SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/३ गते
    १५२४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह एक महिने बसाइका लागि बुधवार झापा पुगेका छन् । चन्द्रगढी विमानस्थल भद्रपुरमा अवतरण गरेका पूर्वराजा शाहलाई स्वागत गर्न सयौँको सङ्ख्यामा उनका समर्थक भेला भएका थिए । शाहका निकटवर्तीहरूका अनुसार उनी करिब एक महिना प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकामा रहेको आफ्नो स्वामित्वमा रहेको चिया बगानमा रहनेछन् । हिउँद सुरु भएपछि पूर्वराजा शाहले प्रायः हरेक वर्ष पूर्वी पहाडी जिल्लाहरूमा बिताउने गरेको बताइन्छ ।

    गत वर्ष पनि यही बेला पूर्वराजा शाहले झापाको दमकलाई मुकाम बनाई पाँचथर र इलामको भ्रमण गरेको २०६२ सालमा उनको शासनकालमा सहायकमन्त्री रहेका टेकनारायण राजवंशीले बताए । शाह वंशीय राजाहरू बर्सेनि दमकमा रहेको चिया बगानमा अवस्थित निवासमा आएर महिना दिन बिताउने परम्परा रहेको दमकका ‘राजावादी’ नेता राम थापाले बताए ।उनले भने, ‘कुनै वर्ष छुट्यो होला तर प्रायः बर्सेनि शाह राजाहरूको जाडोको समयमा आएर दमकमा बस्ने परम्परा नै छ।’ अर्का ‘राजावादी’ नेता तथा शाहको प्रत्यक्ष शासनकालमा अञ्चल प्रशासक भएका प्रजापति कोइरालाका अनुसार केही हदसम्म पूर्वराजाको भ्रमण ‘राजनीतिक’ पनि हो ।

    कोइरालाले भने, ‘यहाँ आएका बेला आफ्ना समर्थकका कुरा सुन्ने र अब मैले के गर्नुपर्छ भनेर सोध्ने काम पनि हुन्छ । त्यो बेला हामी हाम्रा सुझाव राख्ने गर्छौँ ।’ पूर्वसहायक मन्त्री राजवंशी पूर्वराजा शाह झापा आएर बस्नुका मुख्य तीन कारण भएको मान्छन् ।गत वर्ष पूर्वराजा ज्ञानेन्द्र शाह झापा रहेका बेला इलाम, पाँचथर तथा झापाका देवस्थलको भ्रमण गरी मन्दिरहरूमा पूजाअर्चना गरेका थिए । देवस्थलहरूमा पूजा गर्न गएका बेला उनका समर्थकहरूले उनलाई घेरा हालेर पुष्पगुच्छा दिने गर्छन् ।

    यस पटक शाहको भ्रमण तालिका सार्वजनिक भइनसकेकाले कुन(कुन स्थानको भ्रमण हुन्छ भनेर भन्न नसकिने शाहका निकट रहेका फणिराज पाठकले बताए । उनले भने, ‘पहिला दमकलाई केन्द्र बनाएर उहाँ बस्नुहुन्छ । त्यसपछि भ्रमण तालिका बन्छ ।’राजवंशीले यस पटक संखुवासभा तथा धनकुटाका देवस्थलहरूको भ्रमण र त्यहाँका शुभचिन्तकहरूका कुरा सुन्ने योजना बनाउन आफूहरू प्रयासरत रहेको बताए।पूर्वराजा शाह आउँदा ‘जनता’सँग प्रत्यक्ष कुराकानी गरेर उनीहरूका सुझाव लिने गरेको राजवंशीले बताए।

    उनले शाहले आफ्ना कुरा भन्नुभन्दा पनि समर्थकका कुरा सुन्ने गरेको बताए। राजवंशीले भने, ‘जनतासँगको सम्बन्ध सधैँ यथावत् रहोस् वा बढोस् भन्ने कामनाले जनताको कुरा सुन्न रुचाउनुहुन्छ।’ ‘देशको राजनीतिक वातावरणका बारेमा चासो राख्ने पनि गर्नुहुन्छ।’पूर्वराजा शाह जाडोयाममा नै झापा आएर बस्ने गरेका छन्।

    गत वर्ष पनि फागुनमा एक महिना उनी झापा बसेका थिए । काठमाण्डूमा जाडो बढेका कारण पूर्वी तराईलाई केन्द्र बनाएर पूर्वी नेपालको भ्रमण गर्ने उनको परम्परा रहेको उनका निकटवर्तीहरूले बताएका छन् । राजवंशी भन्छन्, ‘काठमाण्डूभन्दा यहाँ अलि न्यानो नै हुन्छ।त्यही भएर पनि जाडो छल्नका लागि उहाँको यता सवारी हुन्छ।’ दमकका राप्रपाका नेता राम थापाका अनुसार आफ्नो सम्पत्तिको हेरचाह तथा रेखदेखका लागि पनि पूर्वराजा दमक आएर बस्ने गरेका हुन् । बीबीसी

    प्रतिकृया दिनुहोस्

    Loading...

    माओवादी केन्द्र कोशी सरकारबाट बाहिरियो

    विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार सरकारमा सहभागी मन्त्रीले...

    तीन महिनाभित्र बाँकी महसुल नतिरे फेरि उद्योगको लाइन काट्छौं : कुलमान घिसिङ

    काठमाडौं। नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले तीन महिनाका लागिमात्र विद्युत महसुल नतिर्ने उद्योगको लाइन...

    आफन्तलाई आजै शव दिइने :सौर्य विमान दुर्घटना

    काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुगेको छ । त्रिवि शिक्षण...

    भोलि बेलुकासम्म पहिचान भएका शव आफन्तलाई दिन सकिन्छ : स्वास्थ्यमन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान...

    अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा प्रदेश सरकारलाई हस्तान्तरण

    पोखरा। अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय अपाङ्गता महासंघ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं