SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/११ गते
    ८७० &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौँ । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सांगठनिक संरचना निर्माणका लागि सरकारले स्वीकृति प्रदान गरेको छ । भ्रमण वर्षको सुरुवातसँगै सरकारले यो विमानस्थललाई सुचारु गर्न मन्त्रिपरिषद‍्बाट अध्यागनम विभागले सहसचिवको नेतृत्वमा अध्यागमन डेस्क गठन गर्न लागेको हो ।

    मन्त्रिपरिषद्ले एक सहसचिवको नेतृत्वमा उपसचिवसहित २० जना अध्यागमन अधिकृतको दरबन्दी स्वीकृत गरेसँगै विमानस्थलमा अध्यागमन डेस्क स्थापना हुने अध्यागमनका महानिर्देशक ईश्वरराज पौडेलले बताए । यो समाचार आजको कारोबार दैनिकमा छ ।

    त्यस्तै निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि जर्मनीको म्युनिख इन्टरनेश्नल एयरपोर्टले चासो देखाएको छ । विमानस्थल सञ्चालनको इच्छा जनाउँदै जर्मनीको म्युनिख एयरपोर्टले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई पत्र पठाएको हो ।

    जर्मन सरकारको स्वामित्वको उक्त कम्पनीले विमानस्थल सञ्चालनका लागि मन्त्रालय र प्राधिकरणलाई औपचारिक पत्र पठाएको प्राधिकरणले जनाएको छ । नेपालस्थित जर्मनी राजदूताबासमार्फत पर्यटन मन्त्रालय र प्राधिकरणलाई भैरहवा विमानस्थल सञ्चालनका लागि प्रस्ताव आएकोछ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    राहत शिक्षक सरकारसँगको सहमतिमा असहमत, हस्ताक्षर नगरी बाहिरिए

    काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।राहत शिक्षक...

    आन्दोलनरत शिक्षक र सरकार बीच वार्ता सुरु

    काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता...

    बाल सुधार गृह बाँके बाट भागेका ९ जना अझै सम्पर्क विहीन

    बाँके । बाँकेको डडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९...

    शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं