SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/११ गते
    ५८८ &#२३४६;&#२३३५;&#२३२५;

    शिशिर, पोखरा । पोखरा महानगरपालिकामा नयाँ वडाको रुपमा पछि समावेश गरिएको वडा नं. १९ मा विकास निर्माणका कामले तिव्रता पाएका छन् । महानगर भित्रै रहेर पनि विकासमा पछाडी परेको वडा नं. १९ को घार्मीमा अहिले पक्की सडक, सुविधा सम्पन्न स्वास्थ्य चौकी र एक घर एक धारा अन्र्तगत खानेपानी आयोजनाको निर्माण कार्य तिव्र रुपमा भैरहेका छन् ।

    जनताले पाउनु पर्ने आधारभुत सुविधा पनि नपाउँदा त्यस क्षेत्रका वासिन्दाले वषौ देखि समस्या झेल्दै आइरहेको भएता पनि अव केही महिना भित्रै ति समस्यावाट भने मुक्ति पाउने भएका छन् । लामाचौर स्वास्थ्य चौकीको पक्की भवनको निर्माण कार्य पनि तिव्र गतिमा भैरहेको छ। सामान ढुवानी र पानीका कारण केही समय निर्माण कार्य सुस्त भएपनि दुई सातादेखि काम तिव्र रुपमा भैरहेको ईन्जिनियर महेन्द्र वास्तोलाले जानकारी दिनुभयो । भवन निर्माणमा सुस्तता भएको जानकारी पाउने वितिक्कै त्यहाँको अनुगमनमा पुग्नु भएका वडाध्यक्ष शोभामोहन पौडेल वडा सदस्य कृष्ण गौतम र स्थानिय डिल्लीराम पौडेलले ठेकेदार कम्पनीका प्रमुख प्रदीप कंडेल, ईन्जिनियर महेन्द्र वास्तोला, सुपरभाईजर राजु चौधरीसँग निर्माणका विषयमा छलफल गरेका छन् ।

    ठेकेदार कम्पनीका प्रमुख प्रदीप कंडेलले भौगोलिक अवस्थाले पनि तिव्र रुपमा काम गर्न केही कठिनाई भएको वताउँदै अव काममा सुस्तता नआउने र पर्याप्त मात्रामा कामदार खटाईएको वताउनुभयो । वडाध्यक्ष शोभामोहन पौडेलले गुणस्तरयुक्त भवन निर्माणमा कुनै कन्जुस्याई नगर्न र सम्झौता वमोजिम समयमै काम सम्पन्न गर्न सुझाव दिनुभयो ।उहाँले छिट्टै सुविधा सम्पन्न भवनवाट त्यस क्षेत्रका वासिन्दाले स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    राष्टिय पुर्ननिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन ईकाइको १ करोड ३० लाख रुपैयाको लागतमा निर्माण भैरहेको २ तले १४ कोठे भवन आगामी असोज मसान्त भित्र निर्माण सम्पन्न गर्ने गरी काठमाण्डौंको डा«गन कन्स्ट्रक्सन जे भीले ठेक्का लिएको हो । त्यस्तै टोलीले लिफ्टीङ्ग खानेपानी योजनाको समेत अनुगमन गरेको छ । टोलीले भुमेपुज्नेमा निर्माण भएको २ लाख लिटर क्षमताको मुख्य टंकीको अवलोकन गरेको सचिव डिल्लीराम पौडेलले जानकारी दिनुभयो ।

    योजना अन्र्तगत मुख्य र शाखा टंकी निर्माण भैसकेको , अव विद्युत र शाखा धाराको लाईन विस्तारको काम वाँकी रहेको छ । वडाध्यक्ष पौडेल, वडा सदस्य गौतमले अवको केही महिना भित्र वाँकी काम पुरा गरी घार्मीमा एक घर एक धारा पु्याईने वताउनुभयो । वषैदेखि घार्मीवासी खानेपानी सडक र स्वास्थ्य सेवावाट पिडित भएको स्मरण गर्दै उहाँले अव छिट्टै समस्या समाधान हुने स्पष्ट पार्नुभयो । टोलीले गुराँस पधेरामा निर्माणाधिन वहुउद्घेश्य भवनको पनि निरीक्षण गरेको थियो । पछिल्लो समय स्थानिय तहको सक्रियतामै वडाभित्र विकास निर्माणले तिव्रता पाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    छुवाछूत र जातीय हिंसाविरुद्ध उभिन प्रधानमन्त्री प्रचण्डको आग्रह

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीलाई छुवाछूत र जातीय हिंसाविरुद्ध उभिन आग्रह गरेका...

    रास्वपाले नेता र सांसदलाई क्षेत्रगत विज्ञसँग छलफल गराउने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेता र सांसदलाई फरक फरक क्षेत्रका जानकारबाट छलफल...

    भोलि सांसदको शतप्रतिशतमत पाउने आश छ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत लिंदा शतप्रतिशत सांसदको विश्वासको मत प्राप्त...

    कावासोती तेक्वान्दो डोजाङको बेल्ट प्रमोसन तथा पुरस्कार बितरण

    गोबिन्द,पर्बत । कावासोती तेक्वान्दो डोजाङ्ग कावासोतीको आयोजनामा हिजो कावासोतीमा जुनियर बेल्ट प्रमोशन, ब्ल्याक बेल्ट प्रमाण...

    गोर्खा सेमीट्रिज ट्रष्टले पहिलो पटक ‘ट्रेल ब्लेजर नेपाल दौड” आयोजना गर्दै

    पर्बत । गोर्खा सेमीट्रिज ट्रष्टले पहिलो पटक ‘ट्रेल ब्लेजर नेपाल दौड” आयोजना गर्ने भएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं