SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/२० गते
    ६७४ &#२३४६;&#२३३५;&#२३२५;

    कुश्मा । नेपाल भूकम्पीय जोखिमका दृष्टिकोणले अत्यन्तै संबेदनशील क्षेत्रमा पर्ने र विगतका भूकम्पहरुको विनाशलाई केलाएर हेर्दा भूकम्पद्वारा हुने क्षति विशेष गरी शहरी क्षेत्र वा घना बस्ती भएका क्षेत्रहरुमा केन्द्रित भएको पाइने र यस्को प्रमुख कारण अव्यवस्थित शहरी विकास एवं कमजोर घर तथा संरचनाहरुको निर्माण भएको देखिएकोले भूकम्पीय सुरक्षा अभिवृद्धिका लागि शहरी विकासको प्रकृया एवं घर तथा संरचनाहरुको निर्माणमा भूकम्पीय सुरक्षाको अवधारणालाई समाहित गर्नका लागि नगरपालिकाद्धारा गरिने राष्ट्रिय भवन संहिता कार्यन्वयन कार्यलाई सघाउनेमध्येको एक कार्यको रुपमा “दरो घर दिगो बस्ती” कार्यक्रम कार्यन्वयनका लागि पर्बतको कुश्मा नगरपालिकामा प्राबिधिक ज्ञान दिलाउने अभिप्रायले भूकम्पप्रबिधि राष्ट्रिय समाज-नेपाल (एनसेट) को प्राबिधिक सहयोगमा एक हप्ते डकर्मी तालिमको शुरु गरिएको छ ।

    कार्यक्रमको उदघाटन नगरपालिकाको उप मेयर सिता कुमारी काफ्लेले गर्नु भएको थियो । उदघाटनको क्रममा उप मेयर काफ्लेले वरिष्ठ स्ट्रक्चरल इन्जिनियर रामकुमार श्रेष्ठको अथक प्रयाशका कारण नगरपालिकामा शुरु भएको यस कार्यक्रमले सहभागीहरुलाई व्याबहारिक रुपमा भूकम्प प्रतिरोधी भवन निर्माणसम्बन्धी ज्ञान दिलाउने भएकोले नगरपालिकाका सबै वडाहरुबाट सहभागी हुने गरी आएका सहभागीहरुका कारण आगामी दिनमा नगरपालिकाभित्र भूकम्प प्रतिरोधी भवनहरुको निर्माणमा यो तालिमले महत्वपूर्ण योगदान दिने कुरामा आफू आशाबादी भएको बताउँदै सहभागीहरुलाई
    यो अबसरको राम्ररी सदुपयोग गर्न आग्रह गर्नु भयो ।

    वरिष्ठ स्ट्रक्चरल इन्जिनियर रामकुमार श्रेष्ठले यस तालिमका कारण प्राप्त हुने भूकम्प प्रतिरोधी भवनहरुको निर्माणको व्याबहारिक ज्ञान र सीपका कारण नगरपालिकाभित्र त्यस किसिमका भवनहरुको निर्माणका संभावना बढ्ने भएकोले भबिस्यमा हुने बिगतका जस्ता भूकम्पका कारण नगरपालिकाभित्र हुने धन जनको क्षति न्यूनिकरण हुने बताउँदै विकसित देशमा जनताको सुरक्षाको बिषयलाई कसरी उच्च प्राथमिकता दिइन्छ भन्ने कुराका केही उदाहरण पेश गर्नु भयो ।

    सबै वडाबाट सहभागिता जनाइएको उक्त तालिममा करीब तीन दर्जन डकर्मीहरु सहभागी छन र प्रत्येक दिन सैद्धान्तिकका साथसाथै व्याबहारिक ज्ञान दिलाइन्छ । नगरपालिकाका प्रशासकिय अधिकृत ध्रुबराज पौडेलद्धारा स्वागत मन्तब्य ब्यक्त गरिएको र नगरपालिकाका अधिकृत चक्रपाणी सुबेदीद्धारा उदघोषण गरिएको उक्त कार्यक्रममा भूकम्पप्रबिधि राष्ट्रिय समाज-नेपाल (एनसेट) का इन्जिनियरद्धय दर्शन मल्ल र कपिल रिजाल, नगरपालिकाका महिला विकास अधिकृत चेत कुमारी शर्मा। नगरपालिकाका इन्जिनियर सञ्जय लामिछानेको उपस्थिति थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ५ वर्ष नवीकरण नभए गण्डकी प्रदेशमामा गाडी नै जफत

    पोखरा । गण्डकी प्रदेशमा दर्ता भएर नवीकरण नै नभएका सवारी साधनको संख्या ३० हजार पुगेको...

    ५० हजार एकमुस्ट भूकम्प प्रभावितलाई दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई अस्थायी आवास बनाउन...

    २२ गतेदेखि आठौं पर्वतीय महोत्वस, यसवर्ष ५ दिन मनाइने

    पोखरा । नेपाल पर्वतारोहण संघले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने...

    यज्ञ सापकोटाको लयमा सुरज अगस्ती धुर्व रेग्मी लक्ष्मी खड्काको चिसो हावाले..

    सुमन ढकाल,काठमाण्डौ। चिसो हावाले’ बोलको गीत अकला देवी म्युजिकबाट युट्युबमा विश्वभर सार्वजनिक भएको छ ।...

    परिवारलाई थाहा नै नदिई दुई महिनाअघि मात्रै भिजिट भिसामा रुस पुगेका थिए राजकुमार

    काठमाडौँ | दोलखाको मेलुङ गाउँपालिका–६ सुनारपानीका राजकुमार रोक्का भिजिट भिसामा रुस पुगेको दुई महिना मात्रै...

      Loading…

      फेसबुकमा हामीलाई लाईक गरौं