SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/१९ गते
    २१४७ &#२३४६;&#२३३५;&#२३२५;

    सर्वप्रथम प्यारी दिज्यु लाई मीठो सम्झना सहित दर्शन गर्न चाहे । पक्कै पनि दिज्यु अहिलेसम्म तपाईं र मेरो प्रत्यक्ष भेट भएको छैन र सामाजिक संजालमा जोडिएको पनि धेरै समय भएको छैन तर दिज्यु जब म हजुर संग सामाजिक संजालमा जोडिए मैले धेरै कुराहरु सिक्न पाए हजुरले गरेको कार्यहरु बाट किन कि दिदी म एउटा गरिब पनि सामाजिक अभियान्ता बन्ने उदेश्य लिएर अहोरात्र सेवामा खटिएको अबगत गराउन चाहन्छु ।

    साच्चिकै दिदी जब तपाइबाट धेरै कुराहरु अप्रत्यक्ष रुपमा भएपनी सिक्ने अबशर पाए अनि मलाइ अझ थप जोश जागरुक भएर समाज परिबर्तनमा खटिन हौसला मिल्यो । दिदी आज म धेरै खुशी छु किन कि तपाईं हरेक नेपाली हरु को मन मस्तिष्कमा बस्न सफल हुनुभएको छ र दुखी पनि छु दिदी तपाइजस्तो सामाजिक उत्तरदायित्व बहन गर्न सक्ने महिला समाजका सकारात्मक गतिविधिमा अबल महिला संगै आफ्नै देशमा बसेर काम गर्न नपाउदा । म बुझुछु दिदी त्यो रहर नभएर बाध्यता होला धेरै नेपाली हरु बिदेश गएर बालबालिका पढाउने घरपरिवार हेर्ने जटिल समस्या बनेको छ नेपालमा ।

    म चाहन्छु दिदी हजुर जस्तो महान ब्यक्तित्व हरु आज नेपाल मै भएको भए धेरै नेपालीहरु पीडित र चेलीबेटी हरु रुनु पर्दैनथ्यो होला किन कि दिज्यु हजुर हरेक चेलिबेटी को अभिभावक हो । जीवन जिउने सवैको आ आफ्नै तरिका हुन्छ, कतिपयले जिन्दगीलाई हर्ष उल्लासका साथ बिताइदिन्छ्न भने कोहि जिन्दगिभरी रोइरहन्छन । सबैको आफ्नो आफ्नो चाहाना हुन्छ, जीवन यस्तो होस भन्ने कामना हुन्छ, मान्छे आफ्नो जिन्दगीमा दु:खद समय कहिलेपनी नआओस भनेर कामना गरिरहन्छ, त्यसैको लागि कति मेहनत गर्छ, पैसा कमाँउछ । साथिभाई इस्टमित्र तथा अन्य असल मान्छेको संगत गर्छ । त्यतिले मात्र नपुगेर विभिन्न मठ मन्दिरमा धाउनुको साथै पुजा अर्चना,दान, भेटी, नैबेद, तथा विभिन्न पशुपन्क्षीको बलि चढाउने समेत गरिरहेको हुन्छ यो सबै आफ्नो सुखको लागि हो आत्म सन्तुष्टिको लागि हो । तर के मानिसले बास्तवमै यी माथी उल्लेखित कार्यहरु गरेर सुख प्राप्ति गरिरहेको छ त ? के दु:ख मेटिएको छ त ? के मन शान्ती भएको छ त ? अहँ पटक्कै छैन ।

    जति गरेपनि मानिसले खुसी भेट्नै सकेको छैन तर दिज्यु हजुर अहिले जुन कार्यहरू गर्नुभएको छ मेरो नजरमा खुशी त्यही हो दिज्यु तपाईं हरेक नेपालिहरु को दुख मा सहयोग साथ दिनुभएको छ् त्यसैले खुशी त्यही हो । नेपाल का हरेक जिल्लामा जहाँ दुख पर्छ जहाँ अस्पताल को अभाव छ त्यहा तपाईंले सजिलै संग सहयोग गरेको देख्दा मेरो मात्रै हैन सबै नेपाली हरुको मन आनन्दीत र खुशी को आशु झर्छ। । हामी भाग्यमानी हौ दिज्यु तपाइँहरुले गरेको काम योगदान देखेर आज हामिलाई समाज परिबर्तन को यात्रामा हौसला मिलेको छ । समय र परिस्थितिले नेपाल भन्दा बाहिर रहेता पनि सधैं हजुरको मन नेपाल का दिन दुखी र प्राकृति प्रकोप ले ठगिएका दाजुभाइ दिदिबहिनी बुबा आमा हरु प्रती सधै समपिर्त रहोस् ।

    दिज्यु महान हुनुहुन्छ मेरो हेराइमा सबैलाई सम्मानले हेर्नु भएको छ । न कशैको रिस नकशैको डाहा । अरुको प्रगतिमा रमाउनु हुन्छ सलुट छ दिज्यु हजुरलाई सधैब भगवानले रक्षा गरुन दिज्युले आटेको कामहरु सबै पुरा हुन सधै अटल र अबल भएर अगाडी बढनु हाेस हजुरको साथमा हामी छौ ।
    भरत के शि
    मेडिकल ल्याब विद्यार्थी
    बुटवल रुपन्देही

    प्रतिकृया दिनुहोस्

    Loading...

    ५ वर्ष नवीकरण नभए गण्डकी प्रदेशमामा गाडी नै जफत

    पोखरा । गण्डकी प्रदेशमा दर्ता भएर नवीकरण नै नभएका सवारी साधनको संख्या ३० हजार पुगेको...

    ५० हजार एकमुस्ट भूकम्प प्रभावितलाई दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई अस्थायी आवास बनाउन...

    २२ गतेदेखि आठौं पर्वतीय महोत्वस, यसवर्ष ५ दिन मनाइने

    पोखरा । नेपाल पर्वतारोहण संघले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने...

    यज्ञ सापकोटाको लयमा सुरज अगस्ती धुर्व रेग्मी लक्ष्मी खड्काको चिसो हावाले..

    सुमन ढकाल,काठमाण्डौ। चिसो हावाले’ बोलको गीत अकला देवी म्युजिकबाट युट्युबमा विश्वभर सार्वजनिक भएको छ ।...

    परिवारलाई थाहा नै नदिई दुई महिनाअघि मात्रै भिजिट भिसामा रुस पुगेका थिए राजकुमार

    काठमाडौँ | दोलखाको मेलुङ गाउँपालिका–६ सुनारपानीका राजकुमार रोक्का भिजिट भिसामा रुस पुगेको दुई महिना मात्रै...

      Loading…

      फेसबुकमा हामीलाई लाईक गरौं