SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/२ गते
    १४५१ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा पार्टी एकता र सरकार गठनको दुई वर्ष सन्तोषजनक नभएको भन्दै नेताहरूले नेतृत्वलाई जनताप्रति उतरदायी हुन सुझाव दिएका छन् ।पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा मंगलबार बसेको बैठकमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्तावप्रति आफ्नो धारणा राख्दै नेताहरूले पार्टी र सरकार सञ्चालन सम्बन्धमा असन्तुष्टि व्यक्त गरेका हुन् ।

    नेकपा स्थायी कमिटीका सदस्य एवं कृषिमन्त्री घनश्याम भुसालले बैठकमा पार्टी एकता र सरकार गठनको दुई वर्ष सन्तोषजनक नभएको टिप्पणी गरे । पार्टी र सरकार सञ्चालन सम्बन्धमा असन्तुष्टि व्यक्त गर्दै भुसालले नेतृत्वलाई जनताप्रति उत्तरदायी हुन सुझाव दिए ।

    ‘दुई वर्षलाई हेर्दा निर्वाचन जित्नु र बहुमतको सरकार बनाउनु नै सबैभन्दा ठूलो कुरा हो, सबै समस्याको समाधान हो भन्ने कोणबाट हामीले जनतालाई प्रशिक्षित गर्दै छौं भन्ने देखिन्छ । कमरेडहरू ! खासगरी नेतृत्वका कमरेडहरू ! उत्तेजनाहीन र आग्रहहीन भएर धर्ती टेकौं !’ भुसालले पेस गरेको लिखित सुझावमा उल्लेख गरिएको छ ।

    क्रान्तिसम्बन्धी सिद्धान्त र मान्यता राजतन्त्रविरुद्ध जनवादी क्रान्तिका लागि विकसित र अभ्यास गरिएको बताउँदै उनले त्यो क्रान्ति नै सम्पन्न भइसकेपछि र नयाँ कार्यभार अगाडि आइसकेपछि अब नेकपाले जुन नयाँ उचाइबाट विचार र संगठनलाई विकसित गर्नुपथ्र्याे त्यो हुन नसकेकाले सबै क्षेत्रमा नयाँनयाँ समस्या देखा परिरहेको बताए ।एउटा राजनीतिक पार्टीले अनगिन्ती समस्या सामना गर्नुपर्ने तर तिनको अध्ययन र समाधान भने विचार र संगठनको एउटा निश्चित ढाँचाबाट हुने गरेको बताउँदै भुसालले नेकपालाई नयाँ ढाँचामा उभ्याउन नेतृत्वले हिम्मत गर्नुपर्ने सुझाव दिए ।

    ‘राजनीतिक पार्टी सत्तामा पुगेपछि जनतासँग आफैंले गरेका वाचाहरूको कठिनतम परीक्षामा सामेल हुन्छन् । आज हामी त्यही परिक्षामा छौं । गएका दुई वर्ष हामी अलमलिएको जस्तो देखिएका छौं । बाँकी समयको हरेक क्षण हाम्रा लागि असाधारण महत्वका छन्,’ भुसालले आफ्नो सुझावमा उल्लेख गरेका छन् ।‘हरेक क्रान्तिको वास्तविक अनुहार क्रान्तिपछि देखिन्छ । क्रान्तिका उपलब्धिबाट बढी उत्साहित क्रान्तिकारीहरूले भविष्यका चुनौतीलाई नजरअन्दाज गर्दा र झन् ठूला कार्यभार नदेख्दा क्रान्ति ओरालो लाग्न थाल्छन् । अर्थात् क्रान्ति गर्नु महत्वपूर्ण छ तर क्रान्तिलाई जोगाउनु अझ महत्वपूर्ण छ । किनकि क्रान्तिकारी हुनुभन्दा क्रान्तिकारी भइरहनु धेरै गाह्रो हुन्छ,’ उनले भनेका छन् ।

    भुसालले अघि भनेका छन्, ‘क्रान्तिबाट आएको हाम्रो पिँढीले अझ बढी त्याग गर्न आफू तयार भएको र त्यसका लागि तयार रहन आमजनतालाई आह्वान गर्नुपथ्र्याे । किनकि, त्यसले हामीलाई क्रान्तिमाथि खेलबाड हुन सक्ने खतराबाट जोगाउँछ । क्रान्तिले इतिहासका सबै गल्तीको हिसाबकिताब चुक्ता गरिहाल्दैन बरु खाता मात्रै खोल्छ ।’

    गएको १० वर्षदेखि नेपाली जनवादी क्रान्ति सम्पन्न भएको निष्कर्षले हाम्रो आन्दोलनलाई सैद्धान्तिक रूपमा डो¥याएको बताउँदै उनले सामन्तवाद अन्त्य भएको र समाज पुँजीवादी भएको तथ्यलाई देखेको हुँदा त्यो निष्कर्षमा पुगेको बताए । तर, त्यस सैद्धान्तिक निष्कर्षको महत्वलाई राजनीति र संगठनका क्षेत्रमा स्थापित गर्न नसकेको बताउँदै उनले पूर्वनेकपा एमाले र नेकपा माओवादी मात्रै नभई आजको एकीकृत पार्टीले समेत त्यो काम जिम्मेवारीपूर्वक गर्न नसकेको टिप्पणी गरेका छन् । सिद्धान्तको सत्यतालाई सैद्धान्तिक रूपले मात्रै पुष्टि गर्ने पद्दति माक्र्सवादी पद्दति नभएको बताउँदै उनले माक्र्सवादले हरेक सैद्धान्तिक निष्कर्षको परीक्षण वास्तविक जीवनमा खोज्ने गरेको बताए । राजधानी दैनिकले खबर छापेकाे छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    माओवादी केन्द्र कोशी सरकारबाट बाहिरियो

    विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार सरकारमा सहभागी मन्त्रीले...

    तीन महिनाभित्र बाँकी महसुल नतिरे फेरि उद्योगको लाइन काट्छौं : कुलमान घिसिङ

    काठमाडौं। नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले तीन महिनाका लागिमात्र विद्युत महसुल नतिर्ने उद्योगको लाइन...

    आफन्तलाई आजै शव दिइने :सौर्य विमान दुर्घटना

    काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुगेको छ । त्रिवि शिक्षण...

    भोलि बेलुकासम्म पहिचान भएका शव आफन्तलाई दिन सकिन्छ : स्वास्थ्यमन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान...

    अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा प्रदेश सरकारलाई हस्तान्तरण

    पोखरा। अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय अपाङ्गता महासंघ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं