SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/१५ गते
    ८१८ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं– तिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको आज भएको उपनिर्वाचनमा ६५ दशमलव ४३ प्रतिशत मत खसेको छ । अत्यन्त शान्तिपूर्ण र व्यापक मतदाताको सहभागितामा सम्पन्न भएको उपनिर्वाचनमा दुई लाख ९७ हजार १३७ जनाले मतदान गरेको हँुदा सरदर ६५ दशमलव ४३ प्रतिशत मत खसेको प्रारम्भिक विवरण प्राप्त भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

    उपनिर्वाचनमा चार लाख ५४ हजार ११४ मतदाता रहेका थिए । आयोगका अनुसार, प्रतिनिधिसभा सदस्यको निर्वाचन भएको कास्की जिल्ला निर्वाचन क्षेत्र नं. २ मा ६५ प्रतिशत (४६,५७५ मत) प्रदेशसभा सदस्यको निर्वाचन भएको भक्तपुरमा ७० प्रतिशत (३१,६८२ मत), बागलुङमा ६१ प्रतिशत (२१,२९५ मत) र दाङमा ६७ प्रतिशत (४५,७१९ मत) मतदान भएको छ ।

    स्थानीय तहका सदस्यतर्पm धरान उपमहानगरपालिकाको प्रमुखका लागि भएको मतदानमा ५९ प्रतिशत, फाल्गुनन्द गाउँपालिका, मकालु गाउँपालिका, पिपरा गाउँपालिकाको अध्यक्षका लागि भएको मतदानमा क्रमशः ६६, ६५, ६० प्रतिशत र खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षका लागि भएको मतदानमा ८५ प्रतिशत मतदान भएको छ ।

    उपनिर्वाचनमा सबैभन्दा धेरै रौतहट र हुम्लामा र सबैभन्दा कम रोल्पा जिल्लाको थवाङ गाउँपालिका–१ को वडाध्यक्षको लागि भएको मतदानमा १६ दशमलव ४ प्रतिशत मात्र मतदान भएको आयोगले आज साँझ पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

    सुरक्षा अवस्था निकै सुदृढ रहेकाकारण केही सामान्य छिटफुट घटनाबाहेक मतदाताको व्यापक सहभागितामा उत्साह र अत्यन्त शान्तिपूर्ण वातावरणमा मतदान भएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानारी दिनुभयो ।

    यद्यपि, मतदान भइरहेको अवस्थामा कास्की, दाङ, सर्लाही, डोटीलगायत जिल्लामा मतदान केन्द्र नजिक सामान्य विस्फोटका छिटपुट घटना भएतापनि यसबाट मतदानमा कुनै नकारात्मक प्रभाव परेको थिएन ।

    उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सहयोग पु¥याउनुहुने आम मतदाता, उम्मेदवार, राजनीतिक दल, सञ्चारकर्मी, पर्यवेक्षण संस्था, निकाय तथा व्यक्ति सबैलाई आयोगले पत्रकार सम्मेलनमार्फत धन्यवाद ज्ञापन गरेको छ ।

    कतिपय मतदान केन्द्रमा बिहान सबेरैदेखि निकै अनुशासित र उत्साहका साथ मतदाता पङ्त्तिबद्ध भएर बस्नुभएको थियो भने चिसोका कारण केही मतदान केन्द्रमा भने दिउँसो मतदाताको घुइँचो लागेको थियो । मतदान केन्द्रमा महिला मतदाताको सङ्ख्या उलेख्य रहेको देखिन्थ्यो ।

    मुलुकका ३७ जिल्लाका २४७ मतदानस्थल र ५३७ मतदान केन्द्रमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान भएको थियो । प्रतिनिधिसभातर्पm २१, प्रदेशसभा सदस्यतर्पm ४३ र स्थानीय तहका विभिन्न पदका लागि २७३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।

    कास्की–२ मा प्रतिनिधिसभा, भक्तपुर, बागलुङ र दाङमा प्रदेशसभा सदस्य तथा धरानमा उपमहानगरपालिकाको प्रमुख पदका लागि उपनिर्वाचन भएको हो । पाँचथरको फाल्गुनन्द गाउँपालिका, सङ्खुवासभाको मकालु गाउँपालिका र महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष, हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष चयनका लागि यो निर्वाचन भएको हो । उपनिर्वाचनमार्फत ४३ वडाध्यक्ष पनि चुनिनु हुनेछ ।

    यसैबीच, यसअघि भक्तपुर प्रदेशसभा सदस्य उपनिर्वाचनको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विभिन्न मतदानस्थलमा पुगेर अवलोकन गर्नुभएको थियो ।

    त्यस्तै, आयुक्त नरेन्द्र दाहाल र सचिव देवकुमारी गुरागाईंले काठमाडौँको दक्षिणकाली नगरपालिका–३ को वडाध्यक्ष पदको उपनिर्वाचनको अवलोकन गर्नुभयो । उपनिर्वाचनको अवलोकनका लागि काठमाडौँस्थित अमेरिका, जापन, युरोपियन युनियन र अष्ट्रेलियाका राजदूत एवं प्रतिनिधि विभिन्न मतदान केन्द्रमा पुग्नुभएको थियो ।

    “मतदान सकिएलगत्तै मतपेटीका सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पु¥याएर केही स्थानमा मतगणनाको लागि आवश्यक प्रक्रियासमेत शुरु भएको छ । खासगरी वडाध्यक्ष पदको मतगणनाको नतिजा आजै राति अबेरसम्म आइसक्ने आयोगले आकलन गरेको छ”, प्रमुख आयुक्त थपलियाले भन्नुभयो ।

    खर्पनाथ गाउँपालिका बाहेक सबै मतपेटिका आजै राति ११ बजेसम्म मतगणनास्थलमा पु¥याइसक्ने व्यवस्था मिलाइएको छ । आगमी १२ घण्टाभित्र ५० प्रतिशतको नतिजा सार्वजनिक भइसक्ने अनुमान गरिएको छ ।

    ३७ जिल्लामा ५२ रिक्त पदका लागि २४७ मतदानस्थल तथा ५३७ मतदान केन्द्रमा शनिवार(आज) उपनिर्वाचन भएको छ । साँझ ५ बजे मतदान सकिएपछि विभिन्न स्थानका मतगणना शुरु भएको छ । विशेषगरि स्थानीय तह अन्तर्गतका वडाहरुको नजिता आउन शुरु भएको छ ।

    शनिवार राति १० बजेसम्मको नतिजा अनुसार अहलेसम्म सत्तारुढ दल नेकपाले अधिकांश स्थानमा जीत हात पारेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अहिलेसम्म कुनै स्थानमा जीत हात पारेको छैन । समाजवादी पार्टी नेपालले एक स्थानमा जीत हात पारेको छ ।

    सवा १० बजेसम्मको नतिजा अनुसार सत्तारुढ दल नेकपाले १० वटा वडामा जीत हात पारेको छ । रोल्पाको थवाङ गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्ष चयनका लागि भएको उपनिर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० विजयी भएको छ ।

    नेकपाबाट वडा अध्यक्षका उम्मेदवार रहेका जनकबहादुर बुढामगर विजयी भएका हुन् । उनले १७४ मत पाए । बूढामगरका निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कमलबहादुर रोकामगरले २६ मत पाएका छन् । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ को वडाध्यक्षमा सत्तारुढ दल नेकपाका उम्मेदवार विजयी भएका छन् ।

    खानेपानी मन्त्री बीना मगरले मतदान गरेको यो वडामा नेकपाका उम्मेदवार कृष्णबहादुर तामाङ विजयी भएका हुन् । तामाङले ५२८ मत पाएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपबहादुर तामाङले ३१० मत पाए ।

    सल्यानको कुमाख गाउँपालिका–५ को वडा अध्यक्षमा नेकपाका उम्मेदवार विजयी भएका छन् । कुमाख गाउँपालिका–५ मा सत्तारुढ दल नेकपाका उम्मेदवार धर्म बुढाथोकी विजयी भएका हुन् । लमजुङको सुन्दरबजार–२ मा सत्तारुढ दल नेकपाका उम्मेदवार विजयी भएका छन् ।

    लमजुङको सुन्दरबजार–२ का उम्मेदवार नवीनकुमार श्रेष्ठ विजयी भएका हुन् । उनले ९९३ मत ल्याए। उनका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका प्रकाश सँढाईले ४८२ मत ल्याएका छन् ।

    काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर २ मा नेकपाका उमेदवार विजयी भएका छन् । सत्तारुढ दल नेकपाका उमेदवार देवप्रसाद कोईराला विजयी भएका हुन् । उनले ८६७ मत पाए । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेदवार दर्णबहादुर खत्रीले ५८२ मत पाएका थिए । शनिवार सम्पन्न उपनिर्वाचनमा १५०२ मत खसेको थियो ।

    खोटाङको साकेला गाउँपालिका वडा नं(३ मा नेकपाकी उम्मेदवार विजयी भएकी छिन् । साकेला वडा नम्बर तीनमा शनिवार भएको उपनिर्वाचनमा नेकपाकी उमेदवार शिवकला राई विजयी भएकी हुन् ।

    काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नम्बर ३ मा नेकपाका उमेदवार विजयी भएका छन् । दक्षिणकाली नगरपालिका वडा नम्बर ३ मा नेकपाका उमेदवार शिवभक्ति बलामी विजयी भएका हुन् । उनले ६१८ मत पाएका थिए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उम्मेदवारले २ सय ७८ मत पाएका थिए । मतदानमा १०३६ मत खसेको थियो ।

    सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नम्बर ८ मा नेकपाका उमेदवार विजयी भएका छन् । शनिवार सम्पन्न उपनिर्वाचनमा सत्तारुढ दल नेकपाका उमेदवार केदारनाथ आचार्य विजयी भएका हुन् । उनले ७१२ मत पाए ।
    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उमेदवार अशोक तामाङले ४३९ मत पाएका थिए । यसअघि उक्त वडामा नेपाली कांग्रेस विजयी भएको थियो ।

    इन्द्रावती गाउपलिका ८ को उपनिर्बाचनमा १४०४ मतदातामा ११७५ खसेको थियो । बडिगाड,२ बागलुङ नेकपाका उमेदवार विजयी भएका छन् । भोजपुर पौवादुम्मा १ मा नेकपाका उमेदवार विजयी । भएका छन् ।

    नेपाली कांग्रेसले भने एक स्थानमा जीत हात पारेको छ । बैतडी, सुर्नया गा।पा। १ कांग्रेसका उमेदवार विजयी भएका छन् । त्यस्तै समाजवादी पार्टी नेपालले एक स्थानमा जीत हात पारेको छ । सर्लाहीको हरिपूर्वा नगरपालिका वडा नम्बर १ मा वडाध्यक्षमा समाजवादी पार्टी नेपालका उमेदवार विजयी भएका छन् । शनिबार भएको उपनिर्वाचनमा समाजवादी पार्टी नेपालका उम्मेदवार श्यामबाबु राय विजयी भएका हुन्

    प्रतिकृया दिनुहोस्

    Loading...

    माओवादी केन्द्र कोशी सरकारबाट बाहिरियो

    विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार सरकारमा सहभागी मन्त्रीले...

    तीन महिनाभित्र बाँकी महसुल नतिरे फेरि उद्योगको लाइन काट्छौं : कुलमान घिसिङ

    काठमाडौं। नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले तीन महिनाका लागिमात्र विद्युत महसुल नतिर्ने उद्योगको लाइन...

    आफन्तलाई आजै शव दिइने :सौर्य विमान दुर्घटना

    काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुगेको छ । त्रिवि शिक्षण...

    भोलि बेलुकासम्म पहिचान भएका शव आफन्तलाई दिन सकिन्छ : स्वास्थ्यमन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान...

    अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा प्रदेश सरकारलाई हस्तान्तरण

    पोखरा। अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय अपाङ्गता महासंघ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं