SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/२९ गते
    ६४१ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, । समाजवादी पार्टीले भारतविरोधी एउटा कार्यक्रममा सहभागी भएको कारण देखाउँदै पार्टीकी राजनीतिक समितिका सदस्य रेखा यादवलाई कारबाही गर्ने भएको छ। यादवलाई कारबाही गर्न उनलाई पार्टीले स्पष्टीकरण सोधेको छ। स्पष्टीकरणपछि यादवलाई कारबाही गरिने पार्टीका नेताहरूले जनाएका छन्।यसअघि पार्टीले स्वतन्त्र तिब्बत कार्यक्रममा सहभागी भएको भनी पार्टीका सांसद प्रदीप यादवलाई पार्टीबाट निलम्बन गरेको छ।

    समाजवादी पार्टीकी उपाध्यक्ष रेणु यादवले पाकिस्तानी दूतावासले गरेको कार्यक्रममा सहभागी भएको विषयमा पार्टीमा उजुरी आए पछि रेखालाई स्पष्टीकरण सोध्ने निर्णय गरिएको बताइन्। कात्तिकको दोस्रो हप्ता नेपालस्थित पाकिस्तानी दूतावासले जम्म्मु काश्मिरमाथि लगाइएको संविधानको धारा ३७० खारेज गर्ने निर्णयको विरोधमा गरेको कार्यक्रममा यादव अतिथिका रूपमा सहभागी भएकी थिइन्। कार्यक्रममा यादव सहभागी भएको फोटोसहित पार्टीमा उजुरी दर्ता भएको थियो। यादवले उक्त कार्यक्रममा जानुअघि पार्टीका अध्यक्ष उपेन्द्र यादव र पार्टीका कुनै नेतालाई जानकारी गराएकी थिइनन् भने सहभागी भएपछि पनि उनले यसबारेमा केही बोलेकी थिइनन्।

    ‘पार्टीलाई कुनै जानकारी नगराई कार्यक्रममा सहभागी भएको विषयमा पार्टीले स्पष्टीकरण सोध्ने निर्णय भएको हो,’ उपाध्यक्ष रेणुले भनिन्। स्रोतका अनुसार पाकिस्तान दूतावासले गरेको उक्त कार्यक्रममा जम्म्मु काश्मिरमा भारत सरकारले गरेको निर्णयको विरोधमा सहभागीले विरोध प्रकट गरेका थिए। उक्त कार्यत्रममा सहभागी हुनु पार्टीका नीतिविपरीत भएको पार्टीका अर्का एक नेताले बताए।

    यसरी समाजवादी पार्टीले अर्की नेतृ सुनिता साहलाई पनि कारबाही नै गरेको छ। उपाध्यक्ष रेणुले सुनितालाई निलम्बन गरिएको स्पष्ट्र पारिन्। केही दिन अघि ‘मानव बेचविखनमा चिनीयाँहरूको हात’ विषयमा काठमाडौंमा गरिएको गरिएको एक कार्यक्रममा सहभागी भएको विषयमा पार्टीले सुनितालाई निलम्बन गरेको हो। सुनिता समाजवादी पार्टीकी सप्तरीमा नेतृ हुन्। सुनिताले पनि पार्टीलाई जानकारी नगराई उक्त कार्यक्रममा सहभागी भएकी थिइन्।

    समाजवादी पार्टीले यसअघि पार्टीका सांसद प्रदीप यादवलाई कारबाही गरेको छ। यादव अहिले पनि निलम्बनमा परेका छन। गत जेठमा इन्टरनेसनल नेटवर्क पारलियामेन्टरी अन फ्रि तिब्बत नामक संस्थाले लाटिभियामा गरेको कार्यक्रममा यादव सहभागी भएका थिए। उनलाई समाजवादी पार्टीले ६ महिनका लागि असारमा निलम्बन गरेको थियो। यादव उक्त कार्यक्रममा सासद यादवले पार्टीलाई जानकारी नगराई पुगेका थिए। यादव कार्यक्रममा सहभागी भएपछि मात्र पार्टीका नेताहरूले उक्त कार्यक्रमबारे जानकारी पाएका थिए। नेपालनको नीतिविपरीत सांसद यादव फ्रि तिब्बत कार्याक्रममा सहभागी भएका थिए। नेपालस्थित चिनियाँ दूतावासका अधिकारीको गुनासोपछि समाजवादी पार्टीले उनलाई कारबाही गरेको थियो।

    स्रोतका अनुसार बिहीबार बसेको पार्टीको पदाधिकारी बैठकमा रेखा र सुनितालाई कारबाही गर्ने विषयमा छलफल भएको थियो। रेखालाई स्पष्टीकरण सोध्ने र सुनितालाई निलम्बन नै गर्ने निर्णय पदाधिकारी बैठकमा गरिएको थियो। पदाधिकारी बैठकमा मंसिर १४ गते सम्पन्न उपनिर्वाचनको परिणामबारे पनि समीक्षा भएको थियो। उपनिर्वाचनको परिणाम पार्टीको लागि सकारात्मक भएको निष्कर्ष निकालिएको उपाध्यक्ष रेणुले बताइन्। यसैगरी प्रधानमन्त्रीले गरेको मन्त्रिमण्डल पुनर्गठनको विषयमा पनि समिक्षा भएको थियो। संविधान संशोधनका लागि दबाब दिन तत्काल सरकार छाड्न नहुने निष्कर्ष पदाधिकारी बैठकमा गरिएको स्रोतले बतायो। नागरिक दैनिकले खबर छापेकाे छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    उपनिर्वाचनः मौन अवधि आज रातिदेखि, यी कार्य गरे हुन्छ कारबाही

    काठमाडौँ । यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र...

    कृस्ती पोखरा सम्पर्क समाजको अध्यक्षमा सुवेदी

    पोखरा । कृस्ती पोखरा सम्पर्क समाजको आठौं साधारण सभा तथा छैटौं अधिवेशनले उमानाथ सुवेदीको अध्यक्षतामा...

    पोखरा महानगरपालिका वडा नं १० द्धारा वडा भित्रका सामुदायिक विद्यालयलाई स्टेशनरी वितरण

    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १० ले वडा भित्र रहेका सामुदायिक विद्यालयहरुलाई स्टेशनरी सामाग्री...

    बाग्लुङ बाट पोखरा जाँदै गरेको कार बन्द्रेविडी मा बिजुलीको पोलमा ठोकिएर दुर्घटना

    गोबिन्द रिजाल, पर्वत । बाग्लुङ बाट पोखरा जाँदै गरेको ग ३ च ६५१ नम्बर को...

    पत्रकार श्रेष्ठको निधनले महासंघ स्तब्ध

    काठमाडौं । नेपाल पत्रकार महासंघ थाहा सञ्चार प्रतिष्ठान शाखाका राष्ट्रिय परिषद् सदस्य निरा श्रेष्ठ ‘निरु’...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं