SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/६ गते
    १०५७ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । लायन्स क्लव अफ शिवालयको आयोजनामा पर्वत कुश्मा नगरपालिकाको आर्थरमा आखाँ सम्बन्धी स्वास्थ्य शिबिर सम्पन्न भएको क्लवले जनाएको छ । लायन्स क्लव अफ शिवालयको आयोजना हिमालय आखाँ अस्पताल पोखराको प्राबिधिक सहयोग सहित गरिएको आखाँ शिबिरमा २१५ जना आखाँका बिरामीहरुले उपचार गराएको बताइएको छ ।।

    स्थानिय रुपमा आर्थरमा कृयाशिल रहेको पञ्चकोशी भजन कृतन मण्डलको ब्यावस्थापनमा सम्पन्न भएको आखाँ शिबिरमा सयौले उपचार पाएको लायन्स क्लव अफ शिवालयका सचिव मिनप्रसाद शर्माले सुचनाकेन्द्र डटकमलाई बताउनु भएको छ ।

    उहाँका अनुसार लायन्स क्लव अफ शिवालयका अध्यक्ष डिल्लीराम शर्माको अध्यक्षतामा सम्पन्न भएको स्वास्थ्य शिबिरमा प्रमुख अतिथी एमजेएफ लाएन्स बसन्तकुमार कर्माचार्य, वडा अध्यक्ष भिम प्रसाद गुरुगं, क्लवका द्धितिय उपाध्यक्ष लायन गणेशमान श्रेष्ठ लगायतले आखाँ शिबिरको औचित्य बारे प्रस्टाउनु भएको थियो ।

    उक्त आखाँ जाँच शिबिरमा ९ जनाको मोतियाबिन्दुको पहिचान भएकोले उनीहरुलाई पर्वत जिल्ला अस्पतालमा यहि पुष १० गते निशुल्क अप्रेशन गर्ने ब्यावस्था लायन्स क्लव अफ शिवालयले गरेको छ । साथै लायन्स क्लव अफ शिवालयले भोली अर्थात पौष ७ गते पर्वत जिल्ला फलेवास नगरपालिका ५ खानीगाउँमा सोहि स्वास्थ्य शिबिर गर्ने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    पर्वतका अर्जुनप्रसाद जोशी सहित,कांग्रेस केन्द्रीय सदस्यमा ८ जना मनोनित

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।सभापति...

    काठमाडौंका सबै सामुदायिक विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलनमा

    काठमाडौं । काठमाडौं महानगरपालिका सबै सामुदायिक विद्यालय बन्द भएका छन् । विद्यालय शिक्षा विधेयककाे विरुद्धमा...

    शेखरले ,देउवालाई भेटेर दिए कार्यशैली सच्याउन चेतावनी

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई कार्यशैली सच्याउन आग्रह गरेका...

    उपत्यकाको ट्राफिक,शिक्षकको आन्दोलनका कारण व्यवस्था अस्तव्यस्त

    काठमाडौं । शिक्षकहरुको आन्दोलनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । माइतीघर मण्डलामा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं