SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/२९ गते
    ५५७ &#२३४६;&#२३३५;&#२३२५;

    धरान, । शुक्रबार मध्यरात अञ्जु साह शौच गर्न बाहिर निस्किइन् । सँगै अर्को घरको मूल ढोकाको ग्रिलमा शंकास्पद वस्तु देखेपछि उनले श्रीमान् राजेशलाई उठाइन् । रातो झोलामा जे पनि हुन सक्ने आकलन गर्दै राजेशले उक्त घरभित्र सुतिरहेका छोराछोरीलाई बाहिर निकाले । अर्को घरमा लगेर राखे ।

    शंकास्पद वस्तुबारे महेन्द्रनगर इलाका प्रहरीमा खबर गरियो । प्रहरी नआउँदासम्म परिवारका सबै सदस्य शंकास्पद वस्तुबाट टाढै बसे । प्रहरी निरीक्षक अमिरकुमार दाहाल नेतृत्वमा चार सुरक्षाकर्मीको टोली घटनास्थलमा आएको थियो । त्यस बेलासम्म राजेशले बुवा भिखारी साहलाई फोन गरी घरमा बोलाएका थिए । भिखारी पुख्र्यौली घरमा बस्दै आएका छन् ।

    ‘इन्स्पेक्टर साबले भन्नुभो– झोलामा केही छैन, तर्साउनका लागि केही राखेको होला’, उनले भने, ‘त्यसपछि झोला हटाउन खोज्दा एक्कासि पड्कियो । म बेहोस भएँ ।’धनुषाको क्षिरेश्वर नगरपालिका–५ महेन्द्रनगर कुसाई टोलमा प्रहरीको कमजोरीले बम विस्फोट भयो । बाबुछोरासहित तीन जनाले ज्यान गुमाए । घरधनी ४५ वर्षीय राजेश, उनका छोरा १५ वर्षीय आनन्दको घटनास्थलमै मृत्यु भएको हो । बमलाई ‘सामान्य वस्तु’ ठानेर चलाएका प्रहरी निरीक्षक दाहालको उपचारका क्रममा शनिबार बिहान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भयो ।

    राजेशका बुवा ७० वर्षीय भिखारी, छोरी १९ वर्षीया निकी भनिने अञ्जलीकुमारी, कान्छो छोरो १२ वर्षीय प्रकाश भनिने प्रेम र प्रहरी जवान रिजनाथकुमार महतो घाइते भएको धनुषा जिल्ला प्रहरीले जनाएको छ । यस्तै, स्थानीय सविता खातुन र अकबर मन्तुरी सामान्य भएका छन् । भिखारीको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ । तीन जनालाई धरान पठाइएको छ ।

    बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत घाइते । बम विस्फोट हुँदा उनीहरू घाइते भएका थिए । तस्बिर : रत्नप्रसाद आचार्य

    ‘प्रहरी आउनुअघि परिवारका सबै सदस्य घरबाहिर थिए’, स्थानीय विष्णुदेव महतोले भने, ‘तर, प्रहरीले शंकास्पद वस्तु हानिकारक नरहेको भनेपछि भित्र पसे । इन्स्पेक्टर सरले झोला उठाउनेबित्तिक्कै विस्फोट भयो ।’ परिवारका सदस्यमध्ये अञ्जु मात्रै सकुशल छिन् ।

    स्थानीय सुजित महतोले सिमसिम पानी र चट्याङ पर्दै गरेका बेला ठूलो आवाजमा विस्फोट भएको बताए । ‘सिमसिम पानी परिरहेको थियो । चट्याङ पर्दै थियो’, उनले भने, ‘बम विस्फोट हुँदा हामीले त चट्याङ लागेको भन्यौं । पछि घरछेउमै बम विस्फोटपछि क्षतविक्षत अवस्थामा मानिसहरू ढलेको देख्यौं ।’ बम झुन्ड्याइएको ग्रिल, घरको छाना, झ्यालको सिसा, शौचालयको ढोका, पक्की भित्तामा विस्फोटबाट क्षति पुगेको छ ।

    राजेश औषधि पसल सञ्चालन गर्दै आएका थिए । उनी यो क्षेत्रका नाम चलेका ‘महाजन’ थिए । उनले ब्याजमा ऋण दिन्थे । १५ वर्षभन्दा बढी समयदेखि ऋण कारोबार गर्दै आएका राजेशले सम्पत्ति पनि ‘रामै्र’ जोडेका थिए । महेन्द्रनगरमै पुख्र्यौली घर भए पनि पछिल्लो पाँच वर्षमा उनले दुइटा थप किनेका थिए । उनले ब्याजकै पैसाबाट डेरी उद्योगसमेत सञ्चालन गरेको स्थानीय बताउँछन् ।

    बम विस्फोट गराएको आशंकामा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रदेश २ संयोजकसहित तीन जना पक्राउ परेका छन् । प्रदेश संयोजक ५१ वर्षीय सीतादेवी महरा, केन्द्रीय सदस्य ४१ वर्षीय ललिता महरा र रामसोभित गाहालाई पक्राउ गरिएको डीएसपी रामेश्वर कार्कीले बताए । उनीहरूविरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    शनिबार जिल्ला सुरक्षा समन्वय समितिको बैठक बसेको थियो । घटनामा संलग्न अपराधीलाई तत्काल पक्राउ गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले बताए । ‘समीक्षामा प्रहरी निकायबाट भएको कमजोरी तथा आगामी दिनमा यस्ता घटना हुन नदिन सुरक्षा निकायलाई सचेत रहन भनिएको छ’, प्रमुख जिल्ला अधिकारी कणेलले भने, ‘रातिको घटना दुःखद र निन्दनीय छ । सुरक्षा निकाय अनुसन्धानमा लागिरहेको छ । अपराधीलाई छिट्टै कानुनी दायरामा ल्याउँछौं ।’ घटनाको बृहत् अनुसन्धानका लागि प्रहरी निरीक्षक उमाशंकर साहको नेतृत्वमा सात सदस्यीय टोली गठन गरिएको छ । अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतको बिहादीमा बिशेषज्ञ सहितको बृहत निःशुल्क स्वास्थ्य शिविर हुँदै

    पर्वत।पर्वतको बिहादी गाउँपालिकामा बिशेषज्ञ सहितको बृहत निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । बिहादी-३ रानीपानीको...

    अनिवार्य रुपमा क्रसर खोल्नुअघि सार्वजनिक सुनुवाई गर्नुपर्ने प्रस्ताव

    काठमाडौं । नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका सांसदहरुले क्रसर खोल्नुअघि अनिवार्य रुपमा सार्वजनिक सुनुवाई...

    नक्कली गार्ड र शिक्षक एसईईमा चिट चोराएको आरोपमा पक्राउ

    काठमाडौं । एसईई परीक्षामा चिट चोराएको आरोपमा बारा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।...

    चार दिन अघि कर्णाली पुलबाट हाम फालेका युवकको शव भेटियो

    घोडाघोडी। चार दिन अघि कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका युवकको शव...

    पूर्वराजा ज्ञानेन्द्र शाह मधेश र चितवनपछि अब कर्णाली भ्रमणमा

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता बढेको छ । उनी नागरिक अभिनन्दनसहित विभिन्न जिल्लाको भ्रमणमा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं