SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/१८ गते
    ४७५ &#२३४६;&#२३३५;&#२३२५;

    मेषः– आफन्तबाट वास्तविक सहयोग होइन अलिअलि कुराको सहयोग पाईनेछ । काममा असह महशुस हुनेछ । प्रयत्न पूर्वक गरेका काममा सफलता मिल्नेछ । कुनै कुरामा हेलचक्र्याई नगर्नु होला । आर्थिक कारोवारमा होशियार रहनु होला । विश्वास र भरोसमा काम गर्दा धोका हुनेछ । महत्वकाँक्षी योजनामा हात नहाल्नु होला । भाग्यले कम साथ दिनेछ ।

    वृषः– काममा देखिएका समस्या कम भएर जाने छन् । शारीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ । सभा सम्मेलन तथा भोज भतेरमा सहभागि हुने अवसर मिल्नेछ । भाग्य भन्दा कर्ममा जोड दिनु होला । साना तिना समस्यामा नअल्झि काम गर्नु होला । व्यापार व्यवसायबाट आम्दानी हुनेछ । अध्ययन अध्यापन कार्यमा थोरै प्रगति हुनेछ ।

    मिथुनः– समयले साथ दिने छैन । दैनिक काममा अवरोध आउने देखिन्छ । समस्याको वोझले थिच्नेछ । खर्च वृद्धि हुदा आर्थिक पक्ष दुर्वल बन्नेछ । व्यापार व्यवसायमा मन्दि आउनेछ । विश्वास घात हुनसक्छ । चोटपटको भय देखिन्छ जोखिम पूर्ण यात्रा नगर्नु होला । सरकारी काममा हेलचक्र्याई नगर्नु होला पछि पश्चताप हुनेछ ।

    कर्कटः– सामान्यतया ग्रह,गोचर अनुकुल देखिन्छ । सहास,धैर्यता र पराक्रम बढ्नेछ । आकस्मिक आम्दानीको योग देखिन्छ । व्यापार व्यवसायबाट आय आर्जन सन्तोषजनक नै हुनेछ । सामान्य खालको सहयोग मिल्नेछ । हतारमा गरेका कामबाट कम लाभ हुनेछ । धन सम्पतिको वृद्धि हुने योग छ । साझेदारी काममा हात नहाल्नु होला ।

    सिंहः– पूर्ण रुपेण अविश्वासका बादलका घेरा हट्ने छन् । काम गर्दा सहजता महशुस हुनेछ । सरल विधिबाट कार्य सम्पादन हुनेछन् । । विशेष गरेर यान्त्रिक तथा औषधी चिकित्सा जस्ता व्यापार,पेशा व्यवसायबाट बढि लाभान्वित हुनुहुनेछ । विरोधी कमजोर हुनेछन् । राजनैतिक क्षेत्रबाट सोचे जस्तो लाभ लिन सकिने छैन ।

    कन्याः– समय आफ्नो लागि होइन,उपलब्धि आफ्नो लागि होइन तर लगनशिलता आफ्नो हुनेछ । अरुको कल्याणमा आफ्नो भविष्य नदेख्नु होला । रोकिएका काम सुचारु हुनेछन् । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न । साथी भाईबाट सामान्य सहयोग मिल्नेछ । पढाई लेखाईमा थोरै प्रगति हुनेछ । आस्था र विश्वास बढ्नेछ ।

    तुलाः– उपलब्धिको यात्रामा तगारो लाग्ने देखिन्छ । काम गर्दा विभिन्न समस्या झेल्नु पर्नेछ । यत्नपूर्वक गरेका कामले पनि पूर्णता पाउने छैन । आस्था र विश्वास घट्नेछ । आलस्यता बढ्नेछ । मानसिक एवं शारीरिक दुर्वलता बढ्नेछ । व्यापार व्यवसायमा मन्दि आउनेछ । लगानी बढाउनु गलत हुनेछ । अहार विहारमा ध्यान दिनु होला ।

    वृश्चिकः– समय परिस्थितिले साथ दिनेछ । काम गर्ने वातावरण बन्नेछ । उपलब्धिका मार्गहरु खुल्ने छन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । दामपत्य जीवनमा सुखानभूति हुनेछ । राजनैतिक सक्रिय बढ्नेछ । नोकरीमा नयाँ सम्भावना देखिने छन् । पढाई लेखाईमा थोरै चासो बढ्नेछ । विरोधी कमजोर बन्ने छन् ।

    धनुः– असहज परिस्थितिको महशुस हुनेछ । कार्य सम्पादनमा कठिनाई हुनेछ । काम गर्दा धैर्यता र लगनशिलताको खाचो देखिन्छ । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् । मुद्धा मामिलामा विजय हात लाग्नेछ । अहार विहारका कारण स्वास्थ्य कमजोर बन्नेछ । लेनदेन कारोवार गर्दा बढि चनाखो रहनु होला । चाडो विश्वास कसैलाई नगर्नु होला ।

    मकरः– एकै चोटी दुईटा काममा हात नहाल्नु होला आफैलाई पछि अप्ठ्यारो पर्नेछ । एउटा एउटा चिन्ताले छोड्ने छैन । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । जीवन साथिको सहयोगमा काम गर्दा थोरै सजिलो हुनेछ । विवादित काममा हात नहाल्नु होला । पढाई लेखाईमा थोरै प्रगति हुनेछ । प्रेम प्रस्ताव आउनेछ ।

    कुम्भः– समस्याको भूमरीबाट बाहिर निस्कने प्रयत्न गर्नु होला नत्र धेरै उपलब्धि गुमाउनु पर्नेछ । विना योजना विना तयारी केहि नगर्नु होला । लगनशिल भई गरेका कामबाट थोरै लाभ हुनेछ । पारिवारिक खर्च समस्या बढ्न सक्छन् । परबन्धनको सम्भावनालाई नकार्न सकिन्न । राजनैतिक मुद्धामा नअल्झिनु होला ।

    मिनः– काम गर्ने वातावरण बन्नेछ । गरेका अधिकाँश काम सफल हुनेछन् । आफ्नै बाहुबलबाट धेरै काम सम्पादन हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन राम्रै होला । इष्टमित्र,साथि भाईको सहयोग सहानुभूति मिल्नेछ । इज्जत प्रतिष्ठाको ख्याल राखेर काम गर्नु होला । वैदेशिक एवं शैक्षिक मार्ग पूर्ण आँशिक सफल देखिन्छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सरकार बिस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छु : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार बिस्तारपछि सरकारले इतिहासमा नयाँ रेकर्ड बनाउने गरी काम गर्ने...

    जनमत पार्टी सरकारबाट बाहिरियो, राजीनामा बुझाउन खानेपानी मन्त्री बालुवाटारमा

    काठमाडौं, । खानेपानी मन्त्री अब्दुल खान राजीनामा बुझाउन बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल...

    नेपालको जलस्रोतको बारेमा मंत्री खानले उठाएको बिषय सराहनीय : उपाध्यक्ष मौलाना मशहूद

    कपिलवस्तु, । न्यूयोर्कमा द ब्रुकलिन च्याम्बर अफ कमर्शले राखेकाे कार्यक्रममा द यूनाइटेड नेशन्स वाटर कान्फ्रेन्समा...

    रवि लामिछानेलाई प्रश्न : स्वर्णिम वाग्लेलाई तनहुँ १ मा उठाउन लाग्नुभएको ?

    काठमाडौं । आफूलाई पुस्तैनी कांग्रेस बताउँदै आएका अर्थशास्त्री स्वर्णिम वाग्लेले आज बिहीबार पार्टी परित्याग गरेको...

    ओली भन्छन् : मिटरब्याज कारोबारलाई नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्छ

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मिटरब्याज कारोबारलाई नियन्त्रण गर्न सरकारले...

      Loading…

      फेसबुकमा हामीलाई लाईक गरौं