SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/७ गते
    १२५३ &#२३४६;&#२३३५;&#२३२५;

    सम्राट जिसी, रुपन्देही । बुटवलमा नयाँ कान्छो कलबको रुपमा भर्खरै मात्र खोलीएको रोटरी क्लव अफ बुटवल चौतारीको आफ्नो स्थापना सङै सामाजिक कामको सुरुवात गरेको छ । आज मात्रै बुटवल स्थित सिद्धार्थ बाल तथा महिला हस्पिटल आम्दामा विशेष गरि अपांगता भएका र बिरामी ब्याक्तीहरुलाई सहज होस भन्ने उद्देश्यले एक कार्यक्रमका बिच दुई थान व्हीलचेयर हस्तान्तरण गरेको छ ।

    कलबका अध्यक्ष बिष्णु प्रसाद घिमिरेको अध्यक्षता, आम्दा हस्पिटलका निर्देशक डा-केशव शर्मा , डा. सन्तोष पोख्रेल ,राजनितिक बिस्लेसक बिश्य तथा पुस्तक लेखक श्री लक्षमन पन्त लगाएतको आथिता रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य डा.सन्तोष पोख्रेलले राख्नु भयो , कार्यक्रम संचालन कलबका सचीव सन्तोष के.सीले गर्नु भएको थियो । कार्यक्रममा रोटरी क्लव अफ बुटवल चौतारीका सम्पुर्ण रोटरीयनहरु र आम्दा हस्पिटलका कर्मचारीहरुको उपस्थितिम रहेको थियो। कार्यक्रममा बोल्दै हस्पिटलका निर्देशक डा.केशव शर्माले सहयोगि संस्थालाई धन्यवाद व्यक्त गर्नु भयो ।

    त्यस्तै कार्यकम राजनीतिक बिस्लेश्क तथा पुस्तक लेखक लक्ष्मन पन्तले पनि आफनो भनाई राख्नु भएको थियो ।अन्तमा कार्यक्रममा अध्यक्षता गर्नु भएका कलबका अध्यक्ष बिष्णु प्रसाद घिमिरेले कलबले आजकै दिन देखि नै मानवसेवाको कार्य सुरुवात गरेको र यो अब जिवन्त गरिने प्रतिबद्धता ब्यक्त गर्नु भयो । त्यस्तै क्लबले कपिलवस्तु शिवराज न.पा वाड न.७ मा जन्मजातनै अपांग भएका रामसुरज थारुलाई उनकै निवासमा पुगेर एक थान व्हीलचेयर हस्तान्तरण गरेको छ । क्लबका सक्रिय सदस्य बिक्रम अधिकारीले तीन थान व्हीलचेयर कलबलाई प्रदान गरेका छन ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    भुटानी शरणार्थी प्रकरण,टोपबहादुर रायमाझी सहित ९ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश

    काठमाडौं । उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझी सहित ९ जनालाई...

    ५ वर्ष नवीकरण नभए गण्डकी प्रदेशमामा गाडी नै जफत

    पोखरा । गण्डकी प्रदेशमा दर्ता भएर नवीकरण नै नभएका सवारी साधनको संख्या ३० हजार पुगेको...

    ५० हजार एकमुस्ट भूकम्प प्रभावितलाई दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई अस्थायी आवास बनाउन...

    २२ गतेदेखि आठौं पर्वतीय महोत्वस, यसवर्ष ५ दिन मनाइने

    पोखरा । नेपाल पर्वतारोहण संघले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने...

    यज्ञ सापकोटाको लयमा सुरज अगस्ती धुर्व रेग्मी लक्ष्मी खड्काको चिसो हावाले..

    सुमन ढकाल,काठमाण्डौ। चिसो हावाले’ बोलको गीत अकला देवी म्युजिकबाट युट्युबमा विश्वभर सार्वजनिक भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं