

उदय अतीत स्याङ्जा:- स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ७ थुम बस्ने बर्ष ३३का चेत बहादुर बि.क को दुबै मृगौला फेल भएको छ।
करिब एक बर्ष देखि गौतम बुद्ध सामुदायिक मुटु अस्पताल बुटवलमा मृगौलाको उपचार गराउदै अाएका चेत बहादुर बि.क अहिले अार्थिक समस्यामा रहेका छन। बुबा रामन्द बि.क र अामा तिलसरी बि.कको दुई छोरा मध्ये उनी कान्छा छोरा हुन।
बराईनमा दुई र साउदीमा पाच बर्ष काम गरि नेपाल फर्केको तीन महिनामा यो रोग देखा परेको चेत बहादुर बि.कले बताउनु भयो।
बि.क को ६ बर्षका एक छोरा, ११ र ८ बर्षकी दुई छोरी छन।
सहयोगको नाममा हामिले बिकलाई सोध्दा उहाले भन्नू भयो साउदि बाट साथि हरुले जम्मा जम्मी दुई लाख सत्तरी हजार र कतार बाट तीस हजार पठाउनु भएको थियो त्यो पैसा गौतम बुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले काठमाडौ रेफर गर्दा काठमाडौ टिचिङ अस्पतालको खर्च मात्रै पूरा भयो अरु अाफन्त हरु सँग केही रिण मागेरै अौषधी उपचार गर्दै अाएको छु, गल्याङ नगरपालिकाले दुई पटक गरेर पहिलोपटक पन्ध्र हजार र दोस्रोपटक दस हजार दिएको थियो त्यो पनि अौषधीमुल मै खर्च भएको छ बि.क ले भन्नू भयो।
बि.क लाई सहयोग गर्न चहाने व्यक्तिले मुक्तिनाथ बैक लिमिटेडमा रहेको चेत बहादुर बिक A\C.NO:- 00320100107266000001मा सहयोग गर्न सक्नु हुनेछ,त्यस्तै बि.क लाई 9846903209 रहेको मोबाइल नम्बरमा सम्पर्क गर्न सक्नु हुनेछ।।