SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/१६ गते
    ६६८ &#२३४६;&#२३३५;&#२३२५;

    विराटनगर,  । सिद्धबाबाका नामले परिचित धर्मगुरु कृष्णदास गिरीलाई बलात्कारको आरोप लगाउने महिलाले सामाजिक सञ्जाल फेसबुक मार्फत एकोहोरो विभिन्न म्यासेजहरु पठाउँदै आएको खुलेको छ ।

    धर्मगुरु कृष्णदासले आफूलाई ४ कात्तिकमा बलात्कार गरेको महिलाले आरोप लगाएकी छन् ।लात्कारको आरोप लागेपछि कृष्णदासका अनुवाईहरूले सलिना रामदासी नाग गरेकी उक्त महिलाले फेसबुकमा पठाएको म्यासेजहरू  सार्वजनिक गरेका छन् । महिलाल विगत ६ महिनादेखि सिद्धबाबालाई एकोहोरो म्यासेज गरेकि थिइन् । उक्त म्यासेजको प्रिनट निकाल्दा ५२ पेज पुगेको प्रहरीले जनाएको छ।

    म्यासेजहरूमा महिलाले कृष्णदासलाई एकान्तमा भेटेर चुम्बन र अंकमाल गर्ने इच्छा भएको बताएकी छन् । म्यासेजमा महिलाले अरुलाई बोलाएर भेट्ने तर आफूलाई भने वेवास्ता गरेको बताएकी छन् । महिलाले ४ अक्टोबर २०१९ मा पठाएको म्यासेजमा ४४ दिनभित्र भक्त र भगवानबीच वारपार हुने चेतावनी दिएकी छन् । उनले लेखेकि छन् , ‘अरुसँग बोलाएरै भेटिन्छ, मैले यती बिन्ती गर्दा नि यति वेवास्ता, अब समय सकियो जम्मा ४४ दिन छ कसरी पूर्ण बनाउने हो हजुरको हातमा छ ।’

    ‘एकचोटि भेट्न पाए नि हुन्थ्यो, कति चुम्न मन छ। के यो झुटो होर ? हजुरको मनमा टोलाउँदा आफैं मुस्कुराउँछन् यी ओठ, के यो नाटक हो ?’ उनले लेखेकी छन् ।बुढाले छुँदा पीडा हुन्छ, उहाँ (श्रीमान) पनि पराई भैसक्नुभो । म जती पराई कोही छैन म घृणाको लायक छु, अझै घृणा गरिस्यो, यति घृणा गर्नुहोस् की मेरो छाती छियाछिया होस् ’ उनल लेखेकी छन् ।

    कृष्णदासको तर्फबाट भने अधिकांश म्यासेजहरूको जवाफ दिइएको छैन । तर एकाध पटक कृष्णदासले ‘हलो’ इमोजीहरू रियाक्ट गर्ने गरेको पाइएको छ । नेपाल समाचार पत्र दैनिकले खबर छापेकाे छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    बालकृष्ण खाणले न्याय पाउनुहुन्छ :शेरबहादुर देउवा

    भैरहवा (रुपन्देही) । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता बालकृष्ण खाणले न्याय पाउनेमा आफू आशावादी...

    बाहिर चर्को भाषण ओलीको , सिंहदरबार र बालुवाटारमा प्रचण्डसँग भेटवार्ताको लर्को

    काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले मुलुक र जनतालाई पार लगाउन...

    दलबलसहित प्रदर्शनमा हिँडेका दुर्गा प्रसाईँलाई बाटोबाटै फर्काइयो

    काठमाडौं। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अध्यक्ष दुर्गा प्रसाईँले संघीय लोकतान्त्रिक गणतन्त्र...

    अब गौर हत्याकाण्डका हत्यारालाई पक्राउ गरेर राज्यलाई बुझाउँछौं : प्रभु साह

    काठमाडौं। आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गौर हत्याकाण्डका हत्यारालाई आफूहरुले पक्राउ गरेर सरकारलाई बुझाउने...

    दुर्गा प्रसाईं समूहको गौशालामा प्रदर्शन, प्रहरीले गर्‍यो लाठी चार्ज

    काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा सोमबार गौशालामा प्रदर्शन भएको छ ।विभिन्न धार्मिक संगठनका व्यक्तिहरु समेतको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं