SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/१० गते
    ६३८ &#२३४६;&#२३३५;&#२३२५;

    प्रतिनिधिसभाको सभामुख कसलाई बनाउने भन्ने विषयमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले अझै निर्णाय लिन सकेको छैन ।शुक्रबारको बैठकपूर्व नै सभामुखको उम्मेदवार टुंगो लगाउने नेकपाको प्रयास बुधबारसम्म पनि टुंगोमा पुग्न सकेको छैन । तर, यसबीचमा भावी सभामुखका लागि केही नाम चर्चामा रहे ।

    सभामुख चयनका केही विकल्पमा सत्तारूढ नेकपाको नेतृत्व तहमा छलफल चलेको छ । नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पटकपटक भएका भेटवार्तामा सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा सहमति जुट्न सकेको छैन ।

    नेकपाभित्र सभामुखको दाबी प्रस्तुत गरिरहेका नेताहरूले आ–आफ्नो सम्भावना बढी भएको निकटस्थ नेतालाई बताउँदै आएका छन् । पार्टी अध्यक्षद्वयले भने सबै नेतालाई चित्त बुझाउने गरी निर्णय लिने प्रयास गरिरहेका छन् । बुधबारसम्मको राजनीतिक भेटघाट र घटनाक्रमले सभामुखमा सुभाषचन्द्र नेम्वाङ र अग्नि सापकोटाको दाबीलाई शीर्षस्थानमा राखेर बहस हुन थालेको छ । राजधानी दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    Loading...

    छुवाछूत र जातीय हिंसाविरुद्ध उभिन प्रधानमन्त्री प्रचण्डको आग्रह

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीलाई छुवाछूत र जातीय हिंसाविरुद्ध उभिन आग्रह गरेका...

    रास्वपाले नेता र सांसदलाई क्षेत्रगत विज्ञसँग छलफल गराउने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेता र सांसदलाई फरक फरक क्षेत्रका जानकारबाट छलफल...

    भोलि सांसदको शतप्रतिशतमत पाउने आश छ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत लिंदा शतप्रतिशत सांसदको विश्वासको मत प्राप्त...

    कावासोती तेक्वान्दो डोजाङको बेल्ट प्रमोसन तथा पुरस्कार बितरण

    गोबिन्द,पर्बत । कावासोती तेक्वान्दो डोजाङ्ग कावासोतीको आयोजनामा हिजो कावासोतीमा जुनियर बेल्ट प्रमोशन, ब्ल्याक बेल्ट प्रमाण...

    गोर्खा सेमीट्रिज ट्रष्टले पहिलो पटक ‘ट्रेल ब्लेजर नेपाल दौड” आयोजना गर्दै

    पर्बत । गोर्खा सेमीट्रिज ट्रष्टले पहिलो पटक ‘ट्रेल ब्लेजर नेपाल दौड” आयोजना गर्ने भएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं