SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/३ गते
    २५३ &#२३४६;&#२३३५;&#२३२५;

    ‘बाघका पाइला खोज्दै दिनभरि चितवनका जङ्गल चहार्नु अनि बेलुका नारायणी नदी किनारबाट सूर्यास्तको आनन्द लिनु नेपालमा मनै लोभ्याउने अनुभव हो’, चर्चित मिडिया कम्पनी फोब्र्सले लेखेको छ ।

    ‘अझ गैँडा र बाघका आवाज सुनेर दुई दिनपछि तपाईं त्यहाँबाट फर्किंदै हुनुहुन्छ भने पक्कै त्यो ठाउँ छाड्न मन लाग्ने छैन ।’ झोले पर्यटन (ब्यागप्याकिङ) मात्र नभई नेपालमा ‘एड्भेन्चर’ देखि हरेक किसिमका पर्यटकीय अनुभव गर्न सकिने भन्दै फोब्र्सले नेपालको पर्यटनको विस्तारित रूप प्रस्तुत गरेको हो । नेपाललाई विशेष रूपमा प्रस्तुत गरेको फोब्र्सले यहाँको छिनमै बदलिने मौसमको वर्णन मात्र गरेको छैन, आगामी दशकको सुरुआत (सन् २०२०) मा घुम्नैपर्ने १० वटा देशको सूचीमा नेपाल समावेश गरेको छ, त्यो पनि पहिलो स्थानमा ।

    फोब्र्सले नयाँ दशकका लागि घुम्नुपर्ने देशका रूपमा तयार गरेको ‘बकेट लिस्ट’ मा नेपाललाई विशेष रूपमा प्रस्तुत गरेको हो । ‘एडभेन्चर’देखि गुणस्तरीय पर्यटनसँग सम्बन्धित रहेर विश्वका विभिन्न छ वटा महादेशमध्येबाट फोब्र्सले १० वटा देश यो सूचीमा राखेको जनाएको छ । गोरखापत्रबाट

    प्रतिकृया दिनुहोस्

    Loading...

    सञ्चारिका समुह पर्वतको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम

    पर्वत । जिल्लामा क्रियाशिल महिला पत्रकारहरुको सञ्जाल सञ्चारिका समुहको तेश्रो अधिवेशन सम्पन्न भएको छ ।...

    नयाँ भेरियन्ट देखिनुमा धनी मुलुक जिम्मेवार

    काठमाडौं । विश्वका अधिकांश धनी मुलुकले पछिल्लो एक वर्ष कोरोना खोप थुपार्न र आफ्ना नागरिकका...

    एमाले केन्द्रीय सदस्यमा को-को भए निर्विरोध ? सूचिसहित

    चितवन । नेकपा एमालेको ३०१ सदस्यीय केन्द्रीय कमिटीका केही सदस्य निर्विरोध निर्वाचित भएका छन् ।...

    चार नेताले ओलीलाई बुझाए ३०१ केन्द्रीय सदस्यको सूची

    काठमाडौं । नेकपा एमालेका चार नेताले ३०१ केन्द्रीय सदस्यको सूची अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएका...

    एमालेमा नयाँ विकल्प : भीम रावललाई वरिष्ठ उपाध्यक्ष, पोखरेल फेरि महासचिव

    काठमाडौं । नेकपा एमालेमा केन्द्रीय सदस्यहरुको सूची तयार पार्ने जिम्मा पाएका चार नेताले पदाधिकारीमा सहमति...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं