SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/२ गते
    ६७७ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं,  । नेकपा स्थायी समितिमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीचको गुटको छाया देखिएको छ। ओली र अर्का अध्यक्ष दाहाल पक्षधर नेताहरू राजनीतिक प्रतिवेदन र सरकारप्रति लचिलो देखिएका छन् भने वरिष्ठ नेता माधव नेपाल पक्षधर नेताहरू विरोधमा उत्रिएका छन्।

    सोमबार र मंगलबारको बैठकमा २५ जना नेताले धारणा राखेका थिए। नेपाल पक्षधर भीम रावल, सुरेन्द्र पाण्डे, अमृत बोहरा, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीलगायतले सरकार र पार्टी नेतृत्वको कार्यशैलीको खुलेर विरोध जनाए। ओली पक्षधर शंकर पोखरेल, छविलाल विश्वकर्मा, केशव बडाल र रघुवीर महासेठले मात्र बोलेका छन्। उनीहरूले सरकार र पार्टी नेतृत्वको बचाउ गरेका छन्।

    अध्यक्ष दाहाल निकट अग्नि सापकोटा, शक्ति बस्नेत, जनार्दन शर्मा, देवेन्द्र पौडेल, पम्फा भुसाललगायत लचिलो देखिएका छन्। ओली पक्षका नेताहरूले भने बैठकमा अन्य नेताहरूले बोलेपछि मात्र आफूहरूले बोल्ने रणनीति लिएका छन्।

    सरकारमा सहभागी भएका कारण अघिल्लो पटकको स्थायी समिति बैठकमा सरकार र नेतृत्वको कार्यशैलीमा चर्काे आलोचना गरेका नेताहरू घनश्याम भुसाल र योगेश भट्टराईले भने नेतृत्वलाई उत्तेजित नभई पार्टी र विचार निर्माणमा लाग्न सुझाव दिएका छन्। सरकारका विषयमा उनीहरुले खास टिप्पणी गरेका छैनन्। भट्टराईले तीनतीन महिनामा सरकारका कामको रिपोर्ट नै पार्टीमा बुझाउने व्यवस्था गरेर समीक्षामा जान सकिने बताएका थिए।

    कृषिमन्त्रीसमेत रहेका नेता घनश्याम भुसालले पार्टी स्थायी समितिमै कार्यशाला चलाउन माग गरेका छन्। भुसालले आगामी बैठकअघि स्थायी कमिटीका सबै पदाधिकारी र सदस्यबीच ‘आजको पार्टी’ वा ‘कम्युनिस्ट पार्टीको आजको कार्यभार’ जस्ता विषयमा कार्यशाला आयोजना गर्न माग गरेका हुन्।

    ‘५–७ दिनको कार्यशाला आयोजना गरौं,’ भुसालले भने, ‘कार्यशालामा पार्टीका सैद्धान्तिक, राजनीतिक र सांगठनिक क्षेत्रका सबै विषयमा छलफल गरेर निष्कर्ष निकालियोस् र केन्द्रीय कमिटीमा ती निष्कर्ष पेस गरियोस्। केन्द्रीय कमिटीमा पनि त्यसैगरी विस्तारपूर्वक छलफल गर्ने व्यवस्था गरियोस।’ अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    गृहमन्त्री लामिछानेको नागरिकता विवादबारे सुनुवाइ सुरु

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज पनि...

    लोकदोहोरी गायक भीम पौडेलको निधन, पोखरामा अन्त्येष्टि गरिने

    काठमाडौं । लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ । राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानका अध्यक्ष...

    स्वास्थ्य राज्यमन्त्री कार्कीको स्पष्टीकरण- राज्य छ भन्ने अनुभूति दिलाउन प्रेमलाई भेटें

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले आत्मदाह गरेका प्रेमप्रसाद आचार्यलाई राज्य छ...

    झापाको चिया बगानमा युवक-युवती मृत भेटिए

    काठमाडौं । झापामा एक जना युवक र एक जना युवती मृत फेला परेका छन् ।...

    एमाले अध्यक्ष ओली बालुवाटारमा

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रधानमन्त्रीको सरकारी...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं