SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/१९ गते
    ६७८ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं,। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेट्ने समय नमिलाएपछि पूर्वप्रधानमन्त्री एवं नेकपा वरिष्ठ नेता माधवकुमार नेपालको भारत भ्रमण रोकिएको छ । भारतीय राजनीतिक नेतृत्वसँग सिधा छलफलका लागि नेता नेपाललाई विशेष दूत बनाएर पठाउने निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।

    केही समय अघि भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी सभावेश गरेपछि नेपालमा चर्को विरोध भइरहेको छ। त्यसबाट उत्पन्न परिस्थितिका विषय छलफल गर्न नेता नेपाल सरकारको विशेष दूतका रुपमा दिल्ली जाने तयारी गरेका थिए।

    भेटघाटका लागि दुवै देशका परराष्ट्र मन्त्रालयमार्फत समन्वय भइरहेको छ। तर, प्रधानमन्त्री मोदीको समय नमिलेका कारण नेता नेपालको दिल्ली भ्रमण रोकिएको ब्रिफिङ नेकपाको सचिवालय बैठकमा गरिएको छ।

    बुधबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा बसेको सचिवालय बैठकमा यसबारे छलफल भएको थियो। बैठकमा सहभागी एक नेताका अनुसार अध्यक्ष पुष्पकमल दाहाल र नेता नेपालले पछिल्लो प्रगतिबारे ब्रिफिङ गरेका थिए।

    ‘सीमा विवादका विषयमा सिधा छलफल गर्न प्रधानमन्त्री ओलीले माधव नेपाललाई भारत पठाउने निर्णय गर्नुभएको हो। नेपालले आफू जाने तयारी गर्नुभएको छ,’ ती नेताले भने, ‘तर, भारतीय प्रधानमन्त्री मोदीको भेट्ने समय मिलिसकेको छैन। उहाँको समय मिलाउने प्रयास भइरहेको छ। उताबाट समय मिले लगत्तै उहाँ दिल्ली जानुहुन्छ।’

    नेपाल–भारत सीमा समस्यामा राष्ट्रिय धारणा बनाउन प्रधानमन्त्री ओलीले कार्त्तिक २३ गते सर्वदलिय बैठक बोलाएका थिए। बैठकमा सीमा विवादलाई कुटनीतिक तवरले हल गरिनुपर्ने नेताहरुले सुझाव दिएका थिए। त्यहि निर्णय अनुरुप प्रधानमन्त्रीले नेता नेपाललाई सिधा संवादका लागि दिल्ली पठाउने निर्णय गरेका थिए। तर प्रधानमन्त्री आफैं अस्वस्थ र मोदीले भेट्ने समय नमिलाएपछि नेता नेपालको भ्रमण रोकिएको हो। सीमा विवाद चर्किएपछि त्यसलाई लिएर भारत र नेपालका पूर्वपरराष्ट्रसचिवहरूले कडा प्रकृतिका अभिव्यक्तिहरू पनि सार्वजनिक गरिरहेका छन्। कान्तिपुर दैनिकले खबर छापेकाे छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    राहत शिक्षक सरकारसँगको सहमतिमा असहमत, हस्ताक्षर नगरी बाहिरिए

    काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।राहत शिक्षक...

    आन्दोलनरत शिक्षक र सरकार बीच वार्ता सुरु

    काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता...

    बाल सुधार गृह बाँके बाट भागेका ९ जना अझै सम्पर्क विहीन

    बाँके । बाँकेको डडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९...

    शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं