SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/१० गते
    १३६७ &#२३४६;&#२३३५;&#२३२५;

    मोडर्न बोर्डिङ सेकेण्डरी स्कूलले २०६५ सालदेखि शुरु गरेको मिस्टर र मिस माेडर्न प्रतियोगिताको १२ औं एपिसोडको रुपमा आयोजित २०७६ काे मिस्टर र मिस माेडर्न उपाधि सर्वाेच्च र टिसालाई प्राप्त भएको छ । बेस्ट नेपालभाषा फिमेल माेडल २०१८ शाेभा महर्जनकाे प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा बिशेष अतिथिको रुपमा लुम्बिनी-कपिलवस्तु विश्व अभियानका विश्व संयाेजक रामकुमार श्रेष्ठले अभियानले हासिल गरेका राष्ट्रिय अन्तराष्ट्रिय महत्वका उपलब्धीहरुको उल्लेख गर्दै आफूले भबिस्यका कर्णधार नव पुस्तालाई प्रेरित र अभिप्रेरित गर्न आफ्नो क्षमताले भ्याएसम्म योगदान दिने गरेका केही उदाहरणहरु दिनु भयो । श्रेष्ठले यस किसिमका कार्यक्रमले लुकेका प्रतिभाहरुलाई बाहिर ल्याउन ठूलो भूमिका निर्बाह गर्ने बताउनु भयो ।

    कार्यक्रममा मर्निङ ग्लाेरी इन्टरनेटमन्टका अध्यक्ष माेहना क्षेत्री खनाल, “बुद्ध नेपालमा जन्मनु भएको हो” सन्देश सहितको व्यानर लिई सफल सगरमाथा आरोहण गर्नुभएकी छाेकी शेर्पा, माेडर्न स्कुल कलेजका सल्लाहकार तथा माेटिभेस्नल स्पिकर रविन कटवाल, मिस टिन नेपाल २०१५ राेजी गिरी, नेपाल आइडल सिजन २ को टप छ: मा पर्नु भएका चर्चित पवन गिरी, नेपाल आइडल सिजन १ को टप सातौं स्थानमा पर्नु भएकी प्रमिला राई, भक्तपुर सांगीतिक समाजका उपाध्यक्ष, सचिव, काेषाध्यक्ष र सदस्य क्रमश: कपिल कस्पाल, अल्बट बज्राचार्य, राेसन धाैबडेल र मानसराजकाे उपस्थिति थियो ।

    यस वर्षका मिस्टर माेडर्न सर्वाेच्च बस्नेत, मिस माेडर्न टिसा श्रेष्ठ, मिस्टर माेडर्न ट्यालेन्ट अनिस बुढाथोकी, मिस माेडर्न ट्यालेन्ट सफलता कार्की, मिस्टर माेडर्न पर्सनालीटी जय काेइराला र मिस माेडर्न पर्सनालीटी यूनिसा राउत बिजयी हुन सफल भएका छन् । यसैगरी अन्य विभिन्न विधा अन्तर्गत सर्वाेत्कृस्ट गायनमा उपासना कटेल, कवितामा नाेजाेमी लुइँटेल, नृत्य र पव्लिक च्वाइस महिलातर्फ लसता मानन्धर र पुरुषतर्फ सर्वाेच्चले टाइटल हात पारेका छन् ।

    करिव २०० बिद्यार्थीहरूबाट अडिसन लिइ विभिन्न राउन्डहरू पार गरि अन्तिम २० जनामा पर्न सफलहरुलाई उक्त प्रतिस्पर्धामा समाबेश गराइेएको थियो । कार्यक्रमकाे काेरियाेग्राफी किरण श्रेष्ठले गर्नुभएको थियो भने निर्णायक मण्डलमा नृत्य निर्देशक समीर शंखदेव, गायक तथा संगीतकार क्षितिज कुलुङ, रेडियो प्रस्ताेता र प्रशिक्षक किरण सुवाल र रेडियो प्रस्ताेता तथा कमेडियन निशान्त कटुवाल हुनुहुन्थ्यो ।

    कार्यक्रममा प्रतिस्पर्धीहरुले हिमालदेखि तराइसम्मको बिभिन्न सांस्कृतिक झलक सहितको आकर्षक प्रस्तुति दिएका थिए ।माेडर्न स्कुल र कलेजका संस्थापक अध्यक्ष बाबुकाजि कसपालकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व मिस र मिस्टर मोर्डनहरुले उदघोषण गरेका थिए भने नेपाल आइडल सिजन २ को टप छ: मा पर्नु भएका चर्चित पवन गिरीले समेत केही गीतहरु गाएका थिए भने पहिलो धिमे बजाउने इन्दिरा लाछिमस्यूले धिमेको तीन फरक फरक प्रस्तुति दिएका थिए । चर्चित प्रकृति श्रेष्ठ, सृस्‍टि कार्की र मनिषा प्रधान यसै स्कूलका उत्पादन हुन ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ५ वर्ष नवीकरण नभए गण्डकी प्रदेशमामा गाडी नै जफत

    पोखरा । गण्डकी प्रदेशमा दर्ता भएर नवीकरण नै नभएका सवारी साधनको संख्या ३० हजार पुगेको...

    ५० हजार एकमुस्ट भूकम्प प्रभावितलाई दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई अस्थायी आवास बनाउन...

    २२ गतेदेखि आठौं पर्वतीय महोत्वस, यसवर्ष ५ दिन मनाइने

    पोखरा । नेपाल पर्वतारोहण संघले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने...

    यज्ञ सापकोटाको लयमा सुरज अगस्ती धुर्व रेग्मी लक्ष्मी खड्काको चिसो हावाले..

    सुमन ढकाल,काठमाण्डौ। चिसो हावाले’ बोलको गीत अकला देवी म्युजिकबाट युट्युबमा विश्वभर सार्वजनिक भएको छ ।...

    परिवारलाई थाहा नै नदिई दुई महिनाअघि मात्रै भिजिट भिसामा रुस पुगेका थिए राजकुमार

    काठमाडौँ | दोलखाको मेलुङ गाउँपालिका–६ सुनारपानीका राजकुमार रोक्का भिजिट भिसामा रुस पुगेको दुई महिना मात्रै...

      Loading…

      फेसबुकमा हामीलाई लाईक गरौं