SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/२ गते
    ८६२ &#२३४६;&#२३३५;&#२३२५;

    रामेछाप, । द्वन्द्वकालीन समयमा लामो समय बसेर रणनीति निर्माण तथा मोर्चा परिचालन गरेको रामेछापको दुर्गम गाउँ लाच्छोर तत्कालीन माओवादीका नेता तथा हालका गृहमन्त्री रामबहादुर थापा बादलले बिर्सिएका छन्। जिल्लाको उमाकुण्ड गाउँपालिका–लमा पर्ने सो दुर्गम गाउँलाई गृहमन्त्री थापाले बिर्सिए पनि गाउँलेले उनलाई सम्झिरहेको स्थानीयले बताएका छन्।

    ‘हाम्रो गाउँमा लामो समय बसेर रामबहादुर थापाले युद्धको रणनीति बनाए, मोर्चा परिचालन गरे, त्यसैको आधारमा अहिले गृहमन्त्रीसम्म बनेका छन्,’ स्थानीय तेण्डी शेर्पाले, ‘त्योबेला हाम्रो गाउँमा उनको राम्रो खेलखोर थियो तर अहिले उनले त्यो सबै सबै बिर्सिएजस्तो लाग्छ।’ लाच्छोर गाउँलाई थापाले बिर्से पनि आफूहरूले भने उनलाई सम्झिरहेको शेर्पाले बताए। उनका अनुसार थापालगायत नेताहरूले बिर्सिएकै कारण लाच्छोर गाउँ यतिबेला विकासको दृष्टिले अ‍ोझेलमा परेको छ। थापा बस्दा लाच्छोर गाउँ जस्तो दुर्गम थियो आज पनि त्यस्तै दुर्गम छ।

    सशस्त्र द्वन्द्वको समयमा थापाले पाँच वर्षभन्दा बढी समय सोही गाउँलाई आफ्नो सेल्टरका रूपमा प्रयोग गरेका थिए। उनले चार महिना त एउटै घरमा बसेर युद्धको रणनीति बनाउने र मोर्चाहरू परिचालन गर्ने काम गरेको स्थानीय बताउँछन्। सरकारी सुरक्षाकर्मी हत्तपत्त पुग्न नसक्ने भएकाले माओवादीलेत स्थानको रूपमा त्यसलाई प्रयोग गरेको स्थानीयको भनाइ छ। द्वन्द्वकालीन समयमा माओवादीले सो गाउँमा ठुलो संख्यामा सैन्य तालिमसमेत सञ्चालन गरेका थिए। त्यो बेला गाउँलेले प्रति घर ३० देखि ४० हजार रुपैयाँसम्म चन्दा दिएर माओवादीलाई सहयोग गरेका थिए। सो क्षेत्रको कमान्ड सम्हालेर मोहन वैद्य, कृष्णबहादुर महरालगायत नेता पनि सो गाउँमा केही समय बसेको स्थानीय बताउँछन्।

    द्वन्द्वको समयममा माओवादीले रामेछाप, ओखलढुंगा, सोलुखुम्बु जिल्लालगायत पूर्वको कमान्ड र मोर्चा परिचालन यही लाच्छोर गाउँबाटै गर्ने गरेको स्थानीय बताउँछन। तर त्यहीं डेरा जमाएर, युद्धमा होमिएर सफल बनेका नेताले त्यस ठाउँको भौगोलिक विकटता बुझेर पनि सम्झनासमेत नराखेकोमा स्थानीय दुःखी भएको तेण्डी शेर्पा बताउँछन्। उनले भने पञ्चायतकालमा नाम कहलिएका नेता नवराज सुवेदी, नेकपाका नेता देवशंकर पौडेलसमेत लाच्छोर पुगेर गाउँलेको दुःख देखे पनि कसैले फकेर नहेरेको शेर्पाको गुनासो छ। ‘माननीयको चुनावमा मान्छे नै नचिनी गाउँको अगुवाले भनेकै भरमा पार्टीलाई भोट हाल्यौं,’ उनले भने, ‘तर नेताले भने कहिल्यै यो दुर्गम गाउँलाई फर्केर हेरेनन।’

    फिजारिएको बस्ती भए पनि लाच्छोरमा ३२ घरधुरीको बसोबास रहेको छ। सरकारी सेवा सुविधाको ओझेलमा परेको उक्त बस्तीमा लिखु खोला हाइड्रो पावरका कारण सडकको ट्र्याक सवारीसाधन राम्ररी कुद्न सक्ने स्तरको छैन। कुनामा लुकेको लाच्छोरको बस्तीबाट वडाको केन्द्रसम्म पुग्न पैदल करिब चार घण्टा लाग्छ। न सडकको सुविधा छ, न त वडा, पालिका र जिल्लासँग सीधा सञ्चार सुविधा नै छ। आपतविपत प¥यो भने तत्काल सम्बन्धित निकायमा खबर गर्न सक्ने अवस्था छैन। मानिस बिरामी भए वा केही अप्ठेरो पर्दा खर्च गरेर हेलिकप्टरकै भर पर्नुपर्ने अवस्था रहेको स्थानीय आङभाइ शेर्पाले बताए। उनका अनुसार आयस्रोत कम भएकाहरू उपचार नपाई गाउँमै मर्नुपर्ने अवस्था छ। नागरिक दैनिकले खबर छापेकाे छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ५ वर्ष नवीकरण नभए गण्डकी प्रदेशमामा गाडी नै जफत

    पोखरा । गण्डकी प्रदेशमा दर्ता भएर नवीकरण नै नभएका सवारी साधनको संख्या ३० हजार पुगेको...

    ५० हजार एकमुस्ट भूकम्प प्रभावितलाई दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई अस्थायी आवास बनाउन...

    २२ गतेदेखि आठौं पर्वतीय महोत्वस, यसवर्ष ५ दिन मनाइने

    पोखरा । नेपाल पर्वतारोहण संघले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने...

    यज्ञ सापकोटाको लयमा सुरज अगस्ती धुर्व रेग्मी लक्ष्मी खड्काको चिसो हावाले..

    सुमन ढकाल,काठमाण्डौ। चिसो हावाले’ बोलको गीत अकला देवी म्युजिकबाट युट्युबमा विश्वभर सार्वजनिक भएको छ ।...

    परिवारलाई थाहा नै नदिई दुई महिनाअघि मात्रै भिजिट भिसामा रुस पुगेका थिए राजकुमार

    काठमाडौँ | दोलखाको मेलुङ गाउँपालिका–६ सुनारपानीका राजकुमार रोक्का भिजिट भिसामा रुस पुगेको दुई महिना मात्रै...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं