५;&#२३२५;

    एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर कपुर कुनै बेला प्रेम सम्बन्धमा थिए । उनीहरुको प्रेम सम्बन्धको चर्चा निकै थियो । उनीहरुले आफ्नो सम्बन्धलाई सबैका सामु स्वीकार पनि गरेका थिए । दीपिकाले रणवीरलाई यति माया गर्थिन की उनको नामको ट्याटु समेत खोपाएकी थिइन् । तर उनीहरुको प्रेम सम्बन्ध विवाह सम्म पुग्न सकेन । लामो समयको प्रेम सम्बन्ध टुंगियो । तर उनले खोपेको ट्टाटु भने दीपिकाले हटाएकी थिइनन् ।

    सार्वजनिक समारोहमा खिचाइएका तस्बिरमा ट्याटु प्रष्ट देख्न सकिन्थ्यो । प्रेम सम्बन्ध धेरै समय टिक्न नसके पनि ट्याटु राखिरहेका कारण दीपिकाले भने रणविरलाई भुल्न नसकेको अड्कल लगाउन सकिन्थ्यो । अंग्रेजी आरके शब्दको ट्याटु दीपिकाले खोपेकी थिइन्। प्रेम सम्बन्ध असफल भएता पनि दीपिकाले उक्त ट्याटु लामो समयसम्म मेटेकी थिइनन्।

    तर गतवर्ष विवाह अगाडि दीपिकाले उक्त ट्याटु मेटेको बताइएको थियो। उनले ट्याटु मेटाएको तस्बिर भने सार्वजनिक भएको थिएन । दीपिकाले अभिनेता रणवीर सिंहसँग विवाह गरेकी छिन्। यतिबेला दीपिकाले रणवीर कपुरको नाममा खोपेको ट्याटु मेटिएका तस्बिरहरु सार्वजनिक भएका छन्। विवाह गरेको लामो समय पछि सार्वजनिक भएका ति तस्बिर पनि अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

    यो विषय यतिबेला निकै भाइरल बनिरहेको छ। इन्डियन आइडलमा आफ्नो नयाँ चलचित्र छपाकको प्रमोसनका लागि पुगेकी दीपिकाको ट्याटु पुरा मेटिएको देखिएको हो। त्यती बेलाका तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भएका हुन् । जसमा दीपिकाको ट्याटु मेटिएको प्रष्ट देख्न सकिन्छ । एजेन्सी

    प्रतिकृया दिनुहोस्

    Loading...

    माओवादी केन्द्र कोशी सरकारबाट बाहिरियो

    विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार सरकारमा सहभागी मन्त्रीले...

    तीन महिनाभित्र बाँकी महसुल नतिरे फेरि उद्योगको लाइन काट्छौं : कुलमान घिसिङ

    काठमाडौं। नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले तीन महिनाका लागिमात्र विद्युत महसुल नतिर्ने उद्योगको लाइन...

    आफन्तलाई आजै शव दिइने :सौर्य विमान दुर्घटना

    काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुगेको छ । त्रिवि शिक्षण...

    भोलि बेलुकासम्म पहिचान भएका शव आफन्तलाई दिन सकिन्छ : स्वास्थ्यमन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान...

    अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा प्रदेश सरकारलाई हस्तान्तरण

    पोखरा। अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय अपाङ्गता महासंघ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं