SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/१३ गते
    १३८८ &#२३४६;&#२३३५;&#२३२५;

    डा.योगी विकाशानन्द दार्शनिक, नेपाल मनोक्रान्ति योगका द्रष्टा एवं अगुवा हुन् । उनले मनोक्रान्तिको माध्यमबाट नेपालमा योग, ध्यान, दर्शन र अध्यात्मको प्रचार कार्य गरेका छन् । उनको जन्म वि. सं. २०१८ असार २ गते भएको हो । उनी २०३९ माघ १३ जनकपुरको नराहा भनिने ठाँउमा गहिरो ध्यान लागेपछि अध्यात्मको खोजिमा भारत पसेका थिए ।

    ६ बर्षको प्रवास पछि २०४७ सालमा नेपाल फेर्केर योग सिकाउन शुरू गरे । उनको बिवाह कमलेश्वरी सैंजु सित भएको छ । संसार बदल्नु छ भने शुरूवात आफैबाट गर्नपर्छ भन्ने जीवन जिउने कला सिकाउँदै समाजमा सकारात्मक भावनाको जागरण गराउने हुनाले विकासानन्दलाई उत्प्रेरक पनि मानिन्छ ।

    यी हुन् उनका १० माननीय भनाइहरु १. असफलता झेल्ने आँट नभएकाहरु सफलताका हकदार हुनै सक्दैनन् । २.बहादुर त्यो होइन जो डराउँदैन, बहादुर त्यो हो जो डरको बाबजुद पनि अघि बढ्न सक्छ । ३. जसले आमाबुबालाई प्रेम दर्शाउन सक्दैन, उसले आफ्ना छोराछोरीबाट प्रेम खोज्नु अपराध हो । ४. भिन्नै खाले राजनेता नभएसम्म भिन्नै खालको राजनीतिको संभावना छैन ।

    ५. सबथोक पाएर दुःखी हुनुभन्दा सबैथोक गुमाएर सुखी हुनु महान् कुरा हो । ६. हामीलाई लामखुट्टे होइन हाम्रै अल्छाइले टोक्छ । ७. सम्पत्ति नभएर गरिब भइदैन, भएको सम्पत्ति नचिनेर गरिब भइन्छ । ८. सबैभन्दा सस्तो औषधी हास्य हो, किनभने यसको कमी भयो भने सबभन्दा महंगो औषधी खान बाध्य भइन्छ । ९. सुख खोज्नु पर्दैन, दुःखको सदुपयोग गरे पुग्छ । १०. अविवाहितहरु प्रेमको प्रभावले बर्बाद हुन्छन्, विवाहितहरु प्रेमको अभावमा बर्बाद हुन्छन् ।जन्मजात मुटुले करेन्ट प्रवाह गर्न नसक्दा, मुटुमा संक्रमण हुँदा, लामो समयसम्म उच्च रक्तचाप, सुगरको समस्या भएमा मुटुको चालमा गडबढी हुन्छ । त्यस्तै उमेर बढ्दै जाँदापनि यस्तो समस्या देखा पर्न सक्छ । त्यसैगरि हृदयघातको समस्या भएका विरामीलाई मुटुका चाल गडबढी हुने रोग लाग्ने गर्दछ ।

    कसरी थाहा पाउने ? अब तपाईंलाई मुटुको चाल कसरी गडबड भएको कसरी पत्ता लगाउने भन्ने प्रश्न उठ्न सक्छ । शरीर कमजोर महशुस भएमा मुटु हल्लिएको जस्तो लागेमा चाल गडबड भएको पनि हुन सक्छ । त्यस्तै छाती दुख्ने, रिंगाटा लाग्ने र बेहोस हुने लगायतका समस्या भएपनि मुटुको जाँच गराउँनु पर्छ ।

    यस्तो समस्या देखिएका विरामीको मृत्यु हुने जोखिम हुन्छ । त्यसैले यस्ता लक्षणहरु देखिएमा तुरुन्त अस्पतालमा आकस्मिक कक्षमा लगेर उपचार गराउनुपर्छ । मुटुको चालमा गडबडी जुनसुकै उमेर समूहका मानिसलाई हुनसक्छ ।उमेर बढ्दै जाँदा यसको जोखिम पनि बढ्दै जान्छ । कसैलाई जन्मजात हुनसक्छ भने जन्मेपछि पनि हुनसक्छ। हृदयाघात वा अनियन्त्रित रक्तचापका कारण पनि मुटुको चालमा गडबडी हुनसक्छ ।

    मुटुको चाल नियन्त्रणमा राख्न यस्तो गर्नुस् जन्मजात मुटुरोगको समस्याको समाधानभनेको चिकित्सकिय उपचार नै हो । तर खानपान र अस्वास्थकर जीवनशलीका कारण हुने मुटुको चाल गडबढीलाई भने हामीले नियन्त्रण गर्न सकिन्छ । मुटुको चाललाई नियन्त्रणमा राख्न स्वास्थ्य जीवनशैली अपनाउनु पर्छ । कहिलेकाँही डरका कारण वा तनावका कारण पनि मुटुको चाल गडबढ हुन जान्छ ।

    के गर्ने ? नियमित रुपमा शारीरिक व्यायम गर्ने, बढी चिल्लो,पिरो, नुन र मसला भएको खाना नखाने, धुम्रपान र सुर्तिजन्य पदार्थ सेवन नगर्ने , मदिरा सेवन कम गर्ने, उच्च रक्तचाप, सुगरको समस्या भएका व्यक्तिहरुले नियमित औषधी सेवन र स्वास्थ्य परिक्षण गरी रोग नियन्त्रणमा राख्ने, माटोपना नियन्त्रण गर्ने, गर्भवती अवस्थामा धुम्रपान, अल्कोहल सेवन गर्ने महिलाले जन्माएको शिशुमा जन्मजात मुटुको चाल गडबढीको समस्या हुने हुँदा गर्भवती महिलाले खानपिनमा विषेश ध्यान दिने ।

    मुटुको चाल बढाउन सामान्यता औषधि छैन । भएका औषधि पनि त्यति प्रभावकारी छैनन् । त्यसैले मुटुको चाल ढिलो भएको छ भने पेसमेकर राख्ने गरिन्छ । यस्तो भए मानिस बेहोस हुने, रिंगटा लाग्ने र अन्त्यमा मृत्यु पनि हुन्छ । चाल बढी भएको खण्डमा त्यसलाई नियन्त्रणका लागि केही औषधिहरु पाइन्छ ।

    मुटुको चाल छिटो भएका बिरामीमा पीएसभीटी, एसभीटी, भीटी समस्या हुन्छ। मुटुको उपचार हुने कम रोगमध्ये पीएसभीटी पनि एक हो । जसलाई रेडियो फ्रिक्वेन्सी एब्लेसन प्रविधिबाट विशेष प्रकारको उपचार गरिन्छ । अलि सामान्य अवस्थामा टुडी म्यापिङ प्रयोग गरी निदान गरिन्छ भने बिरामीको अवस्था जटील खालको छ भने अत्याधुनिक प्रविधि थ्रीडी म्यापिङमार्फत् रोग निदान हुन्छ । यी दुवै खालका रोगको निदान भएपछि रेडियो फ्रिक्वेन्सी एब्लेसन अत्याधुनिक प्रविधिमार्फत् उपचार गरिन्छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    माओवादी केन्द्र कोशी सरकारबाट बाहिरियो

    विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार सरकारमा सहभागी मन्त्रीले...

    तीन महिनाभित्र बाँकी महसुल नतिरे फेरि उद्योगको लाइन काट्छौं : कुलमान घिसिङ

    काठमाडौं। नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले तीन महिनाका लागिमात्र विद्युत महसुल नतिर्ने उद्योगको लाइन...

    आफन्तलाई आजै शव दिइने :सौर्य विमान दुर्घटना

    काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुगेको छ । त्रिवि शिक्षण...

    भोलि बेलुकासम्म पहिचान भएका शव आफन्तलाई दिन सकिन्छ : स्वास्थ्यमन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान...

    अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा प्रदेश सरकारलाई हस्तान्तरण

    पोखरा। अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय अपाङ्गता महासंघ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं