SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/११ गते
    १४६८ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुख पदमा सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने भएको छ ।प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल नेकपा संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङलाई उम्मेदवार बनाउन सहमत भएका हुन् । संविधानसभाको सभामुख पदको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका नेम्वाङ नेकपाभित्र सबैले रुचाउने नेतामा पर्छन् ।पछिलो समय पटक–पटक भएको ओली र दाहालबीचको छलफलबाटै नेम्वाङलाई नै सभामुखको उम्मेदवार बनाउने सहमति जुटेको नेकपा स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीले नेम्वाङलाई सभामुख बनाउन गरेको प्रस्तावमा अर्का अध्यक्ष दाहालसमेत सहमत भएका हुन् ।

    यसअघि अध्यक्ष दाहालले सभामुखका लागि नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, स्थायी कमिटीका सदस्यद्वय अग्नि सापकोटा र पम्पा भुसालमध्ये एकलाई बनाउन खोजेका थिए । तर, प्रधानमन्त्री ओलीले नेम्वाङलाई अघि सारेपछि दाहालले त्यसमा सहमति जनाएको बालुवाटार स्रोतले जनाएको छ ।नेकपाको स्थायी कमिटी बैठक आइतबार सकिएपछि सभामुख र उपसभामुखको विषयमा अध्यक्षद्वय ओली र दाहालले निरन्तर छलफल सुरु गरेका हुन् । निवर्तमान सभामुख कृष्णबहादुर महरा यौनकाण्डमा मुछिएर राजीनामा दिएपछि सभामुखको निर्वाचन गर्नुपरेको हो ।

    उपसभामुख डा. शिवमाया तुम्बाङ्फेलाई राजीनामा गराउने सहमति यसअघि नै भइसकेको छ । सुरुमा तुम्बाङ्फेलाई नै सभामुख बनाउनुपर्ने भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले समेत लबिङ गरेकी थिइन् । संसद्को हिउँदे अधिवेशन सुरु भएसँगै नयाँ सभामुख र उपसभामुखका लागि चर्चा सुरु भएको हो । शुक्रबार बस्ने बैठकबाट निर्वाचन प्रक्रिया सुरु हुने बताइएको छ ।
    यसअघि नेम्वाङ, गुरुङ, सापकोटा, भुसाल, तुम्बाङ्फे सभामुखका दाबेदार भए पनि नेम्वाङ नै सभामुख हुने पक्का भएको छ ।

    नेम्वाङ सभामुख हुने निश्चित भएसँगै उपसभामुख कसलाई दिने भन्ने खोजी सुरु भएको छ । अध्यक्षद्वय ओली र दाहालले उपसभामुखबारे अहिलेसम्म केही निर्णय गरेका छैनन् ।संवैधानिक व्यवस्थाअनुसार एउटै दल र उही लिंगको व्यक्ति सभामुख र उपसभामुख हुन पाउँदैनन् त्यसैले सभामुखमा नेकपाले पुरुष सांसदलाई अघि सारेपछि अन्य दलबाट महिला सांसदलाई उपसभामुख बनाइनेछ ।नेकपाले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, समाजवादी पार्टी, राजपा नेपाल वा नेमकिपा र जनमोर्चाबाट उम्मेदवार उठाउन सक्छ । राष्ट्रिय सभा निर्वाचनमा राजपासँग दुई बुँदे सहमति गरेको नेकपाले राजपालाई नै उपसभामुख दिएर सरकारमा थप समर्थन लिन सक्ने अनुमान गरिएको छ ।

    राष्ट्रिय सभा निर्वाचनमा प्रदेश २ तर्फ रिक्त हुने ४ सिटमा नेकपाले दुई र राजपाले दुई सिट लिने र त्यसमा एकअर्कालाई सहयोग गर्ने सहमति यसअघि नै भइसकेको छ । यस्तै, आगामी दिनमा समेत राष्ट्रिय राजनीतिक विषयमा सहमति र सहकार्य गर्दै अगाडि बढ्ने सहमतिले उपसभामुख राजपाले पाउन सक्ने सम्भावना बढी देखिन्छ ।राजपाले उपसभामुख पाएमा चन्दा चौधरी, अमृता अग्रहरी वा रानी मण्डलमध्ये एकलाई उपसभामुख बनाउने निश्चित छ । राजपा स्रोतका अनुसार नेकपासँग भएको दुई बुँदे सहमतिसँगै उपसभामुख पनि राजपाले पाउने आश्वासन पाएको छ ।धरी राजपा नेता महन्थ ठाकुर, अग्रहरी राजेन्द्र महतो र मण्डल अनिल झा निकटका सांसद हुन् । नेकपाबाट आश्वासन पाएको राजपा नेपालले यी तीन महिला सांसदमध्ये एकलाई अघि सार्न सक्छ ।

    त्यस्तै, जनमोर्चाका सांसद दुर्गा पौडेलको सम्भावना पनि उत्तिकै छ । नेकपाकै सहयोगमा निर्वाचित भएको र जनमोर्चा कम्युनिस्ट पार्टी भएकाले पौडेललाई समेत नेकपाले अघि सार्ने सम्भावना छ । जनमोर्चा नेता मोहनविक्रम सिंहकी धर्मपत्नीसमेत रहेकी पौडेललाई नेकपाले अघि सार्न सक्नेछ । पौडेल प्यूठान १ बाट नेकपाकै समर्थनमा विजयी भएकी हुन् । राजधानी दैनिकले खबर छापेकाे छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    माओवादी केन्द्र कोशी सरकारबाट बाहिरियो

    विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार सरकारमा सहभागी मन्त्रीले...

    तीन महिनाभित्र बाँकी महसुल नतिरे फेरि उद्योगको लाइन काट्छौं : कुलमान घिसिङ

    काठमाडौं। नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले तीन महिनाका लागिमात्र विद्युत महसुल नतिर्ने उद्योगको लाइन...

    आफन्तलाई आजै शव दिइने :सौर्य विमान दुर्घटना

    काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुगेको छ । त्रिवि शिक्षण...

    भोलि बेलुकासम्म पहिचान भएका शव आफन्तलाई दिन सकिन्छ : स्वास्थ्यमन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान...

    अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा प्रदेश सरकारलाई हस्तान्तरण

    पोखरा। अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय अपाङ्गता महासंघ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं